दाहालको विकल्प दाहाल
२१ वैशाख २०६७
•
८ मिनेट पाठ
दाहालको विकल्प दाहाल
भोजराज भाट, काठमाडौं, वैशाख २२- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका शब्दमा, 'शान्तिपूर्ण आन्दोलन गर्दा पार्टीलाई प्रत्यक्षरूपमा दुई फाइदा पुगेको छ, पहिलो: शान्तिपूर्ण ढंगले प्रजातान्त्रिक मुल्य र मान्यताभित्र रहेर आन्दोलन गरेपछि माओवादीप्रति विभिन्न आशंका गर्नेहरूलाई दरिलो जवाफ भएको छ।
दोस्रोः माओवादीप्रति जनताको समर्थन घटेको छैन भन्ने प्रमाणित गरेको छ।'




यस भनाइले आन्दोलन हिंसात्मक गतिविधितिर नबढ्ने अपेक्षा गरिएको छ। हिंसात्मक गतिविधि भए माओवादीविरोधीको आरोपमा बल पुग्छ। उनीहरू परिस्थिति भड्कियो भने पनि आफू कमजोर हुने ढंगले भड्काउन चाहदैनन्। सोमबार गोंगबुको झडप र नैकापको मुठभेडले त्यही देखायो।

 

पाँचौ दिन आधाजस्तो शक्ति सडकमा उतार्ने र बाँकी राजधानीका घर-घर गई सडकमा उत्रिन अनुरोध गर्ने माओवादीको योजना छ। अहिलेसम्म राजधानीका विभिन्न १८ केन्द्र बनाई विरोधसभा भइरहेकामा 'घेरालाई कस्दै' जाने उनीहरूको तयारी छ।

 

झडपमा नजानुको अर्को रणनीतिक अर्थ छ, उनीहरू वार्ता तथा संवादको मोर्चा पनि कायमै राखेका छन्। आन्दोलन भइरहेका बेला माधव नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिए हड्ताल फिर्ता लिने दाहालले बताइसकेका छन्।

 

प्याकेजको सहमति गर्नेबारे सत्तासीन दल र माओवादीबीच भिन्दाभिन्दै परिभाषा छ। माओवादी नेतृत्वको सरकार बन्दा महत्वपूर्ण मन्त्रालय उसले लिने र अरूलाई साक्षी हुन मात्र सहभागी गराउने हो कि भन्ने सन्त्रास अन्य दललाई परेको छ। एकाधिकार नपाएको सत्ता समीकरणमा सम्झौता गर्नु समर्पण हुने माओवादी ठम्याइ हो।

 

संविधानसभामा स्पष्ट बहुमत पुर्‍याउन सक्ने संख्या नहुनु र बहुमतीय प्रणालीमा जाँदा सम्झौतै-सम्झौता गर्नुपर्दा राजनीतिक कार्यदीशा धराप हुने खतराले माओवादी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमार्फत् शक्ति प्रदर्शन गरेर आफ्नो एजेन्डा जबरजस्ती लागू गर्ने माओवादीको भित्री योजना हो, ताकि उनीहरू अनुकुलको संविधान बनाउन सकुन्।

माओवादीको नेतृत्वमा सरकार बनाउन अन्य दलहरूले खासै आपत्ति जनाएका छैनन्, तर उनीहरूले दाहालको विकल्पमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएका छन्। भावी प्रधानमन्त्री को हुने भनेर माओवादीभित्र दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईबीच अन्तरद्वन्द्व सेलाउन नपाउँदै दलहरूबाट त्यस्तो आउनु पार्टीभित्रको अन्तरसंघर्षभित्र खेलेको उनीहरूको बुझाइ हो।

 

दाहालले गत पुसमा खन्ना गार्मेन्टको आन्तरिक प्रशिक्षणमा भारतले आफूलाई प्रधानमन्त्री बनाउन नचाहेको खुलासा गरेका थिए। माओवादी केन्द्रीय समिति र स्थायी समितिको छुट्टाछुट्टै बैठकले भावी प्रधानमन्त्रीका रूपमा दाहालका विकल्प दाहाल नै भएको जिकिर गरेको छ।

 

आन्दोलनबाट दाहाललाई प्रधानमन्त्री बनाई स्थापित गराउने, त्यसलाई आन्दोलनको उपलब्धीको रुपमा पार्टीका दस्तावेजमा संश्लेषित गर्ने माओवादीको रणनीतिक स्वार्थ हो। यसो भयो भने कार्यकर्तामा शान्तिपूर्ण विद्रोहमार्फत् सत्तामा पुगेको सन्देश पुर्‍याउन बाटो प्रशस्त हुनेछ।

 

आन्दोलनको भावी स्वरूप र सम्भावित निकासबारे पनि माओवादी चिन्तित छ। गाउँ-गाउँबाट 'अन्तिम संघर्ष' का नाममा सामान्य शुभचिन्तकलाई राजधानी ओसार्दा पनि निकास आएन भने यो उनीहरूका निम्तिमा आत्मघाती कदम हुनसक्ने खतरा उत्तिकै छ।

 

