रुन्चे कुराको पछि लागेर राजिनामा नदिने-
भक्तपुर, वैशाख ३१- नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले वैशाख १९ गते सुरु गरेको अनिश्चितकालीन आम हड्ताल स्थगित गर्न दुई दिनमात्र ढिलाई गरेको भए माओवादी समाप्त हुने दाबी गरेका छन्।
माओवादीले सविधानसभाको म्याद थप गर्न नमाने फरक बाटोबाट जाने पनि उनले बताए।
भक्तपुरको दूधपाटीमा रक्त सञ्चार क्लबले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शुक्रबार भने- माओवादीको आन्दोलन जनतलाई दु:ख दिएर, धम्काएर, आक्रमण गरेर सत्ता प्राप्तिका लागि भएकाले जनताले नै उनीहरुलाई परास्त गरे।
माओवादीको रुन्चे कुराको पछि लागेर माधव नेपालले प्रधान मन्त्रीबाट राजिनामा नदिने बताउँदै उनले धम्कीको भरमा सरकार परिवर्तन नहुने ठोकुवा पनि गरे। जतिखेर जसलाई प्रधानमन्त्री हुन मन लाग्यो, त्यसलाई त्यतिखेर प्रधान मन्त्री बन्न दिने भए संसदीय प्रणालीको अर्थ नहुने नेता ओलीले बताए।
माओवादीको लचिलोपनप्रति अविश्वास गर्दै उनले बलजफ्ती विद्रोह, कब्जा, आक्रमण, हिंसा त्यागेर बाह्र बुँदे सहमति पालना गरेर संविधान लेख्न र शान्ति प्रक्रियामा आएमात्र उसको विश्वास गर्न सकिने पनि बताए। प्रचण्ड असफल मान्छे हुन भन्दै ओलीले एक सूत्रीय प्रधानमन्त्रीको पद मागेर माओवादी अझै पनि सत्ता कब्जाकै खेलमा लागेको आरोप पनि उनले लगाए।
अहिले माओवादीका कारण संविधान उल्लङ्घनको स्थिति आएको बताउँदै नेता ओलीले जेठ १४ पछि राजनीतिक शून्यता आउन नदिन संवैधानिक व्यवस्थाअनुसार नै जान छलफल जारी रहेको उनले बताए।
व्यवसायीले दिएको ४८ घण्टे अल्टिमेटमको बारे उनको भनाइ थियो- उनीहरुले कर तिर्दिन भन्नु गलत हो।
सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले संविधान बनाउन नसकेकाले राजिनामा देउ भनेर माओवादीले प्रधान मन्त्रीको राजिनामा माग्दैमा राजिनामा दिन नहुने बताए। संविधान सरकारले बनाउने होइन, सविधानसभाले बनाउने हो भन्दै उनले संविधान बनाउन नदिने र शान्ति प्रक्रियाको मुख्य बाधक माओवादी नै भएको आरोप पनि लगाए।
- सुशीलबन्धु थापा