उदयपुरमा अघिल्लो दिन ट्रक दुर्घटनामा परी घाइते सहचालकको निधन भएको छ। जिल्लाको उदयपुर गढी गाउँपालिका ७ अधेरी झर्ना नजिकै दुर्घटनामा परेको मिनी ट्रकमा सहचालक इटहरी उपमहानगरपालिका २ का २४ वर्षीय सुदिप राई घाइते भएका थिए।
प्रदेश ०१–००६ ख ५७४९ नम्बरको ट्रक घुम्ती सडकको ओरालोमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो। गम्भीर घाइते सहचालक राईको उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारकै क्रममा राति निधन भएको प्रहरीले जनाएको छ।
ट्रक काठमाण्डौंदेखि सुनसरीतर्फ जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेर क्षतविक्षत भएको ट्रक घटनास्थलमै रहेको छ। चालक इटहरी उपमहानगरकै विज्ञान तामाङ प्रहरी नियन्त्रणमा छन्। मृतकका शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमै राखेर आफन्तलाई बोलाइएको प्रहरीले जनाएको छ।