उदयपुर – गर्मी र हावाहुरी चल्न थालेसँगै उदयपुरमा डढेलो लाग्न सुरु भएको छ। यसै क्रममा शनिबार साँझ लागेको डढेलोले एक सामुदायिक वन उपभोक्ता समूहको १७ हेक्टर हाराहारी जंगल सखाप भएको छ। डढेलोले मानवीय क्षति केही नभए पनि हजारौं संख्याका बोटबिरुवा नष्ट भएको छ।
साबिक हडिया गाउँ विकास समिति हाल चौदण्डीगढी नगरपालिका ९ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको जंगल क्षेत्रमा लागेको डढेलोले १७ हेक्टर हाराहारी जंगल नष्ट पारेको इलाका वन कार्यालय हडियाका रेञ्जर पुन्य पौडेलले बताए। उनका अनुसार दिउँसो २ः३० बजेदेखि लागेको डढेलो नियन्त्रण गर्न साँझ ७ः०० बजेसम्म लागेको थियो।
डढेलो लागेकोबारे स्थानीयले इलाका वनमा खबर गरेलगत्तै वन कर्मचारी, सामुदायिक वन समूहका पदाधिकारी र स्थानीय उपभोक्ता खटाएर नियन्त्रण प्रयास थाािलएको थियो। संयुक्त प्रयासमा झण्डै साढे ४ घण्टापछि डढेलो नियन्त्रणमा लिइएको थियो। डढेलो लागेको खबर आएलगत्तै नगरपालिकाबाट दमकल बोलाएर उपभोक्ता, कर्मचारी र स्थानीय हडिया चौकीका प्रहरीसमेतको संयुक्त सहयोगमा डढेलो नियन्त्रण गर्न सफल भएको रेञ्जर पौडेलले बताए।
आगो नियन्त्रण गर्ने क्रममा पौडेललाई सामान्य चोटसमेत लागेको छ। डढेलो नियन्त्रण गर्दै जाँदा आगोको लप्काले अनुहारमा चोट परेर उनी सामान्य घाईते भएका छन्। हडियामा डढेलो लागेको यो दोस्रो पटक हो। यसअघि पनि स्थानीय सामुदायिक वन क्षेत्रमा डढेलो लागेको तर, तत्काल निभाउन सफल भएकाले खासै क्षति भने नपुगेको वन कार्यालयले जनाएको छ।
जिल्ला वन अधिकृत बिष्णुप्रसाद भण्डारीले हावाहुरी र गर्मी सुरु भएसँगै डढेलो र आगलागीका घट्ना हुन थालेको बताए। यो वर्ष अहिलेसम्म वर्षा नभएको तथा यो सिजन डढेलोको मौसम भएकाले सम्भावित क्षति हुनबाट रोक्न जिल्लाका सबै सेक्टर वन, इलाका वन र सामुदायिक वन समूहहरुलाई निर्देशन दिइएको उनले बताए। ‘यो वर्ष अहिलेसम्म पानी पनि परेको छैन’ वन अधिकृत भण्डारीले भने ‘फागुनदेखि उसै पनि डढेलो लाग्ने मौसम हो। त्यसैले पूर्वतयारी गर्नु नै मुख्य विकल्प रहेको भन्दै सतर्क रहन निर्देशन दिइएको छ।’
वन कार्यालयले डढेलोबाट बँचाउन उपभोक्ता समूहमार्फत जनचेतना फैलाउने, अग्नि नियन्त्रण रेखा कोर्ने तथा नियमित अनुमगन गर्न पनि मातहत कार्यालयहरुलाई निर्देशन दिएको छ। स्थानीय तह र वडा कार्यालयसँग समन्वय गर्दै डढेलो लाग्न नदिन, लागिहाले तत्काल नियन्त्रण गर्न निर्देशन दिइएको भण्डारीको भनाई छ। उदयपुरमा जिल्ला वन, ३ सेक्टर, १५ इलाका वन कार्यालयहरु रहेका छन्। त्यस्तै ३ सय ४५ वटा सामुदायिक वन समूह रहेका छन्।