किरण पुन, काठमाडौं, असार १६- माओवादी उपाध्यक्ष मोहन वैद्यले प्रधानमन्त्रीमा पार्टीको पहिलो प्राथमिकता अध्यक्ष पुष्पकमल दाहाल नै भए पनि सहमतिका लागि विकल्प खुला रहेको बताएका छन्। ‘प्राथमिकतामा त अध्यक्ष नै हो,' वैद्यले नागरिकसँग भने, ‘विकल्प खोज्नु परे पनि पार्टी खुला छ।'
विकल्पका विषयमा दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीच परस्परविरोधी धारणा आइरहेका छन्। ‘पार्टी अध्यक्षसँग सम्बन्ध चिसिएर विकल्प खुला गर्ने भनेको होइन,' उनले भने, ‘सरकारको नेतृत्व अध्यक्षले गर्नेबारे पार्टीमा विवाद छैन तर सहमति खोज्नसमेत पार्टी तयार छ।'
सहमति जुटाउन विकल्प पनि हुने भनाइलाई अध्यक्षसँगको सम्बन्धमा नजोड्न उनले आग्रह गरे। ‘अध्यक्षविरुद्ध म किन जाने? कहाँबाट यस्ता गलत कुरा आए?' उनले भने, ‘यस्तो सुनेर म आफैं दंग खाएको छु।'
अध्यक्ष दाहालविरुद्ध उपाध्यक्षद्वय वैद्य, भट्टराई र महासचिव रामबहादुर थापाको गठबन्धन बनेको प्रचार गलत भएको उनको भनाइ थियो। ‘विवादै नभएको विषय कहाँबाट उछालियो?' उनले भने, ‘पार्टीभित्र छलफलै भएको भए पनि हुन्थ्यो। यो वाहियात दुष्प्रचार हो।'
दुई दिनअघि आइतबार नागरिकसँग माओवादी उपाध्यक्ष भट्टराईले ‘सरकारको नेतृत्व गर्ने व्यक्तिको विकल्प खुला गर्ने पोलिटब्युरो बैठकको सार' भएको बताएका थिए।
‘माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने निश्चित हुने भएपछि पार्टीले व्यक्तिको बारेमा निर्णय गर्छ,' मंगलबार माओवादी मुखपत्र जनादेश साप्ताहिकमा ‘पार्टीमा प्रधानमन्त्रीका लागि व्यक्तिको विकल्प खुला गरिएको हो' भन्ने प्रश्नमा अध्यक्ष दाहालले भनेका छन्, ‘ पार्टी अध्यक्ष प्रधानमन्त्री हुने कुरामा पोलिटब्युरोमा कुनै विवाद छैन।'
पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्दा विकल्पबारे सोधिएको प्रश्नमा दाहालले भनेका थिए, ‘पार्टी अध्यक्ष नै हुने भन्नेमा कसैको विवाद छैन, यसभन्दा बढी बुझे देशले दुःख पाउने छ।' यसअघि स्थायी र पदाधिकारी बैठकले पटकपटक अध्यक्षले सरकारको नेतृत्व गर्ने निर्णय गरे पनि पोलिटब्युरोले नाम खुलाएको थिएन।
उपाध्यक्ष वैद्यले सत्तारुढ दलले सहमतिको बाटो बिगारेको, प्रधानमन्त्रीले राजीनामा दिने ठेगानै नभएका बेला नेतृत्वको विकल्पबारे चर्चा गरिरहनु सान्दर्भिक नभएको पनि बताए। ‘सरकार बन्ने स्थिति नै नदेखिएकाले विकल्पमा को को नेता भनेर नाम लिनु जरुरी छैन,' उनले भने, ‘तर, विकल्पका लागि हामीसँग एकसेएक नेता छन्।'
पार्टीले निर्णय नगरी व्यक्तिगत रुपले कसैले प्रधानमन्त्री हुन्छु भनेर नहुने उनको भनाइ थियो। ‘बाबुरामजी पनि व्यक्तिगत रुपमा कस्सिएर, अरुको मन चिढाएर जाने कुरा भएन,' उनले भने, ‘पार्टीमा जसलाई पठाउने सहमति हुन्छ, उही जाने हो।'