सर्वोच्च अदालतको ‘रोक’ आदेशका बाबजुद यस वर्षको ‘जनयुद्ध दिवस’ विभिन्न कार्यक्रमसहित धुमधामसँग मनाइएको छ। तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालमा सुरु गरेको सशस्त्र युद्धको सम्झनामा नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेलाई विशेष दिवसका रूपमा मनाउँदै आएको छ।
उदयपुरका विभिन्न स्थानीय तहले यस अवसरमा सार्वजनिक विदा दिएका थिए भने बिहीबार साँझ दीप प्रज्वलन गरिएको थियो। माओवादी अध्यक्ष निर्वाचित गाउँपालिकाहरू ताप्ली र लिमचुङबुङले सार्वजनिक विदा दिएर दिवस मनाएका छन्।
कटारी बजार, त्रियुगा नगरको जलजले, गाईघाट, बोक्से, बेलटार, बेलका लगायतका क्षेत्रमा ‘३० औँ जनयुद्ध दिवस’ लेखिएको ब्यानरसहित मैनबत्ती बालेर दिवस मनाइएको थियो।
खोटाङका जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाले पनि सार्वजनिक विदा दिएका थिए भने सदरमुकाम दिक्तेलमा भव्य कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले जनयुद्ध कुनै समूह विशेषको स्वार्थमा नभइ देश र जनताको मुक्तिका लागि गरिएको बलिदानीपूर्ण संघर्ष भएको बताए।
नेकपा (माओवादी केन्द्र) जिल्ला समिति खोटाङ र दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानको आयोजनामा ‘३० औँ जनयुद्ध दिवस २०८१’ मनाइएको थियो।
पुनले जनयुद्धलाई ‘नेपाली जनताको आन्दोलन’ भन्दै त्यसबाट प्राप्त उपलब्धिहरू ५० वर्षसम्म कायम रहने दाबी गरे। उनले २०६२–६३ को जनआन्दोलन, अन्तरिम संविधान तथा संविधानसभाबाट जारी संविधानको जग जनयुद्धले तयार पारेको स्मरण गराउँदै यसको अस्वीकार अन्याय हुने टिप्पणी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पुनले नेपालमा जनवादी क्रान्तिको चरण पूरा भइसकेको बताउँदै अब समाजवादी क्रान्तिको आवश्यकता रहेको औंल्याए। ‘हामीले जनयुद्ध र जनआन्दोलनमार्फत नेपालमा जनवादी क्रान्तिको चरण सम्पन्न गरिसकेका छौं। अब आवश्यक पर्ने क्रान्ति समाजवादी हो, जो शान्तिपूर्ण हुनेछ,’ उनले भने।
पुनले समाजवादी क्रान्तिमार्फत देशको विकास र समस्याको समाधान गर्ने योजना माओवादी केन्द्रसँग मात्रै रहेको दाबी गर्दै यस अभियानमा जनताको साथ रहने विश्वास व्यक्त गरे।
विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गर्ने कार्यकर्ताहरूलाई स्वागत गर्दै पुनले पछिल्लो समय जनताको आकर्षण पुनः माओवादीप्रति बढ्दै गएको दाबी गरे।
उनले वामपन्थी शक्ति एकताको विषयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग वार्ता जारी रहेको जानकारी दिए।
साथै, आगामी २०८४ को निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्ने तयारीमा रहेको उल्लेख गर्दै उनले हालै सम्पन्न उपनिर्वाचनले माओवादीलाई देशको सबैभन्दा ठूलो शक्तिमा उक्लाउने संकेत दिएको बताए।
पुनले माओवादी केन्द्र सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई प्राथमिकता दिएको बताउँदै कांग्रेस र एमालेका नेताहरू उक्त अभियानबाट त्रसित भएर सरकार ढालेको आरोप लगाए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफू अर्थमन्त्री रहँदा भ्रष्टाचारविरुद्ध उठाएको कदमकै कारण सरकार ढालिएको दाबी गरे। सरकारबाट बाहिरिए पनि माओवादी पार्टी सुशासन र भ्रष्टाचारविरोधी मुद्दामा अडिग रहने पुनको भनाइ थियो।
कार्यक्रमका अवसरमा शहीद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग, जनमुक्ति सेना, पूर्णकालीन कार्यकर्ता, पोष्ट घरका घरमुलीलाई सम्मान गरिएको थियो। दिक्तेल बजारमा र्याली निकाल्दै सर्वसाधारणलाई लड्डु बाँडिएको थियो भने साँझ पार्टी कार्यालयमा दीपावलीसमेत गरिएको थियो।