गएराति भएको सवारी दुर्घटनामा परी सदरमुकाम गाईघाटका एकै घरका दुई बालिकाहरूको निधन गएको छ। गाईघाट बजारदेखि दक्षिण त्रियुगा नगरपालिका १२ नयाँ बसपार्कतर्फ जाने सडकमा प्र १–०५–००१ च ००९१ नं. को बोलेरो जीपले ठक्कर दिँदा १२ वर्षीया देवी दास र १४ वर्षीया अनु दासको ज्यान गएको हो।
गाईघाटकै हिमशिखर फर्निचरको सामान लिएर बसपार्कतर्फ जाँदै गरेको जीप आफैँ अनियन्त्रित भई बरण्डामा बसिरहेका दिदीबाहिनीलाई ठक्कर दिन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ। राति ८ः०० बजेको दुर्घटनामा परेका घाइते बालिकाहरूलाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको ट्राफिक प्रहरी हवल्दार भुवन राईले बताए।
उनका अनुसार मृतक दिदीबहिनी सप्तरी स्थायी घर भई राजेन्द्र मैनालीको घरमा कोठा भाडामा लिएर बस्दै आएका ललन दासका छोरीहरू हुन्।
प्रारम्भिक अनुसन्धानमा चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको देखिएको छ। तर, विस्तृत तथ्य कुरा भने थप अनुसन्धानपछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ। प्रहरीले जीपलाई तत्काल नियन्त्रणमा लिएको छ भने घटनालगत्तै फरार भएका चालक त्रियुगा नगरपालिका ९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई पनि खोजीको क्रममा केही घण्टापछि भेटेर राति नै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
जिल्ला अस्पताल उदयपुरमा राखिएको मृतकहरूको शव शुक्रबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ।