त्रियुगामा नेपालकै पहिलो ‘हिलस्टेशन’ निर्माण सुरु
१२ माघ २०८१
•
३ मिनेट पाठ
त्रियुगामा नेपालकै पहिलो ‘हिलस्टेशन’ निर्माण सुरु
नेपालको पहिलो ‘हिलस्टेशन’ निर्माणको कार्य उदयपुरको त्रियुगा नगरपालिकामा सुरु भएको छ। यो परियोजना प्राकृतिक सौन्दर्यलाई पर्यटन विकाससँग जोड्ने उद्देश्यले त्रियुगा नगरपालिका-१४, १५, र १६ नम्बर वडामा विस्तार हुनेछ।




पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको कार्यकालमा बजेट सुनिश्चित भएपछि यो बहुवर्षीय योजना सुरु भएको हो। शुक्रबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद किरातीले हिलस्टेशनको शिलान्यास गर्दै योजनाको औपचारिक शुभारम्भ गरे।

कार्यक्रममा पूर्वमन्त्री किरातीले सातवटा हिलस्टेशन निर्माण गर्ने सरकारको योजनाअन्तर्गत पहिलो हिलस्टेशन उदयपुरमा सुरु गरिएको बताए। ‍‘यो परियोजनाका लागि चार करोड बजेट छुट्याइएको छ। निर्माण कार्य सुरु भएकोमा निकै खुसी छु,‍’ उनले भने।

नेता किरातीले आफ्नो निर्वाचन क्षेत्र भोजपुरको टेम्केमा हिलस्टेशन बनाउने योजना रहे पनि उदयपुरका नेताहरूको आग्रहमा योजना यहाँ स्वीकृत गरिएको स्मरण गरे। भारतमा ब्रिटिस साम्राज्यकालमा सुरु भएको हिलस्टेशन अवधारणालाई नेपालमा पहिलो पटक लागू गरिएको उनले बताए।

‘तराई र भावरका सहर बजारका मानिसलाई गर्मी छल्न, चिसो हावापानीमा रमाउन, बस्न, खेल्न र घुमफिर गर्न सबै सुविधा उपलब्ध गराउने ठाउँ नै हिलस्टेशन हो। यो अवधारणा नेपालमा पहिलो पटक ल्याइएको र सुरुमै योजना पार्ने तपाईंहरु (उदयपुरवासी)  भाग्यमानी पर्नुभयो,‍’ किरातीले भने।

निर्माण कार्यमा स्थानीय सरकारलाई आवश्यक सहयोग र समुदायलाई खबरदारी गर्न आग्रह गर्दै कामको गुणस्तरमा सम्झौता नहुने उनले स्पष्ट पारे। स्थानीय सिद्धवति देवीस्थान परिसरमा आयोजित कार्यक्रममा घुसखोरलाई कारबाही गर्ने पृथ्वीनारायण शाह र जङ्गबहादुर राणाको भनाई उद्धृत गर्दै किरातीले भने ‘ठेकेदारले काम राम्रो गर्नुहोला, देवीथानको अगाडि उभिएर भन्दै छु, हामीलाई एक पैसा चाहिँदैन तर, यताउता गर्न पाइन्न। घुस कमिसन दिए/लिएर काम नराम्रो भए देवीले भस्म पार्लान्।’ 

त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले हिलस्टेशनले नगरका तीन वडा मात्र होइन, समग्र त्रियुगालाई फाइदा पुग्ने बताए। ‘स्थानीय सरकार संघ र प्रदेश सरकारसँग समन्वय गर्दै विकास कार्य अघि बढाउन तयार छ,’  बस्नेतले भने।

यसैगरी, माओवादी जिल्ला सचिव किरण राईले लामो प्रयासपछि बजेट सुनिश्चित गर्न सफल भएको स्मरण गर्दै यस परियोजनाले स्थानीय जीवनस्तर उकास्ने र पर्यटन विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।

हिलस्टेशन १४ र १५ नम्बर वडाको सिमानामा पर्ने बैथुम्की डाँडामा केन्द्रित हुनेछ। त्रियुगा-१६ का वडाध्यक्ष मानबहादुर राईका अनुसार यस योजनाले क्षेत्रका ऐतिहासिक, पर्यटकीय, र धार्मिकस्थलको संरक्षण तथा प्रवर्द्धन गर्नेछ।

निर्माणका लागि संघीय सरकारको पर्यटन विभागले चालु वर्षमा ३ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ। निर्माणको जिम्मा ‘धर्तिमाता बिकेरकालिका जेभी, बालाजु काठमाडौं’ कम्पनीले लिएको छ।

परियोजनाका लागि सरकारी तथा निजी जमिनको व्यवस्थापन, खानेपानी, विद्युत्, र सडक निर्माणमा स्थानीय तहले अग्रसरता लिनेछ। संघ तथा प्रदेश सरकारले पार्क, पिकनिक स्पट, पदमार्ग, र साना सडक निर्माण गर्नेछन्। निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, बन्जी जम्प, साइकल ट्रेल, र मनोरञ्जनमूलक खेलकुदमा लगानी गर्ने योजना छ।

त्रियुगाको बैथुम्की डाँडालाई प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्रका रूपमा चित्रण गरिएको छ। स्थानीय शिक्षक कुमार राईका अनुसार घना जङ्गलले घेरिएको यो ठाउँ चारैतिर हरियाली र कुहिरोले ढाकिने सुन्दर वातावरणका कारण पर्यटकको रोजाइमा पर्ने विश्वास छ।

‘बैथुम्का हिलस्टेशनको निर्माणले यो ठाउँ धार्मिक, ऐतिहासिक, र पर्यटकीय गन्तव्यका रूपमा उचाइमा पुग्नेछ,’ वडाध्यक्ष हिमराज मगरले भने।

यस परियोजनाले उदयपुरलाई मात्र नभई समग्र देशकै पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
अर्को समाचार
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
१ घण्टा अघि
•
० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।




बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।

प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।



सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।

उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।

एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
यो पनि पढौँ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस