कटारी नगरपालिका वडा नम्बर ५ को कामकाज नयाँ भवनबाट सुरु भएको छ। नयाँ भवनको उद्घाटनसँगै सोमबारदेखि वडाको सम्पूर्ण कामकाज नवनिर्मित भवनबाट सञ्चालनमा आएको हो।
नेपाली कांग्रेसका युवा नेता तथा साविक कटारी गाविसका पूर्व अध्यक्ष रामकुमार राईले वडा नम्बर ५ को भुल्केमा रहेको झण्डै २ करोड मूल्यको जमिन निःशुल्क दान दिएका थिए। पूर्व अध्यक्ष राईले आफ्ना दिवंगत हजुरबुबा पूर्वमन्त्री डिल्लीशेर राईको स्मृतिमा दान गरेको ४ कठ्ठा क्षेत्रफलको जमिनमा नयाँ वडा भवन निर्माण गरिएको छ।
वडा भवन ३३ लाख रुपैयाँको लागतमा निर्माण भएको हो। नयाँ चारकोठे एकतले भवन तयार भएपछि त्यहीँबाट वडाको नियमित कामकाज सुरु भएको वडाध्यक्ष मोहनसिंह तामाङले बताए। भवन नहुँदा विगत ७ वर्षदेखि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो। पूर्व अध्यक्ष तथा कांग्रेस नेता राईले आफन्तजनको स्मृतिमा जमिन दान दिएपछि भवन निर्माण गर्न सफल भएको वडाध्यक्ष तामाङको भनाइ छ।
नवनिर्मित वडा भवनको उद्घाटन सोमबार दिउँसो आयोजित एक कार्यक्रममा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले करोडौँ मूल्यको जमिन निःशुल्क दान गर्ने कटारीका पूर्व अध्यक्ष तथा कांग्रेस नेता रामकुमार राईको मुक्तकण्ठले प्रशंसा गरे।
मेयर श्रेष्ठले नेता राईको आकाशजस्तै फराकिलो छाती भएकै कारण २ करोड मूल्यबराबरको जमिन वडालाई निःशुल्क प्राप्त भएको भन्दै राईको योगदान सधैँका लागि अमर रहने बताए। यो भवनको उद्घाटनसँगै कटारीका १४ वटै वडाहरू भवनयुक्त बन्दै गएको उनले उल्लेख गरे। भौतिक पूर्वाधार संरचनायुक्त बनाएर नगरबासीलाई सहज, सरल र छिटोछरितो सेवा–सुविधा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको मेयर श्रेष्ठको प्रतिबद्धता थियो।
कार्यक्रममा जग्गादाता राईले दिवंगत आफन्तहरू– बाजे पूर्वमन्त्री डिल्लीशेर राई, हजुरआमा भगवती राई, बाबु समाजसेवी काशीराज राई र आमा विष्णुमाया राईको स्मरण सधैँभरि ताजा राख्न वडालाई भवन निर्माणका लागि जमिन दान गरेको बताए। उनले जग्गा अभावमा भवन नहुँदा वडावासीले दुःख पाएको भन्दै जनताको सेवा नै आफ्नो र बाउबाजेको मुख्य उद्देश्य भएकाले महँगो मूल्यको वास्ता नगरी जमिन दान दिएको बताए।