उदयपुरका १०२ वर्षीय पूर्व गोर्खा सैनिक सम्मानित भएका छन् । चौडण्डीगढी नगरपालिका ६ बेलटारका विश्वयुद्ध विजेता दिलबहादुर राईलाई 'गोर्खा सेमिट्रिज ट्रष्ट नेपाल'ले सम्मान गरेको हो ।
दोस्रो विश्व युद्ध लडेका दिलबहादुरलाई मङ्गलबार प्रजातन्त्र दिवसको अवसर पारेर चौदण्डीगढी ६ स्थित पारुहाङ एकेडेमीमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । वीरयोद्धा राईलाई दोसल्ला, ताम्रपत्र र भोजपुरे खुकुरी प्रदान गरि सम्मान गरियो ।
वीर योद्धालाई दोसल्लासँगै कदरपत्रले सम्मान गरिएको छ । ट्रष्टका अध्यक्ष महेन्द्र राई र स्थानीय समाजसेवी जयमानशेर राईले
मायाको चिनोको रुपमा उनलाई खुकुरी पनि संयुक्तरुपमा प्रदान गरी सम्मान गरेका छन् ।
पूर्व बेलायती सेना गोर्खा पल्टन नं १०४३५÷३ आरडी ७–४७५२ का जिउँदो योद्धा रहेका राई खोटाङको जंन्तेढुङ्गा गाउँपालिका ६ निगालबासमा जन्मिएका हुन् । हाल उनी चौदण्डीगढी ६ बेल्टार पुमा लाइनमा बस्दै आएका छन् ।
सेमिट्रिज ट्रष्ट नेपालले प्रथम र दोस्रो विश्वयुद्ध लडेका तथा विभिन्न युद्धमा सहादत प्राप्त तथा ज्युदा वीर गोर्खालीहरुको सम्मान र सम्झना गर्दै पुर्खा दिवस (अप्रिम ५)को अवसर पारेर सम्मान गर्दै आएको छ ।
संस्थाका सदस्य मनि वान्तावा राईका अनुसार सन् २०१८ मा स्थापना भएको संस्थाले झापा दमकका रामबहादुर लिम्वुसहित १० जनालाई सम्मान गरिसकेको छ । उनका अनुसार ट्रस्टले विश्व शान्ति, वीर गोरखालीहरूको सम्मान र पुर्खा दिवसको अवसर पारेर वीर गोर्खाहरुलाई सम्मान गर्नुका साथै विभिन्न खेलकुद कार्यक्रमका प्रतियोगिताहरु पनि आयोजना गर्दै आएको सँस्थाका अध्यक्ष महेन्द्र राईले बताए ।
उनका अनुसार धरानमा आयोजना हुँदै आएको गोर्खा ट्रेललेजर रनको तेस्रो संस्करण आगामी चैत २ गते हुन लागेको