विश्वव्यापी रोगको रुपमा फैलिँदै गएको लागू औषध दुर्व्यसनले उदयपुरलाई नराम्ररी गाँज्दै गएको छ। प्रायः दिनहुजसो लागू औषधको प्रयोग, कारोबार र बेचबिखन आरोपमा पक्राउ पर्नेहरू अधिकतर युवापुस्ताका छन् भने छिटफुट बालबालिका र पौढहरु छन्।
प्रहरी हेडक्वाटरदेखि प्रदेश हुँदै जिल्ला, इलाका र चौकीसम्मका युनिटहरू लागू औषधमा संलग्नलाई कारबाही गर्दै आए पनि घट्नुको साटो बढ्दै गएको पाइएको छ।
लागू औषध कारोबार ऐन, नियमावलीजस्ता कानुनको सहारा लिएर प्रहरी प्रशासनले स्थानीय समुदायसँग साझेदारीमा कारबाही प्रक्रियामा निरन्तर गतिविधिहरू गर्दा पनि यसको प्रयोग र कारोबार घट्न नसक्नुले लागू औषधको जालो धेरै टाढासम्म बिछ्याइएको प्रमाणित हुन्छ।
लागू औषध प्रयोग र कारोबार गर्ने अगुवा जिल्लाहरूमध्ये उदयपुर पनि अग्रपङ्तीमै गनिने गरेको छ। विगत आधा दशकयता लागू औषधमा प्रहरीले बाक्लो कारबाही गदै आएकोमा यस वर्ष पनि बितेको साढे ७ महिना अवधिमा ९० को हाराहारी पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
चालु आर्थिक वर्षको साढे ७ महिना अवधिमा ९० को हाराहारी सङ्ख्यामा लागू औषध कारोबार, प्रयोग र विक्री वितरणमा संलग्न भएको आरोपीहरू पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार साउनदेखि फागुन १५ गतेसम्ममा ८८ जना पक्राउ परेका छन्।
जसमा पुरुष ८२ जना छन् भने महिला पक्राउ सङ्ख्या ३ जना रहेको छ। पक्राउ परेका मध्ये ४७ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा हालसम्म २५ जना कारागार सजायको भागीदार बनेका छन्। ३२ जना धरौटीमा छुटेका छन् भने ११ जनालाई तारेखमा छाडिएको छ।
यस वर्ष पक्राउ परेकाहरूबाट विभिन्न आधा दर्जन किसिमका लागू औषध बरामद भएको डिएसपी दोङले बताए। उनका अनुसार पक्राउहरूको साथबाट डाईजेपाम ३ सय ६८ एम्पुल बरामद भएको छ भने फेनारगन ३ सय ६४ एम्पुल, बुप्रेनोर्फिन ६ सय ६२ एम्पुल बरामद भएको छ। त्यसैगरी ब्राउनसुगर ७४ मिलिग्राम, ट्याब्लेट २ हजार ४ सय ९ चक्की र गाँजा २ सय २५ किलो ८ सय ३० ग्राम बरामद भएको छ।
गत वर्ष पनि प्रहरीले उल्लेख्य रुपमा लागू औषधविरुद्ध कारबाही चलाएको थियो। गत वर्ष ४ महिलासहित जम्मा १ सय ४३ जना पक्राउ परेका थिए। जसमा पुरुष पक्राउ सङ्ख्या १ सय ३९ थियो।
गत वर्ष पक्राउ परेकामध्ये ८९ जनाविरुद्ध मुद्दा दर्ता गरिएकोमा ५५ जनालाई कारागार सजाय सुनाइएको थियो भने धरौटीमा छुट्ने सङ्ख्या ३८ थियो। त्यसैगरी ५० जना तारेखमा छुटेको डिएसपी दोङले बताए।
प्रहरी अभिलेखमा जनाइए अनुसार गत वर्ष पन ७ किसिमका लागू औषध प्रयोग, बेचबिखन र कारोबार आरोपमा उनीहरु पक्राउ परेका थिए। पक्राउ परेकाहरूबाट डाईजेपाम ७ सय ६६ एम्पुल, फेनारगन ७ सय ४९ र बुप्रेनोर्फिन ७ सय ८९ एम्पुल बरामद भएको थियो।
त्यसैगरी गत वर्ष ब्राउनसुगर २ सय ८ ग्राम ६ मिलिग्राम बरामद भएको थियो भने ट्याब्लेट ७ सय ५० चक्की, कोरेक्स ३ बोतल र गाँजा २ सय ४७ किलोग्राम ९ सय ६० ग्राम बरामद भएको अभिलेख प्रहरी कार्यालयमा रहेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी लागू औषध दुर्व्यसनविरुद्ध धेरै तरिकाले रोकथाम, सचेतना र कारबाही प्रक्रिया अपनाउँदा पनि अपेक्षाकृत न्यूनीकरण नभएको बताउँछन्।
प्रहरी प्रशासनले प्रदेश र स्थानीय सरकारसँग मिलेर युवा, विद्यार्थी, व्यापार व्यवसायी, नागरिक समाज, खेलाडी, कलाकारजस्ता सबै क्षेत्र र तहतप्कासँग मिलेर सदरमुकामदेखि गाउँ-गाउँसम्म लागू औषधसम्बन्धी सचेतनामूलक कार्यक्रमका गतिविधि सञ्चालन गर्दै आएको उनले बताए।
दुर्व्यसनी र कारोबारमा संलग्नहरूलाई पक्राउ गरी थुना राख्न, कैद सजाय तोक्ने, जरिवाना र नसिहत दिनेजस्ता कडा खालका कारबाहीसँगै प्रहरीले बेला-बेलामा सडक नाटक, मनोपरामर्श, अभिभावक भेटघाट लगायत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको पनि उनले बताए। तर यति हुँदाहुँदै पनि सकारात्मक र प्रभावकारी परिणाम पाउन नसक्नु दुःखद भएको एसपी योगी बताउँछन्।