दिक्तेलमा भर्खरै सम्पन्न ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’ले खोटाङलाई बाँसको राजधानी बनाउन बाँस सङ्ग्रहालय स्थापना गर्ने निष्कर्ष निकालेको छ । जिल्लालाई ‘बाँसको राजधानी’ घोषणा गर्दै सरोकारवालाहरूले सदरमुकाम दिक्तेलमा सङ्ग्रहालय स्थापना गर्ने निचोड निकालेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसको सम्भावना, उपयोगिता र त्यसले देश, समाज र अर्थतन्त्रमा पार्ने प्रभावको लेखाजोखा गर्ने उद्देश्यले ३ दिने राष्ट्रिय बाँस सम्मेलन भर्खरै आयोजना गरेको थियो । सम्मेलन समापन कार्यक्रममा जारी ‘घोषणा–पत्र’मा दिक्तेलमा बाँस सङ्ग्रहालय खोल्ने र बाँसको व्यवसायिक उत्पादन, उपयोगिता र सम्भावना खोज्दै दिगो व्यवस्थापनको पहल गर्ने उल्लेख छ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ आयोजित सम्मेलन समापनमा जारी ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, देशमै पहिलो पटक आयोजित राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’को रुपमा मनाउने, प्रत्येक ३ वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्दै जाने उल्लेख छ ।
त्यसैगरी बाँसलाई छिटो बढ्ने, वहुउपयोगी र नवीकरणीय स्रोतको रूपमा मान्दै बाँसबाट नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्र प्रवर्द्धन र वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिन सक्ने निष्कर्ष पनि निकालिएको घोषणापत्रमा उल्लेख छ । सम्मेलन अवधिभर सरोकारवाला निकायका व्यक्ति, बाँस विज्ञ, विभिन्न क्षेत्र र तहतप्कामा अनुसन्धानरत विद्धानहरू र जनप्रतिनिधि तथा कर्मचारीहरूले बाँससँग सम्बन्धित नीति निर्माण, बाँस खेती विस्तार, बाँससँग सम्बन्धित उद्योग, उद्यम विकास, प्रचारप्रसार, बजारीकरणजस्ता विषयमा प्यानल छलफल चलाइएको थियो ।
छलफलका क्रममा विभिन्न ४४ जना बाँस विज्ञ तथा अध्येयताले प्रस्तुत गरेका २३ वटा कार्यपत्रको निचोडस्वरुप ३५ बुँदे ‘घोषणापत्र’ जारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । उनका अनुसार बजारको माग अनुसार विभिन्न प्रजातिका बाँसको व्यवसायिक खेती सुरु गर्ने, भइरहेको बाँस खेतीलाई प्रवर्द्धन गर्ने, बाँसका बिरुवा उत्पादन र खेती विस्तार गर्ने, नदी किनार, बाँझो जमिन, सामुदायिक वन तथा गैरकृषि भूमिमा बाँस रोप्ने क्रम बढाउने कुराहरु समेटिएको छ ।
मेयर भट्टराईले बाँस खेतीसम्बन्धी अध्ययन, अध्यापन, अनुसन्धान तथा ज्ञान आदानप्रदान कार्यलाई प्रोत्साहित गर्ने, स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत ज्ञानको संरक्षण गर्दै पुस्तान्तरण गर्ने, बाँसमा आधारित उद्योगमा दक्षता र उत्पादित सामग्री गुणस्तर सुधार गर्न रणनीतिक व्यवसायिक नमुना विकास गर्ने बुँदाहरू प्नि घोषणापत्रमा राखिएको बताए ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा उद्घाटन गरिएको सम्मेलन अन्तर्गत बजारमै रहेको माटिकोरे खेलमैदानमा बाँसका विविध सामग्रीसहितका ५१ वटा स्टल प्रदर्शन तथा विक्री वितरणका लागि राखिएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राईका अनुसार सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालय र ग्रिन ब्याम्बो क्रियसन ललितपुरले नगरपालिकासँग सहकार्य गरेका थिए ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले संयुक्त रुपमा उद्घाटन गरेको सम्मेलनमा प्रतिनिधिसभा सदस्य प्रदेशसभा प्रमुख, सांसद, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाका प्रमुख, जिल्लाका १० वटै स्थानीय तह र जिल्लाबाहिरका स्थानीय तहका प्रमुखहरूको पनि उपस्थिति थियो ।
सम्मेलनकै अवसर पारेर बाँसको उपयोगिताको व्यवहारिक कार्यान्वयन गर्दै सरकारी कार्यालयहरूमा बाँसका सामग्री प्रयोग गर्ने नीति लागू गर्न गराउन नैतिक दबाब दिन देशका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने निर्णय पनि गरेको नगर उपप्रमुख बिशन राईले बताए । उनका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, ७ वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई बाँसबाट निर्मित कुर्सी उपहार दिने निर्णय भएको छ ।
छिमेकी स्थानीयतहहरु जन्तेढुङ्गा, बाराहापोखरी, खोटेहाङ, केपिलाशगढी, ऐसेलुखर्क, साकेला, रावाबेँसी र दिप्रुङ चुईचुम्मा गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकाको पनि साझेदारी सहभागिता रहेको सम्मेलनमा ४७ लाख बराबर खर्च भएको आयोजकले नगरले जनाएको छ ।