कोइराला निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। बैठकपछि माओवादीले माघ १० देखि गर्ने भनेको अनिश्चितकालीन आम हड्ताल फिर्ता हुने/नहुने टुंगो लाग्ने आशा गरिएको छ।
अर्को समाचार
उच्चस्तरीय संयन्त्रको बैठक सुरु
अर्को समाचार
उच्चस्तरीय संयन्त्रको बैठक सुरु
काठमाडौँ - वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ। संयन्त्रको सचिवालय नयाँ बानेश्वमा बसिरहेको बैठकमा निर्वाचन अध्यादेशमा दलहरुबीच सहमति हुन नसकेका विषयवस्तु र निर्वाचनको मिति घोषणा गर्ने विषयमा आजको बैठक केन्द्रित रहने छ।बैठकमा एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल र लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारसहितका उच्चस्तरीय नेताहरु सहभागी छन् ।
आजको बैठकले लामो समयदेखि रहँदै आएको राजनीतिक गतिरोधलाई चिर्न र निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन ऐनसम्बन्धी अध्यादेशमा केही हदसम्म सहमति कायम गर्न सफल हुने विश्वास गरिएको छ।
आजको बैठकले लामो समयदेखि रहँदै आएको राजनीतिक गतिरोधलाई चिर्न र निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन ऐनसम्बन्धी अध्यादेशमा केही हदसम्म सहमति कायम गर्न सफल हुने विश्वास गरिएको छ।
यो पनि पढौँ
ट्रेन्डिङ