हलेसी आगलागी : सवा सात करोडको क्षति, नगरपालिकाले तत्काल १० लाख राहत दिने
०५ फागुन २०८१
•
३ मिनेट पाठ
हलेसी आगलागी : सवा सात करोडको क्षति, नगरपालिकाले तत्काल १० लाख राहत दिने
खोटाङको त्रिधार्मिकस्थल हलेसीमा आइतबार साँझ भएको आगलागी पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले तत्काल १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । ७ नम्बर वडामा पर्ने हलेसी बजारमा भएको आगलागी पीडितलाई नगरपालिकाले तत्कालीन राहत दिने निर्णय गरेको हो ।

सोमबार बसेको नगर कार्यपालिका बैठकले पीडितहरुलाई तत्कालीन राहत दिन १० लाख व्यवस्था गरेको नगरप्रमुख बिमला राईले बताईन् । मेयर राईका अनुसार राहत दिनका लागि जनप्रतिनिधि र निजामति कर्मचारीको २ दिन बराबरको सेवा सुविधा र तलब कटौती गर्ने निर्णय गरिएको छ । त्यसैगरी शिक्षक र करार कर्मचारीको एक दिन बराबरको तलब पनि राहत कोषमा जम्मा गरिने भएको छ । 

‘सुरुवाती राहत वितरण गर्न १० लाख जुटाउन यो निर्णय गर्दै आजै नगर विपत व्यवस्थापन कोषमा रकम जम्मा गरिसक्यौँ’ नगर प्रवक्ता तथा ७ नं. वडाध्यक्ष कमल गिरीले भने ‘यो तत्कालीन राहत हो, यसपछि अन्य तरिकाबाट थप राहत व्यवस्थापन गर्नेतर्फ पनि हामी लाग्ने छौँ ।’ साथै सम्बन्धित निकायमा पनि सक्दो राहत प्राप्तीका लागि सिफारिस गर्ने काम नगरपालिकाले सुरु गरिसकेको गिरीले बताए ।

हलेसी मन्दिरनजिकै पदमशेर राईले सञ्चालन गरेको पूजा हार्डवेयरबाट उब्जेको आगोले ५ घरमा क्षति पुर्‍याउँदा ७ करोड ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतिक विष्टका अनुसार आगलागीबाट राईको काठ र टिनको छानोवाला घर र त्यसमा रहेको सम्पूर्ण हार्डवेयर सामग्री, फर्निचर, साढे ३ लाख नगद र सोही घरमा रहेको निर्धन लघुवित्त विकास बैँकको सम्पूर्ण कागजात र नगदसमेत नष्ट भएको छ । 

त्यसैगरीे छिमेकी ऐराख राईको न्यू कल्याण होटल तथा लज रहेको साढे ३ तले घरका सबै फर्निचर, लुगाफाटा र घर जलेर २ करोड ५० लाख बरबरको क्षति भएको छ । अर्का छिमेकी भरणसेर राईको पारुहाङ होटेल भएको काठको कच्ची घर र पछाडिको अर्को ४ तले पक्की घरमा क्षति हुँदा ५० लाख बराबर नोक्सान पुगेको प्रहरीको प्रारम्भिक भनाइ छ । त्यहीँका प्रकाशचन्द्र गिरीको फलामे ट्रस प्रविधिको घरमा सञ्चालन गरेको हलेसी दर्शन होटल पनि ध्वस्त भएर ३० लाख क्षति पुगेको डिएसपी विष्टले बताए ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले साँझ ७ः३० बजेजस्तो समयमा उब्जेको आगो सदरमुकामबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल खटाएर अढाई घण्टामा निभाइएको बताए । सुरक्षाकर्मीलाई स्थानीयबासी र जनप्रतिनिधिको पनि साझा प्रयासमा ढिलै भए पनि आगो नियन्त्रणमा ल्याउन सफल भएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए । जिल्लामा दमकल नहुँदा आगो निभाउन निकै कठिनाई भएको पनि सिडिओ कार्कीले बताए ।

खोटाङका सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ गरी २ नगर र ८ गाउँपालिका गरी १० वटा स्थानीय तह कुनैमा पनि अहिलेसम्म दमकल नभएकाले आगलागी हुँदा समस्या पर्ने गरेको छ । जिल्लामा दमकल नभएका कारण आगो निभाउन नजिक पर्ने ओखलढुङ्गाको दमकल बोलाइएकोमा चालक नभएको भन्दै नआएपछि उदयपुरको कटारीबाट बोलाइएको थियो । तर, लामो दूरी र रातिको समय भएकाले आईपुग्न ढिला भए पनि सामुहिक प्रयासले आगो नियन्त्रण गर्न सफल भएको स्थानीयले बताएका छन् ।

वडाध्यक्ष गिरीका अनुसार आगलागी हुनुको कारण विद्युत सर्ट भएर भन्ने प्रारम्भिक निष्कर्ष प्रहरीको छ । तर, समयमै आगो नियन्त्रण गरिएकाले हलेसीमा अकल्पनीय क्षति हुनबाट बँचेको उनले बताए ।

समसाँझै घट्ना भएकाले पनि धेरै र मानवीय क्षति बेहोर्नु नपरेको गिरी बताउँछन् । ‘साँझमै घट्ना भएकाले मान्छे सुतिसकेका थिएनन् र भौतिक क्षति मात्र भयो’ उनले भने ‘केही बेरपछि मात्र भए मानवीय र भौतिक दुवैतर्फ अकल्पनीय क्षति हुनसक्थ्यो ।’ 
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।

बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
यो पनि पढौँ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस