खोटाङको किरात ऐतिहासिक स्थल केपिलासगढीको संरक्षण र संवर्द्धनमा गाउँपालिका लागेको छ। १८३० सालसम्म किराँती राजा निगुहाङले शासन गरेको प्रमाण भेटिएको सो गढी तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा अमरसिंह थापा नेतृत्वको सैन्य टोलीले कब्जा गरेको इतिहास छ।
जिल्लाकै ऐतिहासिक, पुरातात्त्विक तथा अथाह पर्यटकीय सम्भावना बोकेको गढीलाई संरक्षण गर्दै पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिका योजनाबद्धरुपमा लागेको जनाएको छ। त्यसको सुरुवात गाउँ कार्यपालिकाको पछिल्लो बैठक भर्खरै केपिलाशगढी दरबार क्षेत्रमा बसेको छ।
केपिलासगढीको विषयमा धेरैजसो जनप्रतिनिधि अनजान रहेकाले पनि ठाउँ देखाउँदै संरक्षण, संवर्द्धन तथा पर्यटन प्रवर्द्धन सुरुवातस्वरुप पहिलो पटक बैठक राखिएको गाउँपालिका अध्यक्ष समीर राईले बताए। ‘यो ठाउँ अत्यन्त ऐतिहासिक, पुरातात्त्विक तथा सामरिक महत्वको छ, खास गरी किरात ऐतिहासिक’ अध्यक्ष राईले भने ‘त्यसैले यसलाई गाउँपालिकाकै प्रमुख पर्यटन स्थल बनाउने उद्देश्यले पहिलो पटक यहाँ बैठक बस्यौँ, अव नियमित बैठक यहीँ राख्नेछौँ।’
बैठक लगत्तै केपिलासगढी दरबार क्षेत्रमा पुरातत्त्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाले विभिन्न जातको गुराँसका बिरुवा रोप्ने काम यसअघि नै सुरु भईसकेको छ । गढी दरबार क्षेत्रमा सिमेन्टको कङ्क्रिट प्रयोग नगरी स्थानीय ढुङ्गा माटो र काठपातको प्रयोगबाट संरचना निर्माण गर्दै प्रकृतिको संरक्षण गर्ने गाउँपालिकाले निर्णय गरेको छ ।