शनिबार प्रदर्शन, आइतबार सिंहदरबार घेराउ-
काठमाडौँ, वैशाख २४ (नागरिक)-माओवादीले छ दिनदेखि गरिरहेको अनिश्चितकालीन आम हड्ताल शुक्रबारदेखि फिर्ता लिएको छ। अध्यक्ष पुष्पकमल दाहालको निवासमा साँझ बसेको स्थायी समितिको बैठकले हड्ताल 'स्थगित' गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै दाहालले 'बन्दमा जनताले पाएको दुःख र दुःखको नाजायज फाइदा उठाउँदै जनताविरुद्ध जनतालाई भिडाउने वर्तमान गठबन्धन सरकारले षड्यन्त्र गरेका कारण' हाललाई बन्द स्थगित गरेको जानकारी दिए।
बैठकले आम हड्तालमा साथ दिएकोमा जनतालाई धन्यवाद दिएको छ। आन्दोलनको कार्यक्रम फिर्ता भने नलिइएको उनले बताए।
भोलि माओवादीले राजधानी लगायत विभिन्न जिल्लामा र्याली गर्ने र २ बजे र्याली सभामा परिणत गर्ने निर्णय भएको दाहालले बताए। उनले पर्सि राजधानीमा सिंहदरबार घेर्ने र जिल्लामा सदरमुकाममा प्रशासन कार्यालय घेर्ने कार्यक्रम तय गर्ने निर्णय भएको उनले बताए। पर्सिपछिको कार्यक्रम भने पछि स्थायी समितिको बैठक बसी तय गरिने दाहालको कथन थियो। जेठ १४ अघि नै अर्को आन्दोलन गर्ने निर्णय पनि माओवादीले गरेको छ।