उदयपुरमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १ जना मुद्धाका फरार तथा २ जना लागूऔषध कारोबारमा संलग्नहरु रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार डेढवर्ष अघिदेखि फरार रहेका प्रतिवादी त्रियुगा नगरपालिका- ३ मोतिगडाका २८ वर्षीय निशान ठकुरी पक्राउ परेका हुन्। ठकुरी जिल्ला अदालत उदयपुरको २०८० असार ११ गतेको फैसला अनुसार दुई महिना एक दिन कैद र तीन हजार जरिवाना तोकिएको भए पनि फरार रहेका थिए।
यस्तै, इलाका प्रहरी कार्यालय बेलटारको टोलीले पनि मंगलबार नै औषधि व्यवसायी अशोक यादवलाई पक्राउ गरेको छ। यहीँ साउन १० गते इप्रका बेलटारका टोलीले सवारी चेकजाँचको क्रममा लागूऔषध ट्रामानिल ६ सय ट्याब्लेट तथा कोलिवान ६ सय ट्याब्लेटसहित पक्राउ परेका शेखर तामाङ र सुष्मा राईको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईका अनुसार तामाङ र राईले प्रतिबन्धित लागूऔषध यादवले सञ्चालन गरेको सप्तरीको फत्तेपुरस्थित औषधि पसलबाट खरिद गरेको बयान दिएका थिए। उनीहरुको बयानका अधारमा सप्तरी सप्तकोशी नगरपालिका- १ फत्तेपुर बसपार्क छेउको आफ्नै औषधि पसलबाट यादवलाई पक्राउ गरिएको हो।
पक्राउ गर्नुअघि जिल्ला अदालत उदयपुरबाट साउन १७ गते पक्राउ अनुमति लिइएको पनि प्रहरीले जनाउको छ। फत्तेपुरमा औषधि व्यवसाय गर्दै आएका यादव सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थायी ठेगाना रहेको डिएसपी चापागाईले जानकारी दिए।
यता लागूऔषध सदरमुकाम भित्र्याउँदै गरेका त्रियुगा नगरपालिका- ९ बगाहाका २७ वर्षीय पञ्कज बस्नेत पनि प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका छन्। उदयपुृर र सप्तरी सीमास्थल लालपत्ता भएर गाईघाट आउँदै गरेका बस्नेतलाई लालपत्तामा सवारी चेकजाँच गर्दा स्कुटरको एयर फिल्टरमा लुकाएर ल्याएको ९० एम्पुल लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो।
प्रदेश २–०१–००१ प २२ नं. को स्कुटरमा सवार बस्नेतको साथबाट प्रोमिथाजाईन हाईड्रोक्लोराईड ३० एम्पुल, ब्रोप्रिनोरफाइड २५ र डाइजेपाम ३० एम्पुल प्रतिबन्धित लागूऔषध फेला परेको छ। उनीबाट प्रोनिक्स स्पास १६ ट्याबलेट, नाईट्राभेट २८ ट्याबलेट, १ थान मोबाईल र स्कुटर पनि बरामद गरिएको डिएसपी चापागाईले बताए।
पक्राउ सबैलाई कारबाही प्रक्रिया अघि बढाइएको छ। फरार ठकुरीलाई बुधबार नै फैसला कार्यान्वयन गर्न जिल्ला अदालतको जिम्मा लगाइएको छ । त्यसैगरी लागूऔषध अभियुक्तहरु दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।