भक्तपुर चागुनारायण नगरपालिका वडा नं २ दुवाकोट मोडमा चेकिङको क्रममा एकजना मोटरसाइकल चोर पक्राउ परेका छन्। शुक्रबार विहान ३ बजे बिना कागजातको मे १० प ५९६ नं.को २०० पल्सर मोटरसाइकलसहित आएका काभ्रे पनौती घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने बर्ष ३० को सन्देश घिसिङलाई पक्राउ परेका हुन्।
प्रहरी हवल्डार सुदनराज पौडेलको टोलीले उनलाई नियन्त्रणमा लिई वृत्त ठिमीमा ल्याइएका थिए। अनुसन्धानको क्रममा निजको साथबाट प्रदेश २–०३–०२२ प १३९८ नं.को नम्बर प्लेटसमेत फेला पारेको र उक्त मोटरसाइकल बौद्द आरुबारी एरियामा सडक छेउबाट चोरी गरेको भन्ने खुलेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए। साथै उनी मोटरसाइकल चोरी मुद्धामा बृत बौद्ध काठमाडौबाट २०७९ माघ २४ गते ६ महिना ६ दिन कैद भुक्तान गरी छुटेको खुलेको जनाइएको छ।