हुन त एकथरिले आन्दोलनमा यत्रो शक्ति प्रदर्शन हुनु नै माओवादीको ठूलो उपलब्धीको रूपमा ब्याख्या गरेका छन्। आमहडतालमा शान्तिप्रक्रियामा रुष्ट भई घरमा बसेका कार्यकर्ता मात्र सहभागी भएनन्, आन्दोलनकै नाममा नयाँ कार्यकर्ता भर्ती गरी राजनीतिक प्रशिक्षण दिइ राजधानी भित्र्याउने मौकासमेत मिल्यो।

सत्तासीन राजनीतिक दलले माओवादी विद्रोह गर्न खोजिरहेको हल्ला गरे पनि उनीहरूले भने विद्रोहका नाममा संगठन सुदृढ गर्ने स्वर्ण अवसर पाए। यही निहुँमा देशव्यापी प्रशिक्षण चलाए। शान्तिप्रक्रियामा कार्यकर्तामा छाएको निरास र अन्यौलको मनोविज्ञानलाई पार्टी हितअनुकुल परिचालन गर्न पनि आमहडताल अचुक अस्त्र बनेको छ, जुनचाहिं कालान्तरमा चुनावी भोट ब्यांकमा काम आउन पनि सक्छ।

 

विद्रोहको मनोविज्ञान लिएर राजधानी भित्रिएका कार्यकर्तालाई चेनअफ कमाण्ड शैलीमा परिचालन गरिरहँदा शान्तिप्रक्रियामा गुग्दै गएका अपुरो भएका माग पुरा हुनेमा माओवादी नेतृत्व विश्वस्त छ। सत्तामा नाममा सम्झौंता गर्दै जानुपर्ने बाध्यता आन्दोलनपछि समाप्त हुने माओवादीले नेतृत्वले आकलन गरेका छन्। यसर्थमा आफ्नो बार्गेनिङ पावर बढाउने प्रदर्शन पनि हो, यो आन्दोलन।

 

सेना-प्रहरीसँग झडप गर्दा रणनीतिक स्वार्थ पुरा नहुने उनीहरूको आकलन छ। माओवादी नेतृत्वका पछिल्ला अभिव्यक्तिहरू सेना-प्रहरीलाई भड्काउने भन्दा पनि उनीहरूलाई सन्तुलनमा राख्नेतिर उद्धत छन्। माओवादीले उठाउँदै आएको देशभक्त र राष्ट्रवादी शक्तिको नारा राजावादी, सेना-प्रहरी शक्तितिर लक्षित गरिएको छ। ताकि, आन्दोलनबाट संयुक्त सरकार बन्नमा भारत अवरोधक भए राष्ट्रिय राष्ट्रिय स्वधिनताको नारा चर्काउन सजिलो होस्।
अर्को समाचार
सरकारको नेतृत्वका लागि दाहालको विकल्प खोज्न सकिन्छः माओवादी उपाध्यक्ष
१६ वैशाख २०६७
•
२ मिनेट पाठ
सरकारको नेतृत्वका लागि दाहालको विकल्प खोज्न सकिन्छः माओवादी उपाध्यक्ष
काठमाडौं, वैशाख १७ (नागरिक)- सहमतिको सरकारका लागि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको विकल्प खोज्न सकिने त्यही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्। पार्टीको औपचारिक निर्णय अध्यक्ष दाहाल नै भए पनि 'गठबन्धन दलहलरूसँग राष्ट्रिय सहमतिका लागि लचक हुने' भन्दै उनले बिहीबार राजधानीमा पत्रकारहरूसँग भने, 'विकल्प खोज्न सकिन्छ।'
  दाहालले गत वर्ष प्रधानमन्त्रीबाट राजीनामा गरेलगत्तै आगामी सरकारको नेतृत्व अब आफूले नगर्ने पार्टी बैठकमा बताएका थिए। स्रोतका अनुसार त्यसपछि उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आए अर्का नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने मनसाय व्यक्त गरेका थिए।




भट्टराईको पक्षमा पार्टीबाहिरबाट वातावरण बन्दै गएपछि पार्टीको केन्द्रीय समितिले माओवादी नेतृत्वमा सरकार बने त्यसको नेतृत्व अध्यक्ष दाहालले नै गर्ने निर्णय गरेको थियो। पछिपछि त दाहालले कार्यकर्तालाई गोप्य सत्रमा प्रशिक्षण दिँदा अरूलाई प्रधानमन्त्री बनाउन आफूले सत्ता नछाडेको बनाउन थालेका थिए।

'हाम्रो पार्टीमा सरकार चलाउन सक्ने क्षमतावान् साथीहरू हुनुहुन्छ,' श्रेष्ठले भने।

प्रधानमन्त्री माधवकुमार नेपालले केही दिनअघि दाहाललाई अनौपचारिक भेटघाटमा आफू र दाहालबाहेक माओवादीबाटै समेत विकल्प खोज्न सकिने बताएका थिए। त्यसबारेको प्रश्नमा दाहालले केही दिनअघि राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीबाट अन्य पार्टीले प्रधानमन्त्री तोकेर बहुदलीय व्यवस्थाकै धज्जी उडाएको आक्रोश व्यक्त गरेका थिए। उनले भनेका थिए, 'हाम्रो पार्टीबाट फलानो हुनुपर्छ भन्ने राजा को हो?'

माओवादीले प्रधामन्त्री नेपाललाई अस्वीकार गर्दै आएकाले कांग्रेस, एमालेले पनि दाहाललाई स्वीकार गर्न नसकिने बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस