तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी
२३ असोज २०७९
•
२ मिनेट पाठ
तीन पदका लागि ताप्लेजुङमा २८ जनाको उम्मेदवारी
एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनिधिसभा तर्फ ११ जनाले उम्मेदवारी दर्ता गराउँदा प्रदेश १ (क) तर्फ गठबन्धनका दुई दल काँग्रेस र नेकपा एसले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा तर्फ एमाले सचिव तथा निवर्तमान सांसद योगेशकुमार भट्टराईको उम्मेदवारी परेको छ भने गठबन्धनतर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य खेल प्रसाद बुढाक्षेत्रीको उम्मेदवारी परेको छ।




मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस निर्मला योङ्याका अनुसार प्रतिनिधिसभामा २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। लिम्बूवान आन्दोलनका एक नेता सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेको उम्मेदवारी परेको छ। बिभिन्न निर्वाचन क्षेत्रमा एमालेसंग चुनावी एकता गरेको जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो उम्मेदवारी दिएका छन्।

राप्रपाले रामबहादुर कार्की र जसपाले चन्द्र मादेनलाई प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गराएको छ। मंगोल नेस्नल अर्गनाइजेसनबाट बिक्रम फेम्बु लिम्बू, लोकतान्त्रिक समाजवादी पार्टीबाट चैतन्यप्रकाश केदेम, जनसमाजवादी पार्टीबाट कृष्णबहादुुर लिम्बूको उम्मेदवारी दर्ता भएको छ। प्रदेशसभा १(क) मा १० जनाको उम्मेदवारी परेको छ। गठबन्धनको केन्द्रीय कार्यदलबाट नेकपा एसको भागमा परेको प्रदेशसभा १(क) मा भने काँग्रेस र एस दुबैले उम्मेदवारी दर्ता गरेका छन्।

काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले काँग्रेसबाट उम्मेदवारी दर्ता गराउँदा एसकातर्फबाट जिल्ला इञ्चार्ज खेमबहादुर वनेमको उम्मेदवारी परेको छ। एमालेले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोलाई उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट मोतिलाल तुम्बाहाम्फे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भूपेन्द्र मावो लिम्बू, राप्रपाबाट चन्द्रबहादुर थापा,जसपाबाट युगराज गुुरुङ, मंगोल नेन्सल अर्गनाइजेसनबाट नेत्रप्रसाद ताम्लिङ लिम्बूले उम्मेदवारी दर्ता गरेका छन्। 

नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि टीकाराम गुरुङ र प्रदेश कार्य समिति सदस्य मीनाकुमारी गुरुङले समेत स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। उता प्रदेशसभा १(ख) मा ७ जनाको परेको छ। गठबन्धनका तर्फबाट काँग्रेसका खगेनसिंह हाङ्गामको उम्मेदवारी परेको छ भने एमालेबाट प्रदेश सदस्य गोपाल थोप्राको उम्मेदवारी परेको छ।

एमालेबाट जिल्ला उपसचिव मणिशंकर पोमूले उम्मेदवारी दिनेगरी टिकट आएको भनिएपनि अन्तिममा थोप्रा एमालेबाट उम्मेदवार बनेका हुन्। यस्तै जनता समाजवादी पार्टीबाट नवीन लिम्बू,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुम्साम लिम्बू, राप्रपाबाट ललितकुमार सुब्बा र मंगोल नेस्नल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बूको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अर्को समाचार
स्थानीय तह निर्वाचनः ताप्लेजुङमा ३ सय ४२ पदका लागि ८ सय ७१ जनाको उम्मेदवारी दर्ता
१३ वैशाख २०७९
•
२ मिनेट पाठ
स्थानीय तह निर्वाचनः ताप्लेजुङमा ३ सय ४२ पदका लागि ८ सय ७१ जनाको उम्मेदवारी दर्ता
ताप्लेजुङका स्थानीय तहमा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षसहित सय ४२ जना जनप्रतिनिधि चयन हुनुपर्ने ठाउँमा ८ सय ७१ जनाको उम्मेदवारी परेको छ।




एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङको फुङलिङ नगरपालिकामा ६ जनाले प्रमुख र ७ जनाले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन्। ११ वटा वडाको वडाध्यक्षका लागि ४१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए। फुङलिङ नगरपालिकामा ६९ जनाले खुल्ला सदस्यमा, ३२ जनाले महिला सदस्यमा र २७ जनाले दलित सदस्यमा उम्मेदवारी दिएका छन्। ६० सदस्यीय नगरसभाका लागि १ सय ८२ जनाको उम्मेदवारी परेको छ।

आठराइ त्रिबेणी गाउँपालिकामा ४ जनाले अध्यक्षमा र २ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। ५ वडाध्यक्षका लागि १५ जनाको उम्मेदवारी परेको छ। त्यहाँ २२ जनाले खुल्ला सदस्यमा, ९ जनाले महिला सदस्यमा र १० जनाले दलित महिला सदस्यमा उम्मेदवारी दिएका छन्। यसो गर्दा २९ सदस्यीय गाउँसभाका लागि ६२ जनाको उम्मेदवारी परेको देखिएको छ। ७ वटा वडा रहेको फक्ताङ्लुङ गाउँपालिकाको अध्यक्षमा ३, उपाध्यक्षमा ४ जना र वडाध्यक्षमा २३ जनाले उम्मेदवारी दिएका छन्।

३७ जनाले खुल्ला सदस्यमा उम्मेदवारी दिँदा १७ जनाले महिला सदस्यमा र १३ जनाले दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। ३९ सदस्यीय गाउँसभामा ९७ जनाको उम्मेदवारी परेको छ। ५ वटा वडा रहेको मिक्वाखोला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा समान ५–५,वडाध्यक्षमा १५, खुल्ला सदस्यमा २४, महिला सदस्यमा १३ र दलित महिला सदस्यमा ९ जना गरी २९ सदस्यीय गाउँसभामा ७१ जना प्रतिश्पर्धी देखिएका छन्। ६ वटा वडा रहेको मेरिङ्देनमा समान ४–४ जनाले अध्यक्ष र उपाध्यक्षमा, १४ जनाले वडाध्यक्षमा, २८ जनाले खुल्ला सदस्यमा, १४ जनाले महिला सदस्यमा र १३ जनाले दलित महिला सदस्यमा गरी ३४ जनाको गाउँसभामा ७७ जनाले उम्मेदवारी दिएका छन्।

यसैगरी, ६ वटा वडा र ३४ जनाकै गाउँसभा रहेको मैवाखोला गाउँपालिकामा अध्यक्षमा ३, उपाध्यक्षमा २, वडाध्यक्ष १६, खुल्ला सदस्य २६,महिला सदस्य १३ र दलित महिला सदस्य १२ जना गरी ७२ जनाको उम्मेदवारी परेको छ। ६ वटा वडा र ३४ जनाकै गाउँसभा रहेको पाथीभरा याङ्वरक गाउँपालिकामा २ जनाले अध्यक्षमा, ४ जनाले उपाध्यक्षमा, १९ जनाले वडाध्यक्षमा, ३२ जनाले खुल्ला सदस्यमा, १९ जनाले महिला सदस्यमा र १३ जनाले दलित महिला सदस्यमा गरी कूल ८९ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

७ वटा वडा रहेको सिदिङ्वा गाउँपालिकामा २ जनाले अध्यक्षमा, ७ जनाले उपाध्यक्षमा, २६ जनाले वडाध्यक्षमा, ४४ जनाले खुल्ला सदस्यमा, १५ जनाले महिला सदस्यमा र १६ जनाले दलित महिला सदस्य गरी कूल ३९ सदस्यीय गाउँसभाका लागि १ सय १० जनाको उम्मेदवारी परेको छ। ८ वडा वडा र ४४ सदस्यीय गाउँसभा रहेको सिरिजङ्गा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा समान ३–३ जना, वडाध्यक्षमा २२ जना, खुल्ला सदस्यमा ४५ जना, महिला सदस्यमा २२ जना र दलित महिला सदस्यमा १६ जनाले उम्मेदवारी दिएका छन्।

सिरिजङ्गामा कूल १ सय ११ जनाको उम्मेदवारी परेको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस