काठमाडौं– नवौं महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनमाथि छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय बल्खुमा सुरु भएको छ। बैठकमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।केन्द्रीय सदस्य ठाकुर गैरेकाअनुसार बैठकमा नेपाली समाजको चरित्र, २०६२–०६३ को परिवर्तनलाई हेर्ने दृष्टिकोण, पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को सुधार र आगामी कार्यदिशा समेटिएको अध्यक्षको प्रतिवेदनमाथि छलफल हुनेछ।
अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलगायत नेता नेपाली समाजको चरित्र पुँजीवादी भइसकेको निष्कर्षमा छन्। संसदीय दलका नेता केपी शर्मा ओलीले समाजको चरित्रबारे धारणा सार्वजनिक गरेका छैनन्। तर, उनीनिकट नेताले भने समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक नै रहेको बताउँदै आएका छन्।