उदयपुरगढीको पर्यटन प्रवर्धनमा फोनिजको चासो
२८ साउन २०८१
•
४ मिनेट पाठ
उदयपुरगढीको पर्यटन प्रवर्धनमा फोनिजको चासो
भेलाका क्रममा पुरानो उदयपुरगढी अवलोकन गर्दै फोनिजकर्मी । तस्विरः महेश्वर चामलिङ राई/नागरिक
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले उदयपुरगढीको पर्यटन विकासमा चासो लिएको छ । २५ औँ स्थापना दिवसको अवसर पारेर आयोजित फोनिज १ नं. प्रदेश भेलाले सोमबार ‘उदयपुरगढी घोषणापत्र ०८१’ जारी गर्दै त्यहाँको पर्यटन प्रवर्धनबारे चासो लिएको हो ।  




आईतबार सुरु भेला विभिन्न १२ बुँदे ‘उदयुरगढी घोषणापत्र’ जारी गर्दै सोमबार सम्पन्न भएको हो । घोषणापत्रमा फोनिजले उदयपुरगढी गाउँपालिका केन्द्रनजिकै निर्माणको अन्तिम चरणमा पुगेको पुरानो गढीसम्म जाने सडक स्तरोन्नति गर्न, थप पर्यटनमैत्री संरचनाहरु निर्माण र व्यवस्थापन गर्न सुझाएको छ । गढीको ऐतिहासिक, पुरातात्विक, धार्मिक र सामरिक महत्वको संरक्षण र संवर्द्धन गर्दै आकर्षक पर्यटकीयस्थल निर्माण गर्न सकिने प्रचुर संभावना भएको भन्दै त्यसका लागि गाउँपालिकाले ठोस कदम चाल्नुपर्ने भेलाले निष्कर्ष निकालेको छ ।  

गाउँपालिका केन्द्रस्थल गढी र आसपासमा रहेका पञ्चावती मन्दिर, भ्युटावर, टुडीकेल, भूगोलपार्क, परेवा झर्ना, काभ्रेपोखरी, चुरुम्फा भ्युटावरक्षेत्र, राधाजी मन्दिर, छेलो भन्ज्याङ जिल्लाकै प्रमुख पर्यटकीयस्थलहरु रहेको भन्दै तिनीहरुको संरक्षण, संवर्द्धन र विकास गर्न गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ । घोषणापत्रमा पर्यटन प्रवर्धनको माध्यमबाट गाउँपालिका आर्थिक, सांस्कृतिक, पुरातात्विन र सामाजिक रुपमा पनि समृद्ध हुने भएकाले यसको विकास, प्रवर्धन र आवश्यक प्रचारप्रसार गर्न भेलाले माग गरेको छ ।  

घोषणापत्रमा सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष भएको पुष्टि भईसकेको भन्दै उनैलाई आधिकारिक संस्थापक मान्न केन्द्र नेतृत्वको ध्यानाकर्षण गराइएको छ । आदिवासी जनजाति पृष्ठभूमिका श्रेष्ठ संस्थापक अध्यक्ष हुँदाहुँदै अरुलाई संस्थापक मान्नु तमाम आदिवासीप्रति अपहेलना भएको ठहर घोषणापत्रमा गरिएको छ ।  

भेलाले समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था अनुरुप सञ्चार ऐन, नीति तथा नियमावलीहरुमा सोही अनुसारको प्रतिनिधित्व सुनिश्चिन गर्दै सोही अनुरुपको समावेशी सञ्चार नीतिको व्यवहारिक कार्यान्वयन गर्न पनि राज्यको ध्यानाकषंण गराएको छ । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक प्रदेका सबै श्रमजिवी पत्रकारलाई कार्यान्वयन गर्न तथा पत्रपत्रिकालाई व्वस्थित बनाउन आर्थिक सहुलियत दिलाउन तीनैतहका सरकारसमक्ष माग घोषणापत्रमा गरिएको छ ।  

त्यसैगरी प्रदेशमा मातृ (राष्ट्र) भाषामा प्रकाशित प्रशारित सञ्चार माध्यामको विकास र प्रवर्धन गर्दै निरन्तरताका लागि आर्थिक सशक्तिकरण र वृत्ति विकासमा ध्यान दिन स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष माग गरिएको छ ।  

पत्रकारितामा कृयाशिल आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, दलित, अपाङ्गता, महिला र पिछडा वर्गका पत्रकारको दक्षता बढाउन तालिम तथा लेखनवृत्ति उपलब्ध गराउन पनि भेलाले माग गरेको छ । राज्यले वितरण गर्दै आएको लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापन सानो लगानीका सञ्चारमाध्यामलाई भेदभाव नगर्न घोषणापत्रमा माग गरिएको छ ।  

