बालेन्द्रलाई मेट्रो रेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध
१२ फागुन २०७९
•
३ मिनेट पाठ
बालेन्द्रलाई मेट्रो रेलको नेतृत्व लिन चिरीबाबुको अनुरोध
ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका लागि मेट्रो रेल निर्विकल्प भएको बताउँदै काठमाडौं महानगरलाई यसको नेतृत्व लिन अनुरोध गरेका छन्। 




काठमाडौं महानगरका  प्रमुख बालेन्द्र शाहलाई भेट्न काठमाडौँ महानगर कार्यालय पुगेका महर्जनले संघीय सरकारसँग सहकार्य गर्दै काठमाडौं महानगरले मेट्रो रेलका लागि लिने नेतृत्वको ललितपुर महानगर सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गरे। 

'स्रोत, साधन र बजेटका दृष्टिले सम्पन्न', उनले भने, ‘ उपत्यका दुई महानगरबिच समन्वय र सहकार्य भए ठूला योजना सम्पन्न गर्न सक्छौँ ,ललितपुर काठमाडौँको सहयात्री बन्छ, काठमाडौं महानगरले यसको नेतृत्व गर्नुपर्छ। ’ ललितपुर नगर प्रमुख महर्जनले उपत्यका अन्य नगरपालिकासँगको हातेमालो अपरिहार्य भएको बताए।

मेट्रो रेलको विकल्प खोज्नु अब समय र स्रोतसाधनको दुरुपयोग मात्र ठहरिने महानगर प्रमुख महर्जनले प्रष्ट पारे। उनले भने, ‘धेरै खर्च लाग्छ, धेरै समय लाग्छ भनेर मेट्रो रेलका बारेमा निर्णय नगर्नु किमार्थ ठिक हुँदैन’ काठमाडौं उपत्यकालाई बस्न योग्य सहर बनाउनका लागि मेट्रो रेल नल्याई सुखै छैन। ’ उनले मेट्रो रेलका बारेमा निर्णय गर्न अब ढिला गर्न नहुने बताउँदै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य सहर बन्ने दाबी महर्जनले गरे। उनले भने, ‘सन्ततिले हामीलाई धिक्कार्छन्। 

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले मेट्रो रेल उपत्यकाका लागि अत्यावश्यक भएको बताउँदै अन्य नगरपालिकासँग मेट्रो रेलