उदयपुरको मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डअन्तर्गत जोगीटोल जंगल क्षेत्रमा मङ्गलबार एक पुरुषको शव फेला परेको छ।
मृतक उदयपुरगढी गाउँपालिका–७ घलेडाँडाका ४३ वर्षीय नयन्द्र घले रहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले बिहान करिब १० बजे लोकमार्गको कल्भर्ट छेउमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रत्यक्षदर्शी होम बस्नेतका अनुसार घलेलाई कल्भर्टमुनि घोप्टो परेको अवस्थामा फेला पारिएको थियो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले डिएसपी राजन चापागाईंको नेतृत्वमा अनुसन्धान टोली खटाइएको जानकारी दिए।
साथै, थप अनुसन्धानका लागि धरानस्थित प्रदेश सङ्घीय प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ।
यसबीच, मृतकका आफन्तजनले शव उठाउन नमानेका कारण घटनास्थललाई अहिले पनि सिल गरिएको छ। घटनाको कारणबारे हालसम्म कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको प्रहरीले जनाएको छ।
एसपी योगीले पोष्टमार्टम र अनुसन्धानपछि मात्रै घटनाबारे स्पष्ट विवरण दिन सकिने बताए। शवलाई जिल्ला अस्पताल पुर्याएर पोष्टमार्टम गर्न प्रयास भइरहेको छ।