जोगीनीटोलमा गए राति जन्ती बस र ट्रक एकापसमा ठोक्किँदा जन्ती गएका एक वृद्धको मृत्यु भएको छ भने २५ घाइते भएका छन्। जसमध्ये ५ जनाको अवस्था गम्भीर छ ।
बिहीबार राति करिब ९ बजे बारा जिल्लाबाट गाईघाटतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६(००१ ख ०१९५ नं। को जन्ती बस र विपरीत दिशाबाट तेजपत्ता बोकेर कटारीतर्फ जाँदै गरेको ना ८ ख २४०४ नं। को मिनी ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ७ स्थित जोगिनीटोल घुम्ती सडकमा ३२ जना जन्ती बोकेको बस तथा चालक र सहचालक गरी २ जना सवार ट्रक एकापसमा ठक्कर खाई दुर्घटना भएको प्रहरी भनाई छ ।
घाइते २६ जनालाई प्रहरीले उद्धार गरी जिल्ला अस्पतालमा उपचारार्थ ल्याइएकोमा गम्भीर ४ जनालाई बिराटनगर रिफर गरिएको थियो । जसमध्ये १ वृद्धको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जिल्ला बारा गढी गाउँपालिका ४ का ७० वर्षीय सीताराम धामी छन् ।
बाँकी ३ जनाको न्यूरो अस्पताल बिराटनगरमै उपचार भइरहेको छ । २ घाइतेको भने जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । २० जना उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनाको सूचना पाए लगत्तै खटेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक सन्तोष कार्की कमान्डको टोलीले घाइतेको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट पठाएको थियो । दुर्घटनाका कारण अवरुद्ध भएको सडक तत्काल प्रहरी टोलीले हटाई सुचारु गराएको निरीक्षक कार्कीले बताए । बस र ट्रक भने घटनास्थलमै रहेका छन् ।
बस र ट्रकका दुवै चालकलाई सामान्य उपचार पश्चात् जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले बताएका छन् ।