कृषकलाई व्यवसायिक मौरी पाल्न आधुनिक घार
०४ फागुन २०८१
•
३ मिनेट पाठ
कृषकलाई व्यवसायिक मौरी पाल्न आधुनिक घार
डिभिजन वनबाट घार पाएका किसानहरू । तस्बिरः महेश्वर
खोटाङका ३ दर्जन कृषकले व्यवसायिक मौरी पालन गर्न आधुनिक घार प्राप्त गरेका छन् । सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका ३६ घरधुरी कृषकलाई डिभिजन वनले मौरीको आधुनिक घार डिभिजन वन कार्यालय खोटाङले प्रदान गरेको हो ।




डिभिजनले मौरी पालक कृषकहरूलाई ‘जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल)’सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रम अन्तरगत घार दिएको हो । सुरु चरणमा खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध किसानलाई घार दिएको डिभिजन वन अधिकृत (डिएफओ) उदिमप्रसाद राईले बताए ।

उनका अनुसार वनमा आधारित उद्यम प्रवर्द्धन गर्न इच्छुक  कृषकहरूलाई व्यवसायमा प्रोत्साहन तथा प्रवर्द्धन गर्न सहयोग गरिएको हो । त्यसका लागि खार्मीको डाँडाखर्क–खिसापत्रे वन समितिका कृषकलाई आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिएफओ राईले बताए ।

राईले खार्मीमा व्यवसायिक मौरी पालनका लागि ८० वटा आधुनिक घार वितरण गर्ने कार्यक्रम रहेको बताउँदै पहिलो चरणमा ७४ वटा घार किसानलाई उपलब्ध गराइएको बताए । बाँकी घार पनि केही दिनभित्रै किसानलाई वितरण गर्ने उनको भनाई छ । घार प्रदान गर्नुअघि कृषकहरूलाई अगुवा मौरी पालक कृषक छविलाल मगरले व्यवसायिक मौरी पालनसम्बन्धी प्रशिक्षणसमेत दिएको डिएफओ राईले बताए ।

आधुनिक घार निःशुल्क पाएपछि किसान उत्साहित भएका छन् । व्यवसायिक मौरी पालनका लागि डिभिजनले गरेको यो सहयोगले आफूहरूलाई उत्साह भरेको तथा गाउँघरमै बसेर जीविकोपार्जन गरी आत्मनिर्भर हुने बाटो खुलेको उनीहरुले बताएका छन् । डिभिजनका वन रक्षक विनोद गजमेरका अनुसार बजारमा किन्नु परे खाली मौरीको घार प्रतिगोटा कम्तीमा ६ हजार पर्ने किसानहरू बताउँछन् ।

डिभिजनले भने ५ हजार २ का दरले खरिद गरेर उपभोक्तालाई २÷२  थान उपलब्ध गराएको हो । घार निःशुल्क पाएपछि आगामी दिनमा थप उत्साहका साथ मौरी पाल्ने कृषकहरूले बताएका छन् । खार्मीका वडाध्यक्ष इखबहादुर राई र वन समूहका अध्यक्ष हर्कराज राईले कृषकहरूलाई घार प्रदान गरे । घार प्रदान गर्दै वडाध्यक्ष राईले डिभिजन वनले उपलब्ध गराएको निःशुल्क घारले खार्मीका किसानहरूको व्यवसायिक विकास हुनेमा आफू विश्वस्त रहेको बताए ।

सवडिभिजन वन कार्यालय दिक्तेलका अनुसार ७४ वटा घार वितरणका लागि डिभिजनले चालु वर्ष ५ लाख ६३ हजार बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट खरिद गरिएका ७४ मध्ये ४ वटा घारमा परीक्षणका लागि स्थानीय सेरेना जातको मौरी पालन गर्न थालिएको सवडिभिजन प्रमुख कुमारप्रसाद फुयाँलले बताए ।

यसअघि पनि डिभिजन वनले १२ नं. वडाको जालपास्थित मधुश्री मौरी पालन तथा विषादीरहित फलफूल उत्पादक कृषक समूहमा आबद्ध १७ घरधुरी उपभोक्तालाई १/१ घार मौरीसहितको र ४/४ थान खाली घार वितरण गरेको थियो । घार पाएका जालपाबासी कृषकहरूले अहिले व्यवसायिक मौरी पालन गर्दै राम्रो र गुणस्तरीय मह उत्पादन गरिरहेको डिभिजनले जनाएको छ ।

डिएफओ राईका अनुसार डिसिआरएलसँग मिलेर यस वर्ष वनमा आधारित उद्यम प्रवर्द्धन कार्यक्रमअन्तर्गत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादन कार्यक्रम पनि सञ्चालन भइरहेको छ । मौरी पालन, अल्लो कपडा तथा सुगन्धित तेल उत्पादन गर्ने ३ वटै योजना प्रत्येकलाई ५ लाख ६३ हजारका दरले बजेट उपलब्ध गराएको छ ।

जस अनुसार चालु वर्ष नै खोटाङका विभिन्न १० वटा सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गर्ने कार्यक्रम छ । वन समूहले गर्ने रिचार्ज पोखरीका लागि २ लाख ५० हजार र डिसिआरएलले बनाउने पोखरीका लागि २ लाख ३५ हजार बजेट उपलब्ध गराएको डिभिजनले जनाएको छ । 
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।




बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
यो पनि पढौँ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस