अर्को दुई वर्ष पनि टहरामै
०२ वैशाख २०७४
•
७ मिनेट पाठ
अर्को दुई वर्ष पनि टहरामै
काठमाडौं- वैशाख १२ को भूकम्पपछि करिब १४ लाख विद्यार्थी दुई वटा शैक्षिक सत्र अस्थायी टहरामा बसेर पढ्न बाध्य भए। तीमध्ये अधिकांश विद्यार्थीले कम्तीमा अर्को दुई वर्ष टहरामै बसेर पढ्नुपर्ने अवस्था देखिएको छ।




शिक्षा मन्त्रालयका अनुसार भूकम्पले क्षतिग्रस्तमध्ये करिब दुईतिहाइ विद्यालय पुनर्निर्माणका लागि अझै स्रोत जुट्न सकेको छैन। स्रोत अभावका कारण ती विद्यालयको भवन पुनर्निर्माण अनिश्चित बनेको छ। यसबाट करिब नौ लाख विद्यार्थी प्रभावित हुने मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले बताए। 'हालसम्म एकतिहाइ विद्यालय पुनर्निर्माणका लागि मात्र स्रोत जुटेको छ। ती विद्यालय पुनर्निर्माण सम्पन्न हुन पनि कम्तीमा दुई वर्ष लाग्छ,' उनले भने।

श्रेष्ठका अनुसार विद्यालय पुनर्निर्माणका लागि हालसम्म सरकार र विभिन्न दातामार्फत ५३ अर्ब रुपैयाँ सहयोग आउने निश्चित भएको छ। थप आवश्यक एक खर्ब १४ अर्ब रुपैयाँको स्रोत अनिश्चित रहेको उनले बताए। भूकम्पपछिको पुनर्निर्माण योजना (पोस्ट डिजास्टर रिकभरी फ्रेमवर्क– पिडिआरएफ) अनुसार क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि एक सय ६७ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिन्छ।

'एसियाली विकास बैंक (एडिबी) सँग ८ अर्ब ६० करोड रुपैयाँको अनुदान सम्झौता भइसकेको छ। त्यस्तै जाइकासँग ११ अर्ब ४० करोड, जेएफपिआरसँग ८४ करोड र युएसएडसँग एक अर्ब रुपैयाँ सहयोग सम्झौता भएको छ,' निर्देशक श्रेष्ठले भने। त्यसैगरी भारत सरकारले १५ अर्ब रुपैयाँ ऋण र ५ अर्ब रुपैयाँ अनुदानसहित २० अर्ब रुपैयाँ सहयोग गरेको छ। यससम्बन्धीसम्झौता भइसकेको श्रेष्ठले बताए।

'चीन सरकारले दरबार हाइस्कुलसहित सात विद्यालय आफैं पुनर्निर्माण गरी हस्तान्तरण गर्ने भएको छ। अन्य गैरसरकारी संस्थाले पनि आफैं विद्यालय पुनर्निर्माण गरिरहेका छन्,' उनले भने। विद्यालय पुनर्निर्माणको तीनवर्षे कार्यायोजनाअनुसार तीन मोडलमा पुनर्निर्माण कार्य अगाडि बढेको श्रेष्ठले बताए। उनले भने, 'एडिबीलगायत दाताले निर्माण व्यवसायीमार्फत र गैरसरकारी संस्थाले

आफैं बनाइरहेका छन्। विद्यालय व्यवस्थापन समितिले भने केही आफैं र केही व्यवसायीमार्फत विद्यालय निर्माण गरिरहेको छ।'

कतिपय गैरसरकारी संस्थाले पुनर्निर्माण जिम्मा लिएर पनि काम सुरु नगरेको उनले बताए। 'सम्झौता गरेका ५० प्रतिशतले निर्माण कार्य सुरु गरेका छन्। २५ प्रतिशतले निर्माण सम्पन्न गरिसकेका छन्। २५ प्रतिशतले चाहिँ अझै विभिन्न बहाना बनाएर काम सुरु गरेका छैनन्,' उनले भने।

कार्ययोजनाअनुसार पहिलो वर्ष सफल भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र अर्थ मन्त्रालयको ध्यान आवास पुनर्निर्माणमा बढी केन्द्रित हुँदा दोस्रो वर्षका लागि अन्योल देखिएको उनलेे बताए। बजेटसँगै प्राविधिक, दक्ष कामदार तथा निर्माण सामग्री अभावले पनि विद्यालय पुनर्निर्माणमा ढिलाइ भइरहेको उनले सुनाए। 'निर्माण सुरु भएका विद्यालयको सुपरीवेक्षण र अनुगमनमा पनि कमी छ। सरोकारवाला निकायबीच समन्वय गर्न गाह्रो छ,' श्रेष्ठले भने।

विद्यालय पुनर्निर्माण अवस्था

भूकम्पप्रभावित ३१ जिल्लामा सात हजार नौ सय २३ विद्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांक छ। तीमध्ये चार हजार एक सय आठ वटाको पुनर्निर्माण प्रक्रिया सुरु भएकोमा एक हजार ६ सय ५८ वटा सम्पन्न भएको निर्देशक श्रेष्ठले जानकारी दिए।

उनले भने, 'एक सय ६० गैरसरकारी संस्थाले एक हजार तीन सय ५० विद्यालय पुनर्निर्माणको जिम्मा लिएका छन्। तीमध्ये ६ सय ८२ वटा सम्पन्न भइसकेका छन्।'

शिक्षा विभागसँग विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार दुई सय विद्यालय पुनर्निर्माणका लागि सम्झौता भएकोमा नौ सय ७६ वटा सम्पन्न भएको उनले बताए।

श्रेष्ठका अनुसार एडिबीको ऋण सहयोगमा पुनर्निर्माणका लागि ८४ वटाको टेन्डर भएको र त्यसमध्ये ४० वटाको निर्माण कार्य सुरु भएको छ। एडिबीको सहयोगमा एक सय ७५ वटा विद्यालय बन्नेछन्।

जाइकाको सहयोगमा बन्ने ८३ वटा विद्यालयको निर्माण कार्य पनि सुरु भएको श्रेष्ठले बताए। थप दुई सय वटाको सर्भे भइरहेको छ। उनले भने, 'जेएफपिआरले १४ वटा नमुना विद्यालय बनाउँदैछ। भूकम्प अति प्रभावित १४ जिल्लामा एकएक विद्यालय बन्नेछन्।' चीन सरकारले बनाउने सात विद्यालयको अध्ययन कार्य सम्पन्न भएको श्रेष्ठले बताए। भारत सरकारको सहयोगमा बन्ने तीन सय ७० (तीन सय वटा ऋण सहयोग र ७० वटा अनुदान) विद्यालयको छनोट सम्पन्न भइसकेको छ। सहयोगबारे सरकारसँग सम्झौता भए पनि मोडालिटी बन्न बाँकी रहेको उनले बताए।
अर्को समाचार
भक्तपुरका भूकम्पपीडित अझै टहरामै
१४ वैशाख २०७५
•
३ मिनेट पाठ
भक्तपुरका भूकम्पपीडित अझै टहरामै
भक्तपुरको देकोचास्थित भूकम्पपीडित बस्ने अस्थायी टहरा। तस्बिर : कृष्ण किसी
भक्तपुर – महाभूकम्प गएको तीन वर्ष पूरा भइसक्दा पनि भक्तपुरका भूकम्पपीडित अझै टहरामै बस्न बाध्य छन्। विभिन्न समस्याका कारण नयाँ घर बनाउन नसक्दा उनीहरू टहरामै कष्टपूर्ण किसिमले बस्न बाध्य भएका हुन्।




भूकम्पपीडितहरूका अनुसार घर बनाउन नसक्नुका विविध कारण छन्। घर बनाउने जग्गा नहुनु, सानो क्षेत्रफलको टुक्रे जग्गामा नयाँं मापदण्डअनुसार नक्सा पास गर्न नमिल्नु, पैसा नहुनु, दाजुभाइबीच कुरा नमिल्नु, सँंधियारसँंग सिमाना विवाद हुनु, घर बनाउने जनशक्ति अभावलगायत समस्याका कारण घर पुनःनिर्माण गर्न नसकिएको उनीहरूको भनाइ छ।

देकोचासहित भक्तपुरका च्याम्हासिंह, लिवाली, कमलविनायक, इन्द्रायणी, व्यासी, गरूडकुण्डल, भीमसेनस्थान, बाराही लगायतका ठाउँंमा अझै पनि भूकम्पपीडित परिविार अस्थायी टहरामै बसिरहेका छन्।

भक्तपुरको देकोचास्थित अस्थायी टहरामा बसोबास गर्दै आएका गौरी साँंगाछेंले जस्ताको सानो टहरोमा आफूहरू दुई बूढाबूढी अत्यन्तै कष्टका साथ गुजारा गर्दै आएको पीडा पोखिन्।

उनले दुःख पोख्दै भनिन्, ‘हामी गरिबको भागमा दुःख मात्रै लेखेको रहेछ।’ भाउजु र आफ्नो संयुक्त नाममा रहेको सानो टुक्रा जग्गा कित्ताकाट हुन नसक्दा आफूहरू दुवैले भूकम्पीडितका लागि सरकारले उपलब्ध गराउने राहत रकम पाउन नसकेको गौरीले गुनासो गरिन्।

देकोचामा मात्रै ३६ परिवारका लागि अस्थायी टहरा बनाइएका थिए । तीमध्ये अहिले पनि १५ परिवारको बास टहरामै बितिरहेको छ।

अर्का पीडित रामलक्ष्मी न्हेम्हाफुकीले महँंगीका कारण घर बनाउन नसकेको दुखेसो गरिन्। यसै कारण अस्थायी टहरामै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको उनले बताइन्।

देकोचासहित भक्तपुरका च्याम्हासिंह, लिवाली, कमलविनायक, इन्द्रायणी, व्यासी, गरूडकुण्डल, भीमसेनस्थान, बाराही लगायतका ठाउँंमा अझै पनि भूकम्पपीडित परिविार अस्थायी टहरामै बसिरहेका छन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका अनुसार जिल्लामा गुनासो गर्नेसहित २७ हजार ६ सय ४४ लाभग्राही छन्। तीमध्ये २३ हजार एक सय २५ परिवारसँंग अनुदान सम्झौता भएको छ। त्यसमा २३ हजार एक सय १८ परिवारले पहिलो किस्ता, दुई हजार आठ सयले दोश्रो र दुई हजार एक सयले तेश्रो किस्ता पाएका छन्। कार्यालय प्रमुख शिवराम गेलाल टहरामा बसोबास गर्ने पीडित परिवार सयौं भएको तर त्यसको एकिन तथ्यांक कसैसँग नभएको बताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस