खोटाङ सदरमुकाम दिक्तेल बजारमा १५ दिने मिनी महोत्सव (मेला) आयोजना गरिँदैछ। स्थानीय नमूना स्पोर्ट्स क्लब लफ्याङको आयोजनामा आउँदो फागुन १ देखि १६ गतेसम्म ‘प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव ०८१’ लगाइने क्बले जनाएको छ।
पत्रकार सम्मेलनमार्फत क्लबले जानकारी गराए अनुसार दिक्तेल बजारको बेसक्याम्पस्थित जैपुरेडाँडामा लाग्ने मेला सशुल्क हुनेछ। जिल्लाभरीका स्थानीय कृषि उपज, घरेलु सामग्री, कपडा, बाँस, काठ तथा फलामका हस्तकलाका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री स्टल राखिने मेलामा गायन तथा लोक नृत्य, साहित्य तथा कथा कविता र विभिन्न खेलकुद पनि प्रस्तुत गरिनेछ।
खेलकुदलगायत केही विधामा भने प्रतिस्पर्धा गराई विजेतालाई विधागत उत्कृष्ट पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको आयोजक क्लबका सल्लाहकार तथा पूर्व अध्यक्ष काजीमान राईका अनुसार स्थानीय तथा राष्ट्रिय ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुतिसमेत रहने मेलामा खेलकुदतर्फ विजयी प्रतिस्पर्धालाई उत्कृष्ट खेलाडी पुरस्कार तथा उत्कृष्ट पत्रकारलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको छ।
मेलालाई आकर्षण थप्न रोटे पीङ, मिकी माउस, स्कारपीओ, जम्पिङ, तीरबोट, हात्ती–घोडा रेस, घडी चिठ्ठालगायत खेलहरू पनि सञ्चालन गर्ने तयारी आयोजकको छ। मेलामा जिल्ला बाहिरका व्यापारी, व्यवसायी तथा बहुराष्ट्रिय कम्पनीका उत्पादनलाई भने विक्री वितरण रप्रदर्शनीमा रोक लगाइने छ। स्थानीय उत्पादनको प्रवर्द्धन र वजारीकरणका लागि मल्टीनेश्नल कम्पनीका उत्पादन सामग्रीलाई मेलामा बन्देज गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।
कृषि, खेलकुद, मनोरञ्जनलगायत सबै पक्षलाई समेट्ने तर, स्थानीयलाई मात्र प्राथमिक्ता दिएर मेला बहुआयमिक बनाउने लक्ष्य लिइएको महोत्सव मूल आयोजक समिति संयोजक राजेन्द्र राईले बताएका छन्। उनका अनुसार १५ दिन लाग्ने मेलामा २ करोड बढीको व्यापार व्यवसाय हुने अनुमान गरिएको छ।
प्रत्येक दिन राष्ट्रिय कलाकारसहित स्थानीय प्रतिभाले प्रस्तुति दिने मेलामा चर्चित गायक राजेशपायल राई, चर्चित लोक तथा प्रगतिसिल गायक शम्भु राई, युवा गायिकाहरू एलिना चौहान, बविना किराती र भ्वाईस अफ नेपालमा खोटाङबाट प्रतिस्पर्धी रहेका गायक गायिकाहरूले कला प्रस्तुत गर्नेछन्। त्यसैगरी मेलामा हाँस्य कलाकारहरू दीपाश्री निरौला, लट्टे, मुना–मदन, बल्छी धुर्बेलगायत कलाकारलाई पनि प्रस्तुतिका लागि आमन्त्रण गरिएको आयोजक क्लबका अध्यक्ष सविन राईले बताएका छन्।