प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता
१० माघ २०७४
•
६ मिनेट पाठ
प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता
कास्की- माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. ४ मा विभिन्न दलका १२ जनाले मनोनयन दर्ता गराएका छन्। बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।

क्षेत्रीय निर्वाचन कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वाम गठबन्धनले (नेकपा एमाले र माओवादी केन्द्र) संयुक्त उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका हुन्। प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा तालमेल गरेको जनर्मोचाले पनि दुई सदस्यको लागि मनोनयन दर्ता गरेको छ।

कार्यालयका अनुसार गठबन्धनले राष्ट्रियसभाको लागि ६ सिटमा मनोनयन दर्ता गरेको छ। नेकपा एमालेबाट चार जना र नेकपा माओवादी केन्द्रबाट दुई जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट पर्वतका गणेश तिमिल्सिनाले खुलातर्फ, बाग्लुङकी शान्ति अधिकारी र लमजुङकी दिपा गुरुङ महिलातर्फ, स्याङजाका रामबहादुर थापाले अपाङ्गतर्फबाट मनोनयन दर्ता गरेका छन् । माओवादी केन्द्रबाट बाग्लुङका दिननाथ शर्मा र स्याङजाका खिम बहादुर विकले मनोनयन दर्ता गराएका छन् । शर्माले खुलातर्फ र विकले दलिततर्फबाट उम्मेदवारी दिएका हुन्।

यस्तै, कांग्रेसले पनि खुला, महिला, दलित र अपाङ्ग सिटको लागि मनोनयन दर्ता गराएको छ। खुलामा कास्कीका सुरेन्द्र पाण्डे, महिलातर्फ तनहुँकी वृन्दादेवी आलेमगर, दलिततर्फ पर्वतका जितबहादुर सुनार र तनहुँका प्रकाश पन्तले अपाङ्गतर्फबाट मनोनयन दर्ता गराएका हुन्।

राष्ट्रिय जनमोर्चाबाट बाग्लुङका कृष्ण अधिकारीले खुला र बाग्लुङकै मिना पुनले महिलातर्फबाट उम्मेदवारी दर्ता गराएकी छन्।

संविधानको धारा ८६ अनुसार एक प्रदेशबाट कम्तिमा तीन महिला, एक जना दलित र एकजना अपाङ्गता भएका व्यक्तिसहित आठ जना राष्ट्रियसभा सदस्य बन्न पाउनेछन् । तर, कुनैपनि दलले सबै सिटमा उम्मेदवारी भने दर्ता गराएका छैनन्।

बुधवार दिउँसो चार बजेदेखि पाँच बजेसम्म उम्मेदवारको सूचि प्रकाशन गर्ने, ११ गते उम्मेदवारको दाबी विरोधमा उजुरी दिने, १३ गते मनोनयन पत्र र उजुरी माथि जाँचबुझ गरी निर्णय गर्ने र १४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उक्त दिन २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

राष्ट्रियसभा सदस्यको लागि ३५ वर्ष उमेर पुग्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ भने राष्ट्रिय सभा सदस्यहरुको कार्यकाल छ वर्षको हुनेछ।

प्रदेश ४ मा दुई सय ३० मतदाता

माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ४ का दुई सय ३० जनाले मतदान गर्न पाउने भएका छन् । छन् । मुख्य निर्वाचनको कार्यालयले मंगलबार प्रकाशन गरेको मतदाताको अन्तिम नामावली अनुसार प्रदेससभाका प्रत्यक्ष तथा समानुपातिक सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष सहित एक सय ७० जनाले मतदान गर्न पाउनेछन्।

प्रदेश नं. ४ मा एक महानगर २६ नगरपालिका र ५८ गाउँपालिका सहित ८५ स्थानीय तह रहेका छन्। ८५ स्थानीय तहका एक सय ७० प्रमुख/उपप्रमुख तथा ६० जना प्रदेससभा सदस्यले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने भएका छन्।

स्थानीय तहको मतपरिणाम अनुसार नेपाली कांग्रेस प्रमुख/अध्यक्षमा ४४ स्थान तथा उपप्रमुख/उपाध्यक्षमा ३७ स्थानमा विजयी बनेको थियो । त्यस्तै नेकपा एमालेले प्रमुख/अध्यक्षमा ३४ तथा उपप्रमुख/उपाध्यक्षमा ३६ स्थानमा विजयी बनेको थियो।

माओवादी केन्द्रले ५ प्रमुख/अध्यक्ष तथा ७ उपप्रमुख/उपाध्यक्ष जितेको थियो । जनर्मोचा र स्वतन्त्रका उम्मेदवारले एक/एक स्थानमा प्रमुख पद जितेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनर्मोचाले दुई/दुई वटा उपप्रमुख पदमा विजयी बनेका थिए । उपप्रमुखमा एक स्वतन्त्र उम्मेदवार पनि विजयी बनेका थिए।
अर्को समाचार
बाजुरामा संघमा ५, प्रदेशमा ९ जनाको उम्मेदवारी
२३ असोज २०७९
•
३ मिनेट पाठ
बाजुरामा संघमा ५, प्रदेशमा ९ जनाको उम्मेदवारी
बाजुरामा प्रतिनिधीसभा तर्फ पाँच र प्रदेश सभा तर्फ नौ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधी सभामा चार जना दल र एक स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन्। तेस्तै प्रदेश सभा तर्फ छ जना दल र तीन जनाले स्वतन्त्रबाट उम्मेदारी दिएका छन्।

