यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलियाको काम गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ।
बुधवार जनकपुरधाम उपमहानगरपालिका १४ स्थित यातायात व्यवस्था कार्यालयबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउँपालिका ३ का ३५ वर्षीय विरेन्द्र साह रहेको धनुषा प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।
सेवाग्राहीहरूलाई छिटोछरितो काम गराइदिन्छु भनी आर्थिक लाभ लिई बिचौलियाको काम गरिरहेको प्रहरीलाई सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई सेवाग्राहीहरूसँग तोकेको शुल्क भन्दा बढी रकम लिई रहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गौतमले बताए।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।