यहाँका महिलाहरु पञ्चेबाजा बजाउन सक्ने भएका छन् । त्रियुगा नगरपालिका ११ स्थित झिगु नेवाः पुःचको आयोजनामा भएको ‘१ महिने पञ्चेबाजा तालिम’ बाट दर्जन बढी महिला बाजा बजाउन जान्ने भएका हुन् ।
गत पुस २७ देखि सुरु भई माघ २८ गतेसम्म सञ्चालित तालिममा त्रियुगा नगरपालिकाका १५ जना युवा महिलाहरु सहभागी भएको आयोजक नेवाः पुःच गाईघाटले जनाएको छ ।
बिहीबार गाईघाट लोकतान्त्रिक चोक (पिपल चोक)मा आयोजित एक कार्यक्रमका बिच तालिम समापन गरियो । समापन कार्यक्रममा प्रशिक्षार्थी महिलाहरूले पिपलचोकदेखि आयोजक झिगुः नेवाः पुःचको कार्यालय भवनसम्म पञ्चेबाजा बजाउँदै प्रदर्शन यात्रा गरे ।
त्रियुगा नगरप्रमुख वसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले तालिममा सहभागी महिलाहरूलाई प्रमाणपत्र प्रदान गरे । उपप्रमुख राईले चुला चौकामा सीमित महिलाहरूलाई यस्ता खाले गतिविधिले सामाजिक सशक्तीकरणमा बल पुग्नुका साथै संस्कार संस्कृतिको संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका पुग्ने बताइन् । यस वर्ष पञ्चेबाजा बनाउने आधारभूत तालिम मात्र सिकाइएको भन्दै आगामी वर्षदेखि उच्चस्तरीय तालिम सञ्चालन गर्ने उपमेयर राईको भनाई थियो ।