देउवाको ‘रिटायरमेन्ट’ कहिले ? शोक सभामा पुगेर यसो भने
१३ असार २०८२
•
३ मिनेट पाठ
देउवाको ‘रिटायरमेन्ट’ कहिले ? शोक सभामा पुगेर यसो भने
शोक परेको घर वा कुनै दिवङ्गत व्यक्तिको स्मृतिमा गरिएको शोक सभामा पुग्दा हर कोही भावुक हुन्छ। परिवार र नातागोताका लागि आफन्तको वियोगले शोकाकुल पारेको त हुन्छ नै, नजिकको चिने जानेका व्यक्तिका लागि मृतकसँगका स्मृतिले भावुक पार्छ।




यसर्थ शोक सभा निकै भावुक सभा बन्न जान्छ। जहाँ बोल्दा कतिपय वक्ता भावुकतामा छचल्किन्छन्। यस्तै संयोग शुक्रवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा देखियो। उमेरले ७९ लागेका देउवाले भावुक मन्तव्य दिँदै अक्सर कमैले अपेक्षा गर्ने आफ्नो राजनीतिक अवकाश(रिटायरमेन्ट) बारे पनि बोल्न भ्याए। 

देउवा शुक्रवार प्रजातन्त्रका सेनानी गौरीदेवी प्रधानको निधनको ७ औँ पुण्य तिथिको अवसर पारेर कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी हुन पुगेका थिए। जहाँ देउवाले भावुक हुँदै रिटायरमेन्टबारे बोलेका हुन्। 

पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेका देउवा अब छैटौँ पटक देशको बागडोर सम्हाल्ने तयारीमा छन्। यस्तोमा देउवालाई ‘ रिटायरमेन्ट’ (राजनीतिक अवकाश) लिन सुझाउनेहरूको भिड ठुलो छ। कांग्रेसभित्रै पनि तमाम नेताहरू देउवाले अवकाश लिनुपर्ने खुलस्त सुझाव राख्छन्। 

तर, देउवा भने त्यसबारे कुनै प्रतिक्रिया दिँदैनन्। न उनी कसैसँग प्रतिवादमा उत्रिएर प्रतिशोध साँध्न नै लाग्छन्। तर शुक्रवार शोक सभामा बोल्दै देउवा आफैले प्रतिक्रिया दिए।  

‘मेरो त अब रिटायर्ड  एजमा भइसक्या छु, अरू के छ र!,’ देउवाले भने, ‘तर यो पार्टीको कारणले म प्रधानमन्त्री भएँ, म यो पार्टीको कारणले पार्टी सभापति पनि भएँ। त्यसै कारण यो पार्टीलाई अझैँ राम्रो–बलियो बनाउनुबाहेक मेरो अर्को उद्देश्य छैन। त्यस कारण यो पार्टीलाई एक बनाउनु छ।’ 

देउवाले यो कुरा भन्नु पूर्व पृष्ठभूमिमा कांग्रेसभित्र एकता हुन नसकेको, चुनावमा कांग्रेसले नै कांग्रेस उम्मेदवारलाई हराउने गरेको प्रसंग बोलेका थिए। 

‘अहिलेको संविधान धेरै राम्रो संविधान छ, समावेशी छ, समानुपातिक छ । सब्बै जातिहरूको प्रतिनिधित्व हुन्छ। तर कुनै पार्टीको बहुमत आउन गाह्रो छ हेर्नुस् । एक्लै कुनै पार्टीको पनि बहुमत ल्याउनु धेरै गाह्रो छ। फेरि हाम्रो पार्टीमा रोग अलिअलि छँदै छ, एक अर्कालाई हराऊ भन्ने रोग,’ देउवाले भनेका थिए। 

देउवा कहिले रिटायर्ड? 

चितवनमा देउवाले आफ्नो रिटायर्डमेन्ट सम्झिए पनि कहिले भने मिति नै त भनेनन्। यद्यपि कांग्रेसको विधानले नै लगभग उनको रिटायर्डमेन्ट निर्धारण गर्ने छ। 

देउवा कांग्रेसको दुई पटक सभापति भइसकेका छन्। उनी अब तेस्रो पटक सभापति हुन कांग्रेसकै विधानले मिल्दैन। त्यो व्यवस्था पनि देउवाको अघिल्लो कार्यकालकै बेला निर्धारण गरिएको हो।

कांग्रेसको १५ औँ महाधिवेशनको मिति तय भइसकेको छैन। महाधिवेशनको मितिबारे अहिले पनि पार्टीभित्र अनेक चर्चा परिचर्चा चलिरहेकै छन्। विधानमा भएको चार वर्षे व्यवस्थाअनुसार आगामी मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्छ। कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो। 

चार वर्षमा सम्भव नभए थप एक वर्ष समय थप गर्न सक्ने अधिकार विधानले नै दिएको छ। कांग्रेसका हालसम्मका महाधिवेशन चार वर्षमै भएका पनि छैनन्। यो व्यवस्थाअनुसार २०८३ को मंसिरमा महाधिवेशन गर्नै पर्छ। 

कांग्रेस नेताहरूमा ०८३ मंसिरमा पनि महाधिवेशन हुने/नहुने अथवा गर्न हुने/नहुने विषयको चर्चा चलिरहेकै छ। संवैधानिक व्यवस्थाअनुसार संकटकालको स्थिति भए त्यसपछि पनि थप ६ महिना पनि हुनसक्ने व्यवस्था छ। तर, २०८४ वैशाखमा स्थानीय तह निर्वाचन हुने भएकाले त्यतातर्फ कांग्रेसले सोच्ने छैन। 

त्यसैले महाधिवेशन कहिले भन्ने कुराको जवाफ सभापति देउवाबाहेक कसैसँग नभएको कांग्रेस नेताहरूले बताउने गर्छन्। स्वयं देउवाले शुक्रवार नै चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ‘समयमै हुन्छ’ भन्ने प्रतिक्रिया दिएका छन्।

कांग्रेसको महाधिवेशनले नै देउवाको पार्टी राजनीतिको अवकाश समय निर्धारण गर्ने छ। त्यसअघि कांग्रेस–एमालेबिचमा गत वर्ष भएको सात बुँदे सहमतिअनुसार(अर्को कुनै राजनीतिक उथलपुथल नभए) देउवा २०८३ असारमा प्रधानमन्त्री बन्नेछन्। सम्भवतः ०८४ को प्रतिनिधिसभा निर्वाचनपछि देउवा अवकाश लिन सक्ने अड्कलबाजी भइरहेका छन्। 
अर्को समाचार
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
२१ साउन २०८२
•
३ मिनेट पाठ
दाहालको खुलासा: एमसिसी रोक्न देउवा सरकार ढाल्न खोजेँ, ओलीले अपमान गरे
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसिसी रोक्न कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार ढाल्न कोसिस गरेको खुलासा गरेका छन्। बुधबार माओवादी केन्द्रका नेता लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले यस्तो खुलासा गरेका हुन्। 




‘एमसिसीमा सबैभन्दा दबाब माओवादी केन्द्रलाई थियो,’ दाहालले भने, ‘त्यो बेला एमसिसी रोक्ने हो भने एमालेलाई सरकारको नेतृत्व दिएर बाहिरबाट समर्थन दिन पनि तयार छौँ भनेका थियौँ।’ एमसिसीको विषय राष्ट्रिय महत्वको धेरै ठुलो विषय भएकाले त्यसो गरिएको उनले दाबी गरे।  

त्यसका लागि आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अहिलेका महासचिव देव गुरुङ र शक्ति बस्नेत गएको उनले बताए। 

‘तर, यति नमिठो यति तितो, यति अपमानजनक भाषा प्रयोग गर्नुभएको कि कांग्रेसभन्दा त धेरै बढी रहेछ उहाँहरूको,’ दाहालले भने।

