जिल्ला समन्वयमा करोडौँका सवारी साधन कवाडीमा परिणत हुँदै
२३ फागुन २०८१
•
३ मिनेट पाठ
जिल्ला समन्वयमा करोडौँका सवारी साधन कवाडीमा परिणत हुँदै
उदयपुरमा तत्कालीन जिल्ला विकास समिति (जिविस)का झन्डै दुई दर्जन सवारी साधन वर्षौँदेखि प्रयोगविहीन अवस्थामा कवाडीमा परिणत हुँदै गएका छन्। राज्य स्रोतबाट जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि खरिद गरिएका ती सवारी साधन स्थानीय तह पुनर्संरचना भएपछि प्रयोगमा आउन सकेका छैनन्।




स्थानीय तह पुनर्संरचनापछि तत्कालीन जिविस विघटन भई जिल्ला समन्वय समिति (जिसस)मा रूपान्तरित भएको थियो। जिससको मुख्य कार्यभार जिल्लाका स्थानीय तहहरूसँग समन्वय गर्ने, उनीहरूको कामको अनुगमन, मूल्याङ्कन र नियमन गरी माथिल्लो निकायमा सिफारिस गर्नेमा सीमित छ। नेपालको संविधान २०७२ ले जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकारविहीन बनाएपछि यहाँ कार्यरत अधिकांश कर्मचारी स्थानीय तहमा सरुवा भएका छन्।

जिविस, नगरपालिका र गाउँ विकास समितिमा अस्थायी रूपमा नियुक्त भई पछि स्वतः स्थायी गरिएका ‘स्थानीय निकाय कर्मचारी’ हरू जिससमा कार्यरत थिए। स्थानीय निकाय कर्मचारी निर्देशिका २०६३ अनुसार यस्ता कर्मचारीलाई लोक सेवा आयोगको प्रक्रियाबाट स्थायी गरिएको थियो। २०७४ को पहिलो स्थानीय तह निर्वाचनपछि अधिकांश कर्मचारीले स्थानीय तहमा सरुवा लिए। सुरुमा स्रोतसाधनले सम्पन्न तर अनुभवको कमी भएका स्थानीय तहमा जिविसका अनुभवी कर्मचारी हावी भए। फलस्वरूप, उनीहरूले नयाँ सवारी साधन प्रयोग गर्न थाले र जिससका साधनहरू थन्किन पुगे।

हाल जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको पार्किङ शेडमा एउटा पुरानो जापानी मित्सुबिसी जीप र नौवटा विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगविहीन छन्। त्यस्तै, गाईघाट बजारस्थित सिटीहल परिसरमा पनि आधा दर्जन मोटरसाइकल फालिएको अवस्थामा छन्।

‘स १ ज २६८’ नम्बरको मित्सुबिसी जीप तत्कालीन जिल्ला पञ्चायत सभापति भक्तबहादुर सिंह ठकुरीले २०४४ मा ४ लाख ५० हजारमा खरिद गरेका थिए। तत्कालीन जिविस जिन्सी फाँटका नायब सुब्बा श्यामकुमार सुन्दासका अनुसार उक्त जीप अहिले पनि उचित मर्मत गरे चल्ने अवस्थामा छ। हाल त्रियुगा नगरपालिकाको प्रशासन शाखामा कार्यरत सुन्दासले २०४६ को बहुदल र २०६३ को लोकतन्त्रसम्म जीप र मोटरसाइकलहरू राम्रै चलेको तर पुनर्संरचनापछि प्रयोगविहीन भएको बताए।

त्यस्तै, ग्रामीण पूर्वाधार विकास कार्यक्रम (आरएआईडीपी) परियोजनाअन्तर्गत दातृ निकायबाट प्राप्त रसियन ल्याण्डक्रुजर जीप मर्मतको नाममा ग्यारेजमा थन्किएको छ। अघिल्लो कार्यकालका समन्वय प्रमुख खड्गबहादुर परियारले प्रयोग गर्ने उक्त जीप बिग्रिएपछि मर्मत बजेट अभावमा करिब एक दशकदेखि ग्यारेजमै छ। वर्तमान समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा भने भन्सार लिलामीबाट खरिद गरिएको ‘प्रदेश १–००५ झ ००२’ नम्बरको बोलेरो जीप चढ्छन्। अवैध रूपमा भित्रिएको उक्त जीप भन्सारले लिलामीमा बेचेको थियो।

जिल्ला समन्वय अधिकारी गजेन्द्रनाथ शर्माले सरकारी सम्पत्तिको संरक्षण आवश्यक भए पनि कानुनी जटिलताले समस्या भएको बताए। उनका अनुसार राम्रा सवारी साधन मर्मत गर्न बजेट अभाव र लिलामी प्रक्रिया झन्झटिलो भएकाले प्रयोगमा आउन सकेका छैनन्। राज्यको नीतिगत कठिनाइले करोडौँको सम्पत्ति खेर गइरहेको उनको भनाइ छ।

शर्माले यो समस्या उदयपुरमा मात्र नभई देशभरका ७५ वटै जिल्ला समन्वय समितिमा रहेको बताए। सरकारले लिलामी प्रक्रिया सहज बनाउने वा मर्मतका लागि बजेट उपलब्ध गराए प्रयोगविहीन सम्पत्तिको सदुपयोग हुने उनको सुझाव छ। 

प्रयोगमा नआए पनि सवारी साधनको वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने बाध्यताले राज्यलाई दोहोरो घाटा भएको उनले उल्लेख गरे। उदयपुरका डेढ दर्जनभन्दा बढी साधनको १०–१२ वर्षदेखि नवीकरण नहुँदा लाखौँ बक्यौता थपिएको उनको अनुमान छ। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३६ मिनेट अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस