एमाले अध्यक्ष ओली रौतहट पुगेका छन्। एमालेले रौतहटको सदरमुकाम गौरमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहत जनसभालाई सम्बोधन गर्न उनी राैतहट पुगेका हुन्।
जनसभालाई आज दिउँसो १ बजे ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको भएपनि माैसम प्रतिकुलका कारण हेलिकप्टर राैतहटकाे गाैरमा अवतरण गरिएकाे थियाे। साेही कारण ओली समयमै पुग्न सकेनन्। माैसम केही सफा भएपछि उनी कार्यक्रममा पुगेका हुन्।
पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्।
सात वर्षदेखि निर्माणाधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उनले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन्।
पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ। पुल निर्माणको प्रगतिबारे जानकारी लिन कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिस्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए। पुल रु २२ करोड ३७ लाखको लागतमा निर्माणाधीन छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...