सँगै एमालेबाट चार बुँदे जवाफ आएको पनि उनले सुनाए। उनले भने, ‘त्यसो भन्दा अहिलेका प्रधानमन्त्रीले अन्य कुरा त भन्नु भो भन्नु भो, फुल स्टप र कमा पनि चेन्ज गर्न आवश्यक छैन, एमसिसी जस्ताको तस्तै पास गरिन्छ भनेपछि र हामी तयार नहुने हो भने नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने र यसलाई अत्यधिक बहुमतले पारित गर्ने भनेपछि सबैभन्दा ठुलो अप्ठेरो परिस्थितिमा नेकपा माओवादी केन्द्र प¥यो।’

तर, आफूले अन्तिम समयसम्म जस्ताको तस्तै त एमसिसीलाई समर्थन गर्न नसक्ने भनेको उनले दाबी गरे। आफ्ना त्यति बेलाका वक्तव्य हेर्न पनि उनले आग्रह गरे। ‘साथीहरूलाई सडकमा पनि आवाज उठाइराख्न निर्देशन दिइएको थियो,’ उनले भने।

त्यो अवस्थामा माओवादी केन्द्रले अन्तिमसम्म गर्न सक्ने गरेको अध्यक्ष दाहालले बताए। ‘अब त जसरी पनि पास त हुने नै भयो। सदनबाट हामीले रोक्न सक्ने स्थिति भएन,’ उनले भने,‘कांग्रेस र एमाले मिलेपछि बहुमत भइहाल्छ।’ 

एमसिसी अनुमोदन गर्न कांग्रेस दृढ अडानमा रहेको एमाले नेतृत्वमा रहेका ओली झन् कडा सुनिएको उनले बताए। ‘एमालेसँगै हिजो कार्यदल बनाएको, समझदारी बनाएकाले आस गरेको, उ त झन् कडा! कांग्रेसभन्दा केपी ओली त झन् कडा। केही चेन्ज गर्न आवश्यक छैन भन्दिए’, उनले भने। 

‘आइपिएसको सदस्य बनाउने एमाले’

एमाले एमसिसीमा त्यति कडा हुनुमा अमेरिकाको इन्डो प्यासिफिक रणनीति(आइपिएस)को सदस्य बनाउने पार्टी हुनु रहेको दाहालले आरोप लगाए। ‘किनकि आइपिएसको सदस्य बनाउने पनि उहाँहरू नै हो। एसपिपीसम्म पनि सैद्धान्तिक सहमति गराउने पनि उहाँहरूले भएकाले गर्नुभएन,’ उनले भने। 

त्यसपछि माओवादी केन्द्रसँग अन्तिममा बहिस्कार गर्ने, उठेर हिँड्ने, भोटिङमा भाग नलिने बाटो रहेको दाहालले सुनाए। ‘तर हामीले जेजे गरे नि त्यो अनुमोदन त भई नै सक्थ्यो हामीले त्यसलाई रोक्ने र त्यसैको निम्ति विद्रोह र क्रान्ति गर्न सक्ने स्थिति पनि थिएन,’ उनले भने। 

अनि त्यही बेलामा बुद्धिजीवी कानुन व्यवसायीले अलिकति ‘फेस सेभ’ हुने ठाउँ देखिने गरी व्याख्यात्मक टिप्पणीको विकल्प ल्याएको दाहालले बताए। व्याख्यात्मक टिप्पणीले भोलि पनि आन्दोलन गर्न सक्ने बाटो दिएको उनको टिप्पणी छ। 

लामो विवाद चलेको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) कम्प्याक्ट १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित २०७८ फागुन १५ गते प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो। त्यो बेला माओवादी केन्द्रलगायतका दलको सहयोगमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री थिए। २०७४ को निर्वाचनपछि बनेको नेकपा विभाजनपछि एमाले प्रतिपक्षमा थियो। 

त्यही बेला एमसिसी बहसका बेला तत्कालीन पाँच दलीय गठबन्धनमा ठुलो मतभिन्नता सिर्जना भएको थियो। त्यही विषयको खुलासा दाहालले अहिले गरेका हुन्। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस