भारतीय दूतावासले चुमनुब्री गाउँपालिका २ हिनाङका स्थानीयलाई विभिन्न सामग्री उपलब्ध गराएको छ। त्यस क्षेत्रका प्रदेश सांसद नन्दप्रसाद न्यौपानेको अनुरोधमा दूतावासले दुई सय थान कम्बल, दुई सय थान ज्याकेट र १५ थान ठुलो टेन्ट उपलब्ध गराएको हो।
उक्त सामग्री वडा नम्बर २ का वडा अध्यक्ष मिङ्ग्युर दोर्जे लामा र पुंगजी गुम्बाका आना मार्फत त्यहाँका स्थानीयलाई बुधवार पठाइएको सांसद न्यौपानेले बताए।
गत माघ १० गते त्यहाँको पुंगजी गुम्बा आगलागीबाट ध्वस्त भएपछि गुम्बाको निरीक्षण गरेर फर्किएका उनले गुम्बा पुन निर्माण गरिदिन विभिन्न ठाउँमा पहल गरिरहेको बताए।
‘गुम्बा पुन निर्माण गरिदिन विभिन्न ठाउँमा भनेको छु’ उनले भने ‘भारतीय दूतावासले पनि सहयोगको आश्वासन दिएको छ, त्यसै क्रममा त्यस क्षेत्रका स्थानीयलाई तत्काल सहयोग गर्न मैले अनुरोध गरे अनुसार उपलब्ध सामग्री अहिले पठाएको हो।’ उक्त सामग्री भारतीय दूतावासका प्रथम सचिव करुण बसलले सांसद न्यौपानेलाई हस्तान्तरण गरेका थिए।
नेपाली कांग्रेस गोरखाका सभापति समेत रहेका न्यौपानेले भने ‘मैले मेरो क्षेत्रका स्थानीयकालागि विभिन्न क्षेत्र, संघ संस्था सँग समन्वय गरेर सहयोग गर्ने अभियानमा छु।’ गुम्बा पुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर सबैसँग समन्वय, सहकार्य भइरहेको उनले बताए।
दुई सय वर्षभन्दा पुरानो प्राचीन गुम्बामा सोलार सर्ट भएर आगलागी हुँदा ३० करोड भन्दाबढिको क्षति भएको अनुमान स्थानीयको छ।