आन्तरिक पर्यटनको प्रवर्द्धन र विकास, प्रदूषणमुक्त वातावरण र स्वास्थ्य जीवन शैलीको उद्देश्यका साथ स्थानीय युवाहरुले ‘राईड टु कोसी’ अभियान सञ्चालन गरेका छन् । अभियान अन्तर्गत सदरमुकाम गाईघाटबाट शुक्रबार ३ सय साइकल यात्री युवाहरू २ दिने साइकल यात्रामा निस्केका छन् ।
‘स्वास्थ्यका लागि साइकल, एकताका लागि सवारी’ भन्ने नाराका साथ स्थानीय युवाहरुले थालेको अभियान गाईघाटदेखि विभिन्न मदन भण्डारी लोकमार्ग हुँदै विभिन्न ठाउँ पार गरेर उदयपुर र सुनसरी सीमा सप्त नदी पुगेर फर्कनेछ । कार्यक्रम आयोजक जिल्ला साइकल सङ्घ उदयपुरका अनुसार यात्रीहरूले जिल्लाको विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण प्रदूषणमुक्त गर्ने उद्देश्य पनि अभियानले लिएको छ ।
शुक्रबार बिहान गाईघाट बजार परिक्रमा गरिसकेपछि स्थानीय लोकतान्त्रिक चोक (पिपलचोक)मा आयोजित एक कार्यक्रमका बिच त्रियुगा नगरप्रमुख वसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले साइकल यात्रीहरूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर अभियानकर्मीलाई बिदा गरे । मेयर बस्नेत र उपमेयर राईले यात्रीहरूलाई बिदा गर्दै आन्तरिक पर्यटनमा वृद्धि गर्न तथा पर्यटकलाई जिल्ला भित्र्याउन यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका हुने भन्दै सफलताको कामना गरे ।
अभियन्ता समूहले उदयपुरका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नुका साथै वातावरण स्वच्छ राख्न तथा जलवायु परिवर्तनमा असर हुन नदिने सन्देशमूलक गतिविधिहरू गर्ने साइकल यात्रा गर्ने जनाएको छ ।
सदरमुकामबाट छुटेको अभियन्ता साइकल यात्री समूह मदन भण्डारी लोकमार्ग हुँदै बहेडवास्थित निजामती पार्क, बहेडवा थारु होमस्टे, चौदण्डीगढी मुकाम बेलटार, बसाहा बँदेलपानी, बेलका नगरपालिका प्रवेशद्वार देउराली हुँदै सुपाडे, रामपुर बजार र सेतीखोला कटेर मैनामैनीको पर्यटकीय तथा धार्मिक स्थल रङ्गमहल, टङ्केला गुफा, सोमबारे कोठु भएर चतारा पुग्ने छ ।
शुक्रबार चतारामै बास बस्ने टोली शनिवार फर्कँदा विभिन्न ठाउँ हुँदै त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डालाई अन्तिम गन्तव्य बनाउनेछ । अभियान यात्रा अड्डामै आएर समापन गर्ने कार्यक्रम तय भएको साइकल सङ्घले जनाएको छ।
अभियान टोलीमा संलग्न अगुवा साईकलयात्री भूपाल राउतका अनुसार टोलीमा १५ वर्षीय बालकदेखि ५० सम्मका सहभागी छन् । २ सय ३४ साइकल राईडर तथा ६६ स्वयंसेवक गरी ३ सय जना यात्रा टोलीमा सहभागी रहेको उनले बताए । अभियान सञ्चालन गर्न कुनै कार्यालय, सङ्घ संस्था वा व्यक्तिसँग चन्दा सहयोग नलिई आफ्नै खर्च र पहलमा गर्ने गरेको राउतले बताए ।
अर्का अगुवा साइकल यात्री जितेन्द्र रोईलाले भने ‘स्वच्छ वातावरण, स्वास्थ्य जीवन शैली र सभ्य समाज निर्माणका लागि युवाहरू आफै जुट्नुपर्छ भन्ने सन्देश दिन हामी आफ्नै खर्च र पहलमा अभियान चलाउँदै आएका छौँ ।’ अभियानले जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन त गर्छ नै, सँगसँगै ध्वनि र वातावरण प्रदूषण घटाउन र स्वास्थ्य तन्दुरुस्तीमा पनि साइकल यात्राको महत्त्व भावी पुस्तालाई दर्साउन मद्दत पुग्ने अभियन्ताको ठम्याई छ ।