रोजगारीको सिलसिलामा भारतमा रहेका जिल्लाको दशरथचन्द नगरपालिका– १ श्रीखण्ड घर भएका ४५ वर्षीय देवदत्त भट्टको भारतकाे चण्डीगढमा मृत्यु भएको एमालेका वडा कमिटी अध्यक्ष मदनसिंह भाटले बताए।
करीब ६ महिनाअघि रोजगारीका लागि भारत गएका भट्टको शुक्रबार मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन्।
नेपाल प्रहरीको हबलदार पदबाट सेवा निवृत भएपछि भट्ट रोजगारीका लागि भारत गएका थिए। मृतक भट्टको घरमा श्रीमती,दुई छोरी र एक छोरा छन्।
यति बेला जताततै चर्को घाम छ। देशका विभिन्न सामुदायिक वनहरुमा रातदिन आगो दन्किरहेको छ।
तुवाँलोले आकाश धुम्म भएको छ। वनबाट लागेको आगो बस्तीमा सल्किँदा घरहरु ध्वस्त बनिरहेका छन्। हावाले आगो बस्तीभरि फैलिदाँ यतिबेला हरेक जिल्लाका गाउँहरु नै सखाप हुन थालेका छन्। वन विनाशले पानीका मुहान सुकेपछि खोलामा खडेरी परेको छ।
आगो लगाए राम्रो घाँस पलाउँछ भन्ने अन्धविश्वासले आगलागीका घटना अहिले देशभर बढ्दै गएका छन्। मध्यपहाडी र पहाडी जिल्लामा डढेलोले आक्रान्त बनाइरहेको बेला तराईका जिल्लाहरुमा पनि आगलागीले ठूलो क्षति व्यहोर्नु परेको छ।
विशेष गरेर तराईमा अधिकांश झुरुप्प परेको बस्ती त्यसमाथि फुसले छाएको घर भएकाले छिनभरमै ठूलो क्षति हुने गरेको छ। यति सम्म हुदाँ पनि आगोको रापले देशको वन क्षेत्र मात्रै होइन्। कतिपय गाउँ बस्ती नै ध्वस्त भएका छन्।
यति हुँदासम्म पनि सरोकारवाला निकायहरुको कुनै पहल देखिदैन्। बैतडीमा मात्रै वैशाख २३ गतेसम्मको डाटा हेर्ने हो,भने १०९ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। भने १२६९ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ। यस्तै आगलागी घटनामा परी ३ जना घाइते छन्। २ करोड रुपैयाँको आर्थिक क्षति समेत भएको छ।
साथै २ वटा घरगोठ जलेका छन्। बैतडीमा ३७२ वटा समुदायिक वन छन्। तीमध्ये सल्लाको वन बढी भएका क्षेत्र दसवटै पालिकाका अधिकांश सामुदायिक वनमा बर्सेनि आगलागीका घटना हुने गरेका छन्।
खोटे सल्लाको वन क्षेत्र भएका यी ठाउँमा आगलागी हुँदा पानीका मुहान सुकेपछि यहाँ खडेरी हुने गरेको छ। गर्मीयाममा सल्ली पिरोला झर्दा खोटे सल्लो भएका वन क्षेत्रमा बढी आगो लाग्ने गरेको छ। राम्रो घाँस उम्रिन्छ भन्ने अन्धविश्वासका कारण आगो लगाउने प्रवृत्तिले पनि आगलागीका घटना बढेको पाइएको छ। आगलागीले वन जङ्गलमा भएका ससाना बोटबिरुवा जलेर खरानी भएका त्यहाँका स्थानीयहरु बताउँछन्।
जिल्लामा एक डिभिजन वन कार्यालय र १० वटा स्थानीय तह हेर्ने गरेर पाँच वटा सब डिभिजन वन कार्यालय भए पनि वर्षौंदेखि वन अधिकृतको दरबन्दी खाली रहेको डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले जानकारी दिए।
सबडिभिजन वन कार्यालयहरुमा वन अधिकृत नभएपछि समस्या भएको यादवले बताए। जति सम्झाउँदा पनि स्थानीयले आगो लगाउन नछाडेको र यसबारे सरोकारवालाहरुले पनि चासो नदिएको उनी बताउँछन्।
डिभिजन वन कार्यालयसहित मातहतका पाँच वटा सब वन डिभिजनमा ४४ जना कर्मचारीको दरबन्दी भए पनि सात जना वन अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त रहेको उनको भनाइ छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...