उदयपुर र खोटाङका केही पालिकामा पनि ‘जनयुद्ध दिवस’ बिदा
३० माघ २०८१
•
२ मिनेट पाठ
उदयपुर र खोटाङका केही पालिकामा पनि ‘जनयुद्ध दिवस’ बिदा
उदयपुरका लिमचुङबुङ र ताप्ली गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन्।




तत्कालीन नेकपा (माओवादी) द्वारा सुरु गरिएको सशस्त्र संघर्षको स्मरण गर्दै फागुन १ लाई ‘व्यवस्था परिवर्तनको जग’ मान्दै बिदा दिने निर्णय गरिएको गाउँपालिकाहरूले बताएका छन्।

लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष पुष्पलाल राईले संयुक्त रूपमा जारी गरेको सूचनामा इतिहासका विभिन्न कालखण्डमा जनताको त्याग, तपस्या र बलिदानबाट व्यवस्था परिवर्तन हुँदै आएको उल्लेख गरिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगस्वरूप रहेको जनयुद्ध दिवसलाई सम्मानस्वरूप हरेक वर्षझैँ बिदा दिइएको सूचनामा उल्लेख छ।

बिदाको दिन गाउँपालिकाभित्रका सबै सरकारी तथा अर्धसरकारी कार्यालय अत्यावश्यक सेवा बाहेक बन्द रहने जनाइएको छ।

यस्तै, ताप्ली गाउँपालिकाले पनि सोही आशयको सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ।

गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले जारी गरेको सूचनामा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्धको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यस क्रममा ज्यान गुमाएका सहिदहरूप्रति सम्मानस्वरूप बिदा दिइएको जनाइएको छ।

खोटाङका दुई गाउँपालिकामा पनि बिदा

खोटाङका जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाले पनि फागुन १ गतेलाई जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष अरुणा राई (दीक्षा) ले जारी गरेको सूचनामा २०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको स्मरणमा बिदा दिइएको उल्लेख छ। उनले मुलुकमा आमूल राजनीतिक परिवर्तनका लागि बलिदान दिने सहिदहरूप्रति सम्मानस्वरूप यो निर्णय गरिएको बताएकी छन्।

यस्तै, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई (मुक्ति) ले पनि सोही आशयको सूचना जारी गर्दै बिदा दिने घोषणा गरेका छन्। जन्तेढुङ्गाकी अध्यक्ष दीक्षा र खोटेहाङका अध्यक्ष मुक्ति तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालन गरिएको सशस्त्र संघर्षमा सहभागी नेताहरू हुन्।

जनयुद्ध दिवसबारे राजनीतिक मतभेद कायमै

माओवादीको नेतृत्वमा सञ्चालन गरिएको १० वर्षे (२०५२-०६२) जनयुद्धलाई नेकपा (एमाले) र नेपाली कांग्रेसले ‘जनयुद्ध’ भन्न रुचाउँदैनन्। तर, माओवादी पक्षले भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक व्यवस्था जनयुद्धकै उपलब्धि भएको दाबी गर्दै यसलाई विशेष महत्त्व दिँदै आएको छ।

हरेक वर्ष माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आए पनि यसको औपचारिक मान्यता भने विवादित रहँदै आएको छ।

गत वर्ष तत्कालीन दाहाल नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय रूपमा सार्वजनिक बिदा घोषणा गरेको थियो। तर, एमाले, कांग्रेसलगायत दलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले सो बिदा खारेज गरेको थियो।
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।




बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
यो पनि पढौँ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock २ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस