भक्तपुर–भूकम्प गएको एक वर्ष बितिसन्दा पनि भक्तपुरमा अझै हजारौं परिवार अस्थायी टहरामै बसेर कष्टपूर्ण जीवन विताउन बाध्य छन्।जिल्लाका विभिन्न २४ स्थानका अस्थायी शिविरका तीन हजार बढी भूकम्प पीडित पाल, त्रिपाल, टेण्ट, जस्तालगायतबाट बनेका अस्थायी टहरामा बस्न बाध्य छन्। महानगरीय प्रहरी परिसर भक्तपुरले राखेको तथ्यांक अनुसार जिल्लाका ठाउँंठाउँंमा धेरै परिवार अस्थायी टहरामै बसिरहन बाध्य छन्। तथ्यांक अनुसार भक्तपुर नगरपालिकाभित्र रहेका अधिकांश शिविरमा पाँंच सय ९७ परिवारका पाल, त्रिपाल, टेण्ट तथा त्रिपालमुनी बस्दै आएका छन्।
तिनीहरुमध्ये एक हजार दुई सय २६ महिला, एकहजार एक सय १४ जना पुरुष, चार सय ९५ जना बालबालिका, एक सय २८ वृद्ध, ९५ जना वृद्धा, १२ जना सुत्केरी र २५ जना शारीरिक रुपमा अशक्त मानिस अस्थायी टहरामा छन्।
परिसरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले यसले अपराधमा पनि बृद्धि भइरहेको बताइन्। भक्तपुर नगरमा एउटै घरमा पनि तीन चार वटा परिवार बसिरहेको पाइएको र घर भत्कँंदा ती सवै परिवार टहरामा बस्न बाध्य भएको उनले बताइन्। साथै सानो क्षेत्रफलको घर कुन दाजुभाइले कसरी पुननिर्माण गर्ने भन्ने विवादले पुननिर्माणमा ढिलाई भएको पाइएको उनले बताइन् ।
अस्थायी टहरामा रहेकामध्ये सवैभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रका छन् । भूकम्पबाट सवैभन्दा वढी भक्तपुर नगरपालिका क्षेत्र प्रभावित भएको थियो। एउटै वडामा पनि ५० जनाको मृत्यु भएको थियो । १७ वटा वडा भएको नगरको वडा नं १ सूर्यमढी, वडा नं २ जेंला अनि वडा नं १० व्यासी सवैभन्दा वढी प्रभावितभएको थियो । जिल्लामा ६ वटा नगरपालिका छन्।
भक्तपुर नगरका गरुड कुण्डल, कमलनिनायक, च्याम्हासिंह, व्यासी, कमलबिनायक, देकोचा, इन्द्रायणीलगायतका सार्वजनिक अनि निजी ठाउँंमा अस्थायी टेण्ट, टहरामा उनीहरु छन् । एउटै ठाउँंमा पनि एक सयभन्दा वढी परिवार छुटाछुटै टहरामा अहिले पनि कष्टपूर्ण रुपमा छन् । भक्तपुर नगरबाहेक जिल्लाभरिका भूकम्पपीडित अस्थायी टहरमै बस्न बाध्य छन ।
सानो अस्थायी टहरामा धेरै जना एकै ठाउँंमा बस्नुपर्दा ठूलो समस्या हुने गरेको छ । विशेष गरेर विद्यार्थीको पढाईमा नकारात्मक असर परेको छ । विद्यार्थी राजेन्द्र सुकुभटूले टहरामै सवै परिवार गज्याङ गुजुङ भई बस्नुपर्दा पढ्ने वातावरण नै नभएको बताउँंछन् ।
अत्याधिक क्षतिका कारण नवनिर्माण मात्रै होइन, यतिखेरसम्म भक्तपुर नगरभित्र भग्नावशेष नै पन्छाउन सकिएको छैन । एक जना पीडित रामप्यारी सुवालल पूरै टोल नै ध्वस्त हुँदा अहिलेसम्म भग्नावशेष नै पन्छाउन नसकेको बताइन् । भक्तपुर नगरपालिकाको तथ्यांक अनुसार यहाँं अझै ३० प्रतिशत भग्नावशेष पन्छाउन बाँंकी नै छ ।
भूकम्पबाट मुलुकका १४ जिल्लाका सर्वसाधरण अति प्रभावित भएका थिए । त्यसमध्ये भक्तपुर पनि अति प्रभावित जिल्ला हो । भूकम्पले भक्तपुरका २८ हजार ६ सय ९१ घर पूर्ण रुपमा क्षति भएका छन्। जिल्लामा तीन सय ३३ जनाको मृत्यु भएको थियो ।