काठमाडौं- नेकपा एमाले केन्द्रीय कमिटी बैठक बल्खुमा सुरु भएको छ। संसदीय दलको नेता र पार्टी महाधिवेशनको तयारीको बारेमा बैठकमा छलफल हुने एमालेले बताएको छ।बैठक विशेष गरेर संसदीय दलको नेता छनौटको विषयमा केन्द्रीत हुने योगोश भट्टराईले बताए। अध्यक्ष झलनाथ खनाल र नेता केपी ओली संसदीय दलको नेताको दौडमा छन्। खनाललाई बरिष्ठ नेता माधव नेपालको समर्थन रहेको छ भने ओलीलाई उपाध्यक्ष बामदेव गौतमको समर्थन छ। संसदीय दलको नेताको लागि बैठकमा सहमति नभए भोली संसदीय दलमा निर्वाचन हुने एमालेले बताएको छ।
आफ्नो पक्षमा समर्थन जुटाउन खनाल, नेपाल समूह र ओली, गौतम समूहले आफ्ना छुट्टाछुट्टै भेला गरिसकेका छन्।
आफ्नो पक्षमा समर्थन जुटाउन खनाल, नेपाल समूह र ओली, गौतम समूहले आफ्ना छुट्टाछुट्टै भेला गरिसकेका छन्।