नयाँ वर्षसँगै पूर्वमा सिरुवा पर्व सुरु
०१ वैशाख २०८१
•
२ मिनेट पाठ
नयाँ वर्षसँगै पूर्वमा सिरुवा पर्व सुरु
झापा नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा सुरु भएको छ।




पूर्वी तराईमा बस्दै आएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझी लगायतका आदिवासी कोच समुदायले आजदेखि तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदै आएका छन्।

विशेष पर्वका रूपमा मनाउँदै आएको यस सिरुवाअन्तर्गत आज नयाँ वर्षको पहिलो दिन जल (पानी) सिरुवा मनाउने गरिन्छ।

२ गते काद सिरुवा र ३ गते रङ सिरुवा खेलेर एक आपसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिक रूपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगञ्जका पुराना पत्रकार आत्माराम राजवंशी बताउँछन्।

उनका अनुसार चैत मसान्तमा विभिन्न प्रकारका सात वटा सागसब्जी मिसाएर पकाएको पक्वान वैशाख १ गते खाने प्रचलन छ।

अन्य मीठामीठा परिकारसमेत खाने गरिन्छ। सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, बिसहरी, काली देवीदेवताको पुजा गर्ने चलन छ। पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान गरिने उनले बताए।

सिरूवा विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै आदिवासी सामुदायको परम्परागतगत ढोलसना नाच, नटुवा नाच, घाटोसरी गीत र आधुनिक गीत लगायत विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिआएको पाइन्छ।

सिरूवा उत्सवसँगै रङ खेल्ने कार्यक्रम रहेको छ। पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामूहिकरुपमा खेल्ने गाजीमुरी (चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने चलन रहेको छ।

नयाँ वर्ष आउनु चारपाँच दिन पहिलेदेखि एउटा शुद्ध भाँडोमा साजीको मूर्ति राखेर घरघरमा मागी हिँड्ने (भादाखेली) अनि बङ्गला पात्रो अनुसार वैशाख १ गतेका दिन नदीमा पूजा गरी सेलाउने चलन छ। यो साजी देउताको पूजा महिलाले मात्र गर्ने चलन छ।

सिरुवाको दिनादेखि झापाको कमल–६ स्थित जिम्दार चोकको मन्दिर, मोरङको रतुवामाई नगरपालिकाको सुनवर्षीलगायतका आदिवासी बाहुल बस्तीमा परम्परागत सांस्कृतिक मेला लाग्दै आएका छन्।
अर्को समाचार
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
१ मिनेट अघि
•
१ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरा। पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ। अपाङ्गता भएका व्यक्तिको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका विषयमा राष्ट्रिय संवाद गर्ने उद्देश्यले पोखरामा समिट हुन लागेको हो।




आइतबार र सोमबारसम्म हुने समिटले अपाङ्गता भएकाहरूको पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका बारेमा पोखरा घोषणा पत्र जारी गर्ने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

दिशा फाउन्डेसनको आयोजना तथा काठमाडौं विश्वविद्यालय र अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको सहकार्यमा हुने समिटमा समिटमा १० देशका सरोकारवालाहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

त्यस्तै, नेपालका ६० भन्दा बढी जिल्लाबाट प्रतिनिधित्व हुने पनि जनाइएको छ। जसमा सरकारी निकाय, अपाङ्गता भएका व्यक्तिका संस्था, नागरिक समाज, विकास साझेदार, शिक्षाविद्, अनुसन्धानकर्ता, निजी क्षेत्र, प्राविधिक तथा डिजाइन विज्ञ, युवा र बालबालिकाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

समिटमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालसहित अपाङ्गताको क्षेत्रमा क्रियाशील ५० भन्दा बढी संघसंस्था तथा सरोकारवाला सञ्जाल सहआयोजकका रूपमा रहने समिटका संयोजक रमेश बरालले जानकारी दिए।

समिटमा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, पर्यटन, मानसिक स्वास्थ्य, पहुँचयुक्त निर्माण तथा डिजाइन, पुनःस्थापना सेवा, सूचना प्रविधि तथा सञ्चार, सामाजिक सुरक्षा र बाल सहभागितालगायत विषयमा छलफल हुने उनले बताए।

नेपालले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनसीआरपीडी) अनुमोदन गरेको १५ वर्ष बितिसक्दा पनि अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न क्षेत्रमा पहुँचसम्बन्धी अवरोध भोगिरहेकाले सो अवस्थालाई सम्बोधन गर्न समिट आयोजना गरिएको समिटका सहसंयोजक रमेश पोखरेलले बताए।

समिटपछि जारी गरिने घोषणा पत्रमा अपाङ्गता भएकाहरूले पहुँचयुक्तता, समावेशीकरण र समान अवसरमा भोगिरहेका समस्यालाई उजागर गर्दै त्यसको स्थायी समाधानका लागि गर्नुपर्ने कामहरू औँल्याउने पोखरेलले बताए।

सम्मेलन, गोष्ठीपछि जारी घोषणा पत्र दराजमा थन्किने र पीडितले पीडा भोगिरहनुपर्ने वर्तमान अवस्थाको अन्त्य गर्ने गरी घोषणा पत्र जारी हुने बताउँदै उनले भने,‘यो विगतको जस्तो कागजको खोस्टामा परिणत हुँदैन, बरु दुई वर्षे कार्यान्वयन योजनासहितको घोषणापत्र आउनेछ।’

उनले घोषणापत्रमा उल्लेख भएअनुसारको कार्ययोजना कार्यान्वयन गराउन टास्क ग्रुप नै बनाइने बताए। जसले कार्यान्वयनका लागि पहलकदमीदेखि कार्यान्वयनमा देखिएका समस्या उजागर गर्नेदेखि खबरदारी गर्ने सम्मका काम गर्ने उनको प्रस्टोक्ति छ।

समिटका अर्का सहसंयोजक अञ्जना केसीले समिट परिवर्तनको संवाहक बनेर आउने विश्वास व्यक्त गरिन्। ‘यसअघिका घोषणा पत्र दराजमा थन्किए होलान्’,उनले भनिन्,‘तर आशा छ यो घोषणा पत्र अपाङ्गता भएकाहरूका लागि पहुँचयुक्तता, समावेशीकरण र समान अवसरका लागि कोशेढुंगा साबित हुनेछ।’
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
यो पनि पढौँ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस