बालविवाहको आरोपमा खोटाङमा एक युवकसहित २ जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई ललाईफकाई बिहे गरेको आरोपमा सदरमुकाम दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका १२ जालपाका २८ वर्षीय रमेश राई र कमला राई पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आफन्तको घर हिँडेकी बालिकालाई बाटैमा ललाई फकाई बिहे गरेको आरोपमा राई पक्राउ परेका हुन् । सोही ठेगानाकी कमलालाई भने बालिका बिहे गराउन प्रोत्साहन गरेको आरोपमा पक्राउ गरिएको प्रहरी भनाई छ ।
घटना पुस ८ गतेको भए पनि रमेश १२ गते र कमला १३ गते पक्राउ परेका हुन् । बाल विवाह गरेको जानकारी पाएपछि प्रहरीले खोजी गर्ने क्रममा फरक फरक समय र ठाउँबाट उनीहरुलाई पक्रेको हो । पक्राउ दुवैमाथि बालविवाह सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी आइतबार अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरूको पक्राउसँगै कक्षा ८ मा पढ्ने बालिकालाई रमेशको घरबाट उद्धार गरी जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । पुस ८ गते रमेशको घर फु¥याइएकी बालिकालाई ९ गते किरात संस्कार अनुसार भित्र्याएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।
‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद ११, विवाह सम्बन्धी कसुरमा बालविवाह गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद तथा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । संहिताले २० वर्षभन्दा कम उमेरमा गरेको बिहे स्वतः रद्द हुने व्यवस्था पनि गरेको छ ।
गाउँघरमा गुपचुप सकिइसकेको बिहेको घटना नगरपालिकाद्वारा आयोजित तालिमपछि उजागर भएको खुलेको छ । नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले मङ्सिर १४ र १५ गते जालपामै ‘बालविवाह न्यूनीकरण सम्बन्धी क्षमता विकास तालिम’ सञ्चालन गरेको थियो । सो तालिमकै प्रभावले गाउँमा भएको बालविवाहबारे प्रहरीलाई स्थानीयले जानकारी दिएपछि घटना सार्वजनिक भएको बताइएको छ ।