उजिर मगर, काठमाडौं, चैत १८- एकीकृत माओवादी स्थायी समितिमा भावी सरकारको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल बाहेकको विकल्प पनि खुला राख्ने भनी छलफल प्रारम्भ भएको छ। दाहालको नाममा अन्य दलको सहमति जटाउन कठिन भए पार्टीले अरुलाई पनि प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्नुपर्ने धारणा मंगलबारको बैठकमा केही नेताले व्यक्त गरेका छन्।
उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर नेताहरु बर्षमान पुन 'अनन्त', टोपबहादुर रायमाझी लगायतले माओवादीका तर्फबाट प्रधानमन्त्रीमा दाहाल बाहेक अरु विकल्प पनि खुला राख्न माग गरेका थिए।
शान्ति प्रक्रिया टुंगोमा पुर्याउन र संविधान निर्माणका लागि वर्तमान सरकारको पतन आवश्यक भएको भन्दै 'सबै विकल्प खुला राख्ने' निर्णय गर्न उनीहरुले छलफल हुनुपर्ने बताएका थिए।
अन्तिम समयसम्म अध्यक्ष दाहाललाई नै प्रस्ताव गर्ने तर सहमति हुन नसके विकल्पमा लचिलो हुनुपर्ने छलफल भएको छ। माओवादीले सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिती आएमा प्रधानमन्त्रीको उम्मेदवारकै कारण मौका गुमाउन नहुने मत माओवादीमा बलियो हुँदै गएको छ।
मंगलबार बसेको स्थायी समिति बैठकमा सरकरालाई हटाउने प्रक्रियाबारे अन्य दलसँग छलफल भइरहेको जानकारी दिइएको थियो। दाहालका विकल्पमा भावी सरकारको नेतृत्व कसको हुन सक्छ भन्ने नाम किटिएको छैन।
'अन्य दलसँग अन्तिम समयसम्म अध्यक्षलाई नै सरकारको नेतृत्व गर्ने भन्ने प्रस्ताव हुन्छ। तर ढिपी गरिदैन। विकल्प पनि दिनुपर्छ। व्यक्ति को भन्नेमा गएका छैनौं', स्रोतले भन्यो।
खन्ना गार्मेन्ट प्रकरणपछि पार्टीको तर्फबाट प्रधानमन्त्री उम्मेदवार दाहाल नै हुने निर्णय भएको थियो।
शान्ति प्रक्रियाबाट संविधान निर्माणमा पुग्नुपर्छ भन्ने भट्टराईको लाइन हावी हुँदै गएपछि माओवादी एकाएक नयाँ तयारीमा पुगेको छ।
ठूलो दलको नाताले सरकारको नेतृत्व आफूले गर्नुपर्ने दावी माओवादीले गर्दै आएको छ।
'समयमै राजनीतिक गतिरोध अन्त्य गर्नका लागि सबै विकल्प खुला गर्ने नीति आएको हो। सरकारको नेतृत्व गर्ने सवालमा अध्यक्ष नै बाधक बन्ने देखिएपछि त्यसको विकल्प दिनुपर्छ भन्ने तयारी भएको हो', स्रोतले भन्यो।