काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। असार १९ गतेबाट सुरु हुने पार्टीको ९ औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदा र संगठनात्मक प्रस्ताव बारे बैठकमा छलफल हुनेछ।बैठकमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति संयोजक समेत रहेका पार्टी अध्यक्ष झलनाथ खनालले प्रतिवेदनको मस्यौदा प्रस्तुत गर्ने एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए। त्यस्तै, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने जानकारी दिए। बैठकमा केन्द्रीय सदस्यहरुले प्रतिवेदनको मस्यौदा र संगठनात्मक प्रस्तावमाथि धारणा राख्नेछन्।
जेठ ११ गतेबाट सुरु हुनुपर्ने बैठक ढिलोगरी आजबाटमात्रै सुरु भएको हो।
जेठ ११ गतेबाट सुरु हुनुपर्ने बैठक ढिलोगरी आजबाटमात्रै सुरु भएको हो।