प्रदेश १ को पहिचानी आन्दोलनमा ०७९ चैत ५ गते प्रहरी आक्रमणमा घाईते भई चैत १० गते उपचारको क्रममा निधन भएका लाजेहाङ (पदम लिम्बू)प्रति उच्च सम्मान व्यक्त गर्दै प्रदेशको नाम ‘किरात लिम्बूवान’ वा ‘लिम्बूवान किरात’ राख्न जवारी पुनः नामकरण आन्दोलनप्रति भेलाले ऐक्यबद्धता जनाएको छ ।  

भेलामा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री नारायण बुर्जाले फोनिजले आदिवासी जनजाति पत्रकारको हकहितमा उठाईरहेको माग जायज रहेको र पहिचानको आन्दोलनलाई दिँदै आएको साथ र सहयोग उदाहरणीय रहेको बताए । मुलुकको सुशासन, समृद्धि र विकासका लागि पत्रकारहरुले निस्पक्ष र निर्भिक भएर कलम चलाउन आग्र गर्दै पूर्वमन्त्री मगरले राम्रा र जनपक्षीय मागहरु राज्यले संबोधन गर्नुपर्ने बताए । मगरले पहिचानको आन्दोलनमा फोनिजले खेलेको भूमिका हिजो र आज रामोभ एको भन्दै भोलि पनि अझ राम्रो र जनपक्षीय हुनेमा आफु विश्वस्त रहेको बताए ।  

गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले उदयपुरगढीमा प्रदेशभरीका पत्रकार जमघट गराएकोमा फोनिज प्रदेश समितिलाई धन्यबाद दिँदै यो भेला उदयपुरगढीको पर्यटन प्रवर्धनका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरे । प्रदेशका १४ वटा जिल्लाका अगुवा पत्रकारहरुको भेलाले उदयपुरगढीको पर्यटन विकासमा छलाङ मार्ने संभावना रहेको भन्दै उपाध्यक्ष खड्काको भनाइ थियो। 

निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले फोनिज भेलाद्वारा पारित घोषणापत्रमा उल्लेख भए अनुसार गाउँपालिकाले पर्यटन प्रवर्धन, पूर्वाधार संरचना निर्माण र सडक स्तरोन्नतिको कार्य अघि बढाउने प्रतिबद्धता जनाए । 

भेलापछि फोनिजकर्मीहरुको टोलीलाई उपाध्यक्ष खड्का र प्रवक्ता सहेक विश्वकर्माले पुनर्संंरचना हुँदै गरेको पुरानो उदयपुरगढी, टुँडीखेल, भ्युटावर, निर्माणाधीन प्रशासनिक भवन र अस्पताल भवन, पञ्चावती मन्दिर र आसपासका महत्वपूर्ण पर्यटकीय, ऐतिहासिक र धार्मिकस्थलहरुको अवलोकन भ्रमण गराएका थिए । 
अर्को समाचार
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
७ मिनेट अघि
•
१ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ। सो सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्।




कीर्तिपुर नगरपालिका–६ मा रहेको सवस्टेशनमा थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन जोडिएको छ।

सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका नौ वटा फिडर लाइनको व्यवस्था गरिएको छ।

तीमध्ये तीन वटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छ वटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन्। फिडरलाई क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आज सबस्टेसनको अनुगमन गरी ११ केभी फिडर तत्काल चार्ज गरेर विद्युत् भार स्थानान्तरणको प्रक्रिया अघि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिए।

कार्यकारी निर्देशक श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्ने बताए।

हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले विद्युत् भार स्थानान्तरणको काम तत्काल सम्पन्न गर्न निर्देशन दिए।

चोभार सबस्टेसन सञ्चालनमा आएसँगै स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनबाट आपूर्ति हुँदै आएको विद्युत् भारको केही हिस्सा चोभार सबस्टेसनमा स्थानान्तरण गरिनेछ।

यसबाट विद्यमान सबस्टेसनको भार व्यवस्थापनमा सहयोग पुग्नुका साथै काठमाडौं उपत्यकाको समग्र विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङ्मती, हरिसिद्धि र लामाटार क्षेत्रमा प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण काम अघि बढाउन कठिनाइ भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो।

चोभार सबस्टेसनदेखि पाटनसम्म करिब चार दशमलव पाँच किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।

पाटनमा १३२ केभी सबस्टेसन निर्माणको काम जारी छ। यी संरचना निर्माण सम्पन्न भएपछि काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुनेछ।

चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो।

मन्त्रिपरिषद्को २०७८ माघ १७ को बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।

एसियाली विकास बैंक (एडिबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो। 
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
यो पनि पढौँ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस