'जनसत्ता' लाई वैधता दिने प्रपञ्च
०१ साउन २०७४
•
१० मिनेट पाठ
'जनसत्ता' लाई वैधता दिने प्रपञ्च
तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखत।
दाङ- तत्कालीन माओवादी 'जनसत्ता' ले पास गरेका जग्गाका लिखतलाई आधिकारिकता दिलाउन माओवादी केन्द्र स्थानीय तहमार्फत सक्रिय भएको छ। उसले 'जनसत्ताका लिखत पास' लाई स्वीकार्न अटेरी गर्नेलाई स्थानीय तहबाट दिइने सुविधामा रोक लगाउने भएको छ। स्थानीय तहको सेवासुविधा प्राप्तिका लागि जनसत्ताका लिखतलाई वैधानिक मान्नैपर्ने सर्त माओवादी केन्द्रले राखेको छ।




तत्कालीन माओवादी 'जनसत्ता' ले गरेका जग्गाको लिखत पास नमान्नेलाई स्थानीय तहको सुविधाबाट वञ्चित गर्ने निर्णय

'जनसत्ता' का लिखतलाई आधिकारिकता दिने विषयमा कुनै पनि काम गर्न/नगराउन सर्वोच्च अदालतले फैसला गरिसकेको छ। द्वन्द्वकालमा 'जनसत्ता' मै लिखत पास गरी बिक्री गरिएका जग्गाका धनीले अहिले सर्वोच्चको फैसलालाई आधार मानेर आफ्नै दाबी गरिरहेका छन्। कतिपयले जिल्ला अदालतमा मुद्दा दायर गरेर पहिले 'जनसत्ता' मार्फत बिक्री गरेका जग्गालाई आफ्नै बनाइसकेका छन्। 

माओवदी केन्द्रले जितेका केही स्थानीय तहले जनसत्तामार्फत बिक्री जग्गालाई अहिले आएर आफ्नो भनी दाबी गर्नेलाई 'ठगी' घोषणा गर्दै उनीहरूलाई स्थानीय तहको सेवाबाट वञ्चित गरिने निर्णय नै गरेका छन्। यस्तो निर्णय गर्नेमध्येको एक हो रुकुमको चौरजहारी नगरपालिका। यो नगरपालिकाले शुक्रबार मात्रै नगरसभामार्फत जनसत्ताका जग्गा लिखतलाई आधिकारिक नमानेर अहिले बखेडा झिकिरहेकालाई नगरपालिकाबाट कुनै पनि सिफारीस नदिने निर्णय गरेको छ। 'हामीले यस्तो ठगीमा संलग्नलाई मुद्दा किनारा नलागेसम्म कुनै पनि सिफारिस नदिने निर्णय नगरसभाबाट गरेका छौं,' चौरजहारी नगरपालिकाका मेयर विशाल शर्माले भने। उनका अनुसार जग्गा मुद्दालाई नगरपालिकाले उजुरीका रुपमा संकलन गरिरहेको छ। जग्गा विवादमा अहिलेसम्म १ सय १० उजुरी परिसकेका छन्। उजुरीका आधारमा 'ठगी मुद्दा' दर्ता गरिएको र किनारा नलागेसम्म नगरपालिकाबाट कुनै पनि सेवासुविधा नदिइने उनले बताए। 'स्थानीय तहमा जनप्रतिनिधि चुनिइसकेपछि जनसत्ताबाट पीडित भयौं भन्दै धमाधम उजुरी आइरहेका छन्,' उनले भने, 'यस्ता उजुरीमा संलग्नलाई नगरपालिकाबाट कुनै पनि सेवा सुविधा दिइनेछैन, जबसम्म उनीहरूको मुद्दा किनारा लाग्दैन।' नगरपालिकाले जनसत्तामार्फत बिक्री जग्गा आफ्नो दाबी गर्नेलाई पत्र काटेरै बोलाउने जनाएको छ। पत्रसँगै स्थानीय सञ्चारमाध्यमबाट समेत सूचना प्रकाशन/प्रसारण गरिनेसमेत मेयर शर्माले बताए। 'उहिले मनराजीले जनसत्ताबाट जग्गा पास गराउने अहिले त्यो पासलाई मान्दैनौं भनेर फेरि आफ्नो दाबी गर्ने? यो ठूलो बेइमानी हो,' उनले भने, 'जग्गा किनेकाको पक्षमा निर्णय गर्न स्थानीय सरकार जस्तोसुकै कदम चाल्न तयार छ।' 

रुकुमको चौरजहारी नगरपालिका मात्रै हैन, मुसिकोट नगरपालिकाले पनि आफ्नो प्रमुख कार्य नै 'जनसत्ताका लिखतलाई आधिकारिकता' दिलाउनु रहेको जनाएको छ। 'विकास निर्माणभन्दा पनि हाम्रो नगरपालिकाको पहिलो कार्य भनेकै जनसत्ताका मुद्दालाई टुंग्याउने हो,' मेयर देवीलाल गौतमले भने, 'जनसत्ताका पासलाई आधिकारिकता दिलाउन हाम्रो प्रयास रहन्छ।'

मुसिकोट नगरपालिकाले पनि नगरपालिकाको सेवा सुविधा लिन जनसत्ताबाट भएका जग्गा पासलाई आधिकारिक मान्नुपर्ने सर्त राखेको छ। 'अहिले आएर बखेडा झिक्नेले नगरपालिकाको सेवा सुविधा लिन जनसत्ताकै पासका आधारमा फेरि जग्गा पास गरिदिनुपर्ने हुन्छ,' मेयर गौतमले भने, 'अन्यथा उनीहरूलाई स्थानीय सरकारबाट प्राप्त हुने कुनै पनि सेवासुविधा दिइने छैन।' यो नगरपालिकाले पनि वडाहरूलाई जनसत्ताबाट भएका  जग्गा पासको लगत संकलन गर्न  निर्देशन दिइसकेको छ। निर्देशन अनुसार लगत संकलनको काम चलिरहेको गौतमले बताए। 'जग्गाको प्रकृति, उहिलेको लिखत पास तथा अहिले जालझेल गरिरहेको व्यक्तिको पूर्ण विवरण वडा तहबाट मागेका छौं,' उनले भने।

जग्गा किनबेचमा संलग्न दुवै पक्षलाई बोलाएर जनसत्ताकै पासलाई आधिकारिकता दिन पहल गर्ने  नीति नगरपालिकाको छ। छलफलबाटै सहमति खोज्न भरमग्दुर प्रयास गर्ने र यो प्रयास विफल भए प्रदेशसभामा जनसत्ताको पासलाई आधिकारीकता दिनेगरी कानुन निर्माणका लागि दबाब दिने मेयर गौतमले बताए। प्रदेशबाट पनि यससम्बन्धमा कानुन निर्माण नभए स्थानीय तहमै कानुन निर्माण गर्नसक्ने संविधानको बुँदालाई टेकेर जनसत्ताका पासलाई आधिकारिकता दिइने उनले बताए। मुसिकोट नगरपालिकामा चार सयको हाराहारीमा जनसत्ताले पास गरेका जग्गा छन्।  

रुकुमका हरेक स्थानीय तहले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन्। यहाँका सबै स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले लिएको छ। आठबीसकोट नगरपालिकामा पनि जनसत्ताकै लिखत पासलाई लिएर उत्पन्न मुद्दा कसरी टुंग्याउने भन्नेमा गृहकार्य चलिरहेको छ। यो नगरपालिकाले पनि यस्ता जग्गाको लगत संकलन गर्न लगाएको छ। 'पीडितहरू (त्यतिबेला जग्गा किन्ने) को रायसुझाव तथा अपेक्षाका आधारमा कसरी अगाडि बढ्ने भन्ने छलफलमा हामी छौं,' आठबीसकोट नगरपालिकाका मेयर गोर्खबहादुर केसीले भने, 'अहिले वडाहरूलाई जग्गाको लगत संकलन गर्न भनेका छौं। समस्या कसरी समाधान गर्न सकिएला भनेर सुझाव पनि मागेका छौं।' 

स्थानीय तह निर्वाचनपछि सबैभन्दा पहिले जनसत्ताका कामलाई आधिकारिकता दिलाउने निर्णय गरेको बाँफिकोट गाउँपालिकाले एक महिना लगाएर त्यतिबेला लिखत पास गरिएका जग्गाको लगत संकलन गरेको छ। ५ सय ५८ कित्ता जग्गाको लगत संकलन गरेको यो गाउँपालिकाले अझै छिटफुट हुन सक्ने भन्दै लगत संकलनको काम १५ दिन थपेको छ। लगत संकलन अवधि पूरा भएपछि गाउँपालिकाले सुरुमा जनसत्तामार्फत जग्गा किनबेचमा संलग्नबीच मेलमिलापको पहल गर्ने जनाएको छ। मेलमिलाप नभए जनसत्तामा लगाएको 'ल्याप्चे' प्रमाणित गरी लिखत पासलाई मान्यता दिलाउने अध्यक्ष धर्मबहादुर केसीले बताए।  ल्याप्चे प्रमाणित भएपछि पनि जग्गामा बखेडा झिक्नेलाई गाउँपालिकाको सम्पूर्ण सेवासुविधाबाट वञ्चित गरिने उनले बताए। 'हामीहरू पहिले मेलमिलापको माध्यमबाट अघि बढ्नेछौं,' केसीले भने, 'जग्गाधनीहरूले जनसत्ताका पासलाई मान्दैनांै भनेर बखेडा झिक्न थाल्नुभयो भने ल्याप्चे प्रमाणित गरी गाउँपालिकाको सेवा सुविधाबाट वञ्चित गर्नेर्छौं।'  स्थानीय तहमै कानुन निर्माण गरेरै भए पनि जनसत्ताको पासलाई आधिकारिकता दिने अठोट केसीको छ।

सानीभेरी गाउँपालिकाले पनि जनसत्ताको पासलाई आधिकारिकता दिलाउन जग्गाको लगत संकलन गर्न लगाएको छ। 'हामीहरू पनि लगत संकलनमै सक्रिय छौं,' गाउँपालिका अध्यक्ष नरबहादुर पुनले भने, 'अहिले प्रारम्भिक चरणमै रहेकाले यसपछिको थप कदमबारे फेरि अर्को निर्णय गर्नेछौं।'

रुकुमका ९ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रको नेतृत्व छ। रुकुममा द्वन्द्वकालमा झन्डै चार हजार कित्ता जग्गाको रजिष्ट्रेशन पास जनसत्तामार्फत भएको छ। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस