उदयपुर र खोटाङको सीमाना भएर बग्ने सुन नदीमा व्यवसायिक जलपर्यटनको सम्भावनालाई मूर्तरूप दिन र्याफ्टिङ प्रशिक्षण सम्पन्न भएको छ।
विश्वकै उत्कृष्ट ‘ह्वाइट वाटर र्याफ्टिङ’ गन्तव्यहरूमा गनिने यो नदीमा पर्यटन प्रवर्द्धनका लागि जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरले विशेष तालिम आयोजना गरेको हो।
यस नदीले उदयपुर, खोटाङ, ओखलढुंगा, र भोजपुरका विभिन्न स्थानीय तहलाई छोएको छ। उदयपुरको कटारी नगरपालिका- १४ स्थित घुर्मीदेखि खोटाङको हर्कपुरसम्म फैलिएको यस नदीले ताप्ली, लिमचुङबुङ, रौतामाई गाउँपालिका (उदयपुरतर्फ) र हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मझुवागढी नगर, दिप्रुङ चुईचुम्मा, खोटेहाङ गाउँपालिका (खोटाङतर्फ) जोड्छ।
त्यस्तै, भोजपुरको रामप्रसाद राई गाउँपालिका र खोटाङको बाराहपोखरी गाउँपालिकासम्म यसको विस्तार रहेको छ।
केही वर्षयता सुन नदीमा र्याफ्टिङ परीक्षण हुँदै आएको छ। त्रियुगा नगरपालिका-१४ को धाप्लाङघाटबाट चौदण्डीगढी-१ को वंशीलाघाट, रानीटार हुँदै बेलका-८ को चतारा कोठुसम्म र्याफ्टिङ सफलतापूर्वक परीक्षण भइसकेको छ। २०७५ सालमै रौतामाई गाउँपालिकाले फोक्सिन्टारदेखि धाप्लाङसम्म र्याफ्टिङ परीक्षण गरिसकेको थियो।
भर्खरै सम्पन्न प्रशिक्षण कार्यक्रम त्रियुगा नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको थियो। संघका अध्यक्ष डेबिडट बस्नेतका अनुसार त्रियुगा १४ र १५ का ९ जना युवालाई नदीमै लगेर व्यावसायिक र्याफ्टिङ तालिम दिइएको छ। प्रशिक्षार्थीमध्ये ७ जना १४ नम्बर वडा र २ जना १५ नम्बर वडा निवासी छन्।
प्रशिक्षण अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक अनुप गुरुङको टोलीले प्रदान गरेको थियो। वडाध्यक्ष हिमराज मगरका अनुसार पाँच दिनसम्म चलेको यो प्रशिक्षणबाट अब व्यावसायिक रूपमा र्याफ्टिङ सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ। सुरुमा त्रिशूलीमा प्रशिक्षण गराउने योजना भए पनि सुन नदी उपयुक्त भएकाले तालिम यहीँ सम्पन्न गरिएको संघले जनाएको छ।
तालिम लिएका युवाहरूले यो अवसरबाट आफूहरू अपेक्षाभन्दा बढी लाभान्वित भएको बताएका छन्। अब होटल संघ र पर्यटन व्यवसायीहरूसँग मिलेर जल पर्यटनमा भविष्य खोज्न सक्नेमा उनीहरू आशावादी छन्। विदेश जान लाखौँ खर्च गर्नुको सट्टा आफ्नै गाउँठाउँमा जल पर्यटन व्यवसाय सञ्चालन गर्न पाउनु सुखद अवसर भएको उनीहरूको भनाइ छ।
स्थानीय स्रोतसाधनको प्रयोग गर्दै सुन नदीमा जल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित गरिएको यो प्रयासले भविष्यमा उदयपुरलाई जल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गर्ने विश्वास गरिएको छ।