गत आर्थिक वर्ष ‘संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)’ र ‘वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)’ मा जिल्लामा पहिलो हुन सफल कटारी नगरपालिका सम्मानित भएको छ। बिहीबार सम्पन्न सातौँ जिल्ला सभामा कटारी सम्मानित भएको हो।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बर्सेनि गर्ने लिजा र एफआरएतर्फ ०७९/८० को नतिजामा कटारी उत्कृष्ट दरिएको थियो। लिजा र एफआरए दुवैमा कटारी सर्वाधिक अङ्क ल्याउँदै जिल्लामा उत्कृष्ट र प्रदेशमा दोस्रो भएको थियो। कटारीले लिजातर्फ ९३.२५ अङ्क र एफआरएमा ८३ ल्याएको भन्दै जिल्ला समन्वय समितिले सम्मान गरेको हो। सम्मानस्वरुप जिल्ला समन्वय समिति प्रमुख गौरबहादुर विश्वकर्माले कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलाई सम्मानपत्र प्रदान गरे।
स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीलाई एकरूपता दिन तथा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न संघीय मामिला मन्त्रालयले लिजा र एफआरएको माध्यमबाट संस्थागत र वित्तीय क्षमता स्वमूल्याङ्कन गराउँदै आएको छ। जसमा गत वर्ष प्रकाशित वर्ष ०७९/८० को नतिजामा कटारी जिल्लाका ८ स्थानीय तहमध्ये पहिलो तथा प्रदेशका १ सय ३७ स्थानीय तहमध्ये दोस्रो भएको थियो।
जिल्ला सभाले चालु वर्ष ०८१/०८२ को हालसम्मको खर्चको संशोधित बजेट पारित गर्दै आगामी वर्षको नीति तथा कार्यक्रमको खाकासहितको विनियोजन विधेयक ऐन सर्वसम्मत पारित गरेको छ। सभाले चालु वर्षका लागि विनियोजित १ करोड ४३ लाख २८ हजार रुपैयाँमध्ये हालसम्म १ करोड २६ लाख ४६ हजार ९ सय ७० खर्चको संशोधित बजेट पनि पारित गरेको छ। यो खर्च कुल बजेटको ८८.२७ प्रतिशत भएको जानकारी सभामा दिइयो।
साविक जिल्ला विकास समिति हुँदा कोषमा मौज्दात भई परिवर्तित जिल्ला समन्वय समितिमा परिणत भई अल्या भएको विविध खर्च खातामा रहेको गत वर्षको २ करोड ९९ लाख ४२ हजार ४ सय ७३ रुपैयाँ ७५ पैसामध्ये हालसम्म ४५ लाख ६० हजार ४ सय ५७ रुपैयाँ ८२ पैसा खर्च भएको जानकारी सभामा दिइएको छ। अव सो कोषमा २ करोड ३० लाख ७२ हजार १५ रुपैयाँ ९३ पैसा मौज्दात रहेको सभालाई जानकारी दिइयो।
नेपालको संविधान ०७२ को धारा २२० मा व्यवस्था भए अनुसार जिल्लाभित्रका सबै स्थानीय तहहरूलाई समन्वय गर्ने अधिकार जिल्ला समन्वय समितिलाई छ। जस अनुसार जिल्लाका सबै नगरप्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष समन्वय समितिका सदस्य हुने व्यवस्था छ। सभामा ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता थियो।