जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन उद्घाटन
२६ फागुन २०८१
•
२ मिनेट पाठ
जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन उद्घाटन
अत्याधुनिक एवं प्रविधि मैत्रीलाई ध्यानमा राखेर निर्माण भएको जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरको परिसरमा सोमबार एक विशेष कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले उदघाटन गरे ।




उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई भौतिक पूर्वाधारको क्षेत्रमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीलाई चुष्तदुरुष्त बनाउन आफूले विभिन्न समयमा  क्षमता एवं दक्षतालाई अभिवृद्धि गराउँदै आएको जानकारी दिए । संगठनलाई आधुनिक परिवेशमा काम गर्न र अपराध अनुसन्धानको कार्यमा समेत उल्लेखनिय कार्य गर्न वैज्ञानिक र प्राविधिक उपकरण उपलब्ध गराई संगठनलाई बलियो बनाउनमा प्रहरी प्रधान कार्यालयले यथोचित रुपमा कार्यहरु गरिरहेको उनको भनाइ थियो ।

संगठनको स्थापनाकालदेखि अपराध अनुसन्धान, शान्ति सुरक्षाको व्यवस्थापन, मानवअधिकारको रक्षा, विपद व्यवस्थापन सहितका विभिन्न कार्यमा अग्रपंक्तिमा रहेर आम नागरिकलाई नेपाल प्रहरीले आफनो क्षमताले भ्याए सम्मको सेवा सुविधा प्रदान गर्दै आइरहेको चर्चा गरे ।

महानिरीक्षक कुँवरले रौतहटको शान्ति सुरक्षा माथि धारणा राख्दै समय समय हुने गरेका धार्मिक, सांस्कृतिक एवं सामाजिक मतभिन्नता, जघन्य प्रवृतिको घटना, माहिला बालबालिका विरुद्धको कसुर, सवारी दुर्घटना, लागुऔषध अपराध, सिमा क्षेत्रबाट हुने चुहावट लगायतका चुनौतीपूर्ण अवस्थालाई यहाँका प्रहरीले हरसम्भव प्रयास गरेर समाधान गर्नमा स्थानीयको महत्वपूर्ण योग्यदान रहेकोमा धन्यवाद दिए ।

दुई चरणमा निर्माण भएका जिल्ला प्रहरी कार्यालय रौतहटको अत्याधुनिक भवन निर्माण गर्नमा पहिलो चरणमा तुल्सिभक्त कन्ष्ट्रक्शन बालकुमारी ललितपुर र दोश्रो चरणका प्रदेज सुरेन्द्र जेभी बालकोट भक्तपुरले १७ करोड ६४ लाख २७ हजार ६२८ रुपैयाँमा निर्माण कार्य सम्पन्न गरेको प्राविधिक इन्जिनियर एसपी इश्वर थापाले जानकारी दिए ।
अर्को समाचार
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
९ मिनेट अघि
•
१ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरा। पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ। अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका विषयमा राष्ट्रिय संवाद गर्ने उद्देश्यले पोखरामा समिट हुन लागेको हो।




आइतबार र सोमबारसम्म हुने समिटले अपाङ्गता भएकाहरूको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका बारेमा पोखरा घोषणा पत्र जारी गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

दिशा फाउन्डेसनको आयोजना तथा काठमाडौं विश्वविद्यालय र अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा हुने समिटमा समिटमा १० देशका सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

त्यस्तै, नेपालका ६० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व हुने पनि जनाइएको छ। जसमा सरकारी निकाय, अपाङ्गता भएका व्यक्तिका संस्था, नागरिक समाज, विकास साझेदार, शिक्षाविद्, अनुसन्धानकर्ता, निजी क्षेत्र, प्राविधिक तथा डिजाइन विज्ञ, युवा र बालबालिकाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

समिटमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसहित अपाङ्गताको क्षेत्रमा क्रियाशील ५० भन्दा बढी संघसंस्था तथा सरोकारवाला सञ्जाल सहआयोजकका रूपमा रहने समिटका संयोजक रमेश बरालले जानकारी दिए।

समिटमा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, पर्यटन, मानसिक स्वास्थ्य, पहुँचयुक्त निर्माण तथा डिजाइन, पुनःस्थापना सेवा, सूचना प्रविधि तथा सञ्चार, सामाजिक सुरक्षा र बाल सहभागितालगायत विषयमा छलफल हुने उनले बताए।

नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनसीआरपीडी) अनुमोदन गरेको १५ वर्ष बितिसक्दा पनि अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा पहुँचसम्बन्धी अवरोध भोगिरहेकाले सो अवस्थालाई सम्बोधन गर्न समिट आयोजना गरिएको समिटका सहसंयोजक रमेश पोखरेलले बताए।

समिटपछि जारी गरिने घोषणा पत्रमा अपाङ्गता भएकाहरूले पहुँचयुक्तता, समावेशीकरण र समान अवसरमा भोगिरहेका समस्यालाई उजागर गर्दै त्यसको स्थायी समाधानका लागि गर्नुपर्ने कामहरू औँल्याउने पोखरेलले बताए।

सम्मेलन, गोष्ठीपछि जारी घोषणा पत्र दराजमा थन्किने र पीडितले पीडा भोगिरहनुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने गरी घोषणा पत्र जारी हुने बताउँदै उनले भने,‘यो विगतको जस्तो कागजको खोस्टामा परिणत हुँदैन, बरु दुई वर्षे कार्यान्वयन योजनासहितको घोषणापत्र आउनेछ।’

उनले घोषणापत्रमा उल्लेख भएअनुसारको कार्ययोजना कार्यान्वयन गराउन टास्क ग्रुप नै बनाइने बताए। जसले कार्यान्वयनका लागि पहलकदमीदेखि कार्यान्वयनमा देखिएका समस्या उजागर गर्नेदेखि खबरदारी गर्ने सम्मका काम गर्ने उनको प्रस्टोक्ति छ।

समिटका अर्का सहसंयोजक अञ्जना केसीले समिट परिवर्तनको संवाहक बनेर आउने विश्वास व्यक्त गरिन्। ‘यसअघिका घोषणा पत्र दराजमा थन्किए होलान्’,उनले भनिन्,‘तर आशा छ यो घोषणा पत्र अपाङ्गता भएकाहरूका लागि पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका लागि कोशेढुंगा साबित हुनेछ।’
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
यो पनि पढौँ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस