झापा–चार दिन अघि पत्रकार कृष्ण हुमागाईमाथि कुटपिट काण्डमा संघीय लिुम्बुवान पार्टी नेपालले सार्वज्निक रुपमा माफी मागेपछि अनिश्चितकालीन पूर्वबन्द शनिबार दिउँसोबाट खुलेको छ।शनिबार कांग्रेस, एमाले, एमाओवादी तथा नेपाल पत्रकार महासंघ र संघीय लिुम्वुवान पार्टी नेपालबीच भएको बैठकमा लिम्बुवानले पत्रकार कुटपिटको घटनामा सार्वजनिक रुपमा माफी माग्ने र प्रशासनले पक्राउ गरेका कार्यकर्ता रिहा गर्ने सहमतिपछि अनिश्चितकालीन बन्द खोल्ने सहमति भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश पोखरेलले नागरिकन्युजलाई जानकारी दिए।
चार दिन अगाडि पत्रकार कृष्ण हुमागाईलाई लिम्बुवान कार्यकर्ताले कुटपिट गरेका थिए । कुटपिटमा संलग्न कार्यकर्तालाई प्रशासनले पक्राउ गरेपनि कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्बुवान पार्टीले अनिश्चितकालीन पूर्व बन्द गरेको थियो।
शनिबार भएको वार्तामा लिम्बुवानले पूर्ण प्रेस स्वतन्त्रता अपनाउने र आगामी दिनमा प्रेसमाथि कुनै प्रकारको आक्रमण नगर्ने तथा पत्रकार कुटपिटको घटनामा सार्वजनिक रुपमा माफी माग्ने सहमतिपछि बन्द फिर्ता भएको हो। पक्राउ परेका लिुम्बुवानका कार्यकर्ता प्रशासनले आजै रिहा गर्ने सहमति भएको छ।