एउटा निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधी सभाका लागि नेकपा एमालेका तर्फबाट कर्णबहादुर थापा, गठबन्धनका तर्फबाट बद्री पाण्डे, राप्रपाका तर्फबाट जंगकुमार गिरी, जनता समाजवादीका तर्फबाट रामबहादुर शाही र स्वतन्त्रबाट टेकबहादुर बडुवालले उम्मेदवारी दर्ता गराएका छन्।

एमाले पार्टी सचिव भरत थापा प्रस्तावक, रामबहादुर समर्थकमा कर्णबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् भने कविराज पण्डित प्रस्तावक र पार्टी सचिव राम सिंह रावल समर्थक बनेर बद्री पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै जीत बहादुर शाही प्रस्तावक र दलबहादुर थापा प्रस्तावक बनेर राप्रपाबाट जंगकुमार गिरीले उम्मेदवारी दर्ता गराएका छन्।

जसपाबाट रामबहादुर शाहीले पिरमकला बुढा प्रस्तावक र समीक्षा बोहराको समर्थन रहने गरी उम्मेदवारी दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारी दिएका टेकबहादुर बडुवालको प्रस्तावक विनोद विक र समर्थक गगी विक छन्।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा दुई स्वतन्त्र र ३ दलले उम्मेदवारी दिएका छन्। एमालेबाट जनक कुमार बोहरा प्रस्तावक र हरिचन्द्र जोशी समर्थन रहने गरी बल्देव रेग्मीले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनका तर्फबाट गोरख सार्की प्रस्तावक र अम्मलाल सार्की समर्थक रहने गरी कर्णबहादुर विकले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एकीकृत समाजावदीका तर्फबाट पार्टी सचिव पुरबहादुर रावत प्रस्तावक र धर्म शाही समर्थक रहने गरी नरेश कुमार शाहीले उम्मेदवारी दताए गराएका छन्। शाहीले गठबन्धनको केन्द्रीय सहमति विपरित उम्मेदवारी दिएका हुन्।

यता नेकपा एमाले केन्द्रीय सदस्य सहदेब बोगटी र प्रदेश सदस्य रंगमान शाहीले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनले टिकटमा अन्याय भएको आक्रोशमा उम्मेदवारी दर्ता गराएका हुन्। छप्कीलाल बुढा प्रस्तावक र लालबहादुर बोहरा समर्थक रहेर उम्मेदवारी दर्ता गराएका सहदेब बोगटी लगत्तै एमालेको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागि भएका थिए।

बोगटीले प्रक्रियामा गएपनि उम्मेदवारी नदिएको वा फिर्ता लिने अवस्था देखिएको छ। प्रदेश सभाको टिकटको बलियो दाबी गरेका रंगमान शाहीले अन्तिम बहादुर शाही प्रस्तावक र पवन कटेल समर्थक रहेर उम्मेदवारी दर्ता गराएका छन्। शाही र बोगटी एमालेबाट बागी उम्मेदवारको रुपमा देखिएका छन्।

यता प्रदेश (ख) मा नेकपा एमालेको तर्फबाट हरि रोकाया प्रस्तावक र अमर खड्का समर्थक रहेर लालबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। एमालेका केन्द्रीय सदस्य थापा निवर्तमान संघिय सभा पनि सदस्य हुन्। गठबन्धनबाट उम्मेदवार बनेका पदम बहादुर शाहीले धनराज पण्डित प्रस्तावक र सुरेन्द्र गिरी समर्थक रहेर उम्मेदवारी दर्ता गराएका छन्। शाही २०७४ को निर्वाचनमा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहसँग पराजित बनेका थिए।

राप्रपाका हिमाल शाहीले जयबहादुर गिरी प्रस्तावक र मानबहादुर रोकाया समर्थक रहेर उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारी दर्ता गराएका जनक बहादुर रावलले लालबहादुर विक प्रस्तावक र तिलन रावल समर्थन रहेर उम्मेदवारी दर्ता गराएका हुन्। रावल पेशाले स्वास्थ्य कर्मी हुन्। उनि विगतमा एकीकृत समाजवादी आस्थावान थिए।  

उम्मेदवारी दर्ताका लागि नेताहरु दलबल सहीत मनोनयन दर्ता कार्यालय पुगेका थिए। नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा, लालबहादुर थापा, बल्देव रेग्मी सहीत नेताहरु प्रकाश शाह, सहदेश बोगटी, भरत बुढा, भरत थापा, जनक कुमार बोहरा, काशी विक, अमर खड्का, रामबहादुर बाँनीया,दिलबहादुर रावत, माया कुँवर सीता रोकाया, नन्दा थापा सहीत सहभागि थिए।

गठबन्धनका तर्फबाट उम्मेदवार बद्री पाण्डे, कर्ण बहादुर विक, पदम शाही सहीत नेताहरु कविराज पण्डित, रामसिंह रावल, जुना दानी, महा नेपाली, कमल कुमारी शाह, तिलक पुरी, सुरेन्द्र सिंह, विनिता विक, कर्णबहादुर थापा सहित सहभागि थिए। गठबन्धनको उम्मेदवारी दर्तामा समाजवादीका नेताहरु भने कोही पनि सहभागि थिएनन्।  

राप्रपा र समाजवादीका नेताहरुले आफ्ना नेता कार्यकर्ता सहीत उम्मेदवारी दर्ताका लागि पुगेका थिए। पानीले असर गरेपनि नेता कार्यकर्ता दिनभर उत्साहीत थिए। शान्त र सभ्य रुपमा उम्मेदवारी दर्ता कार्यक्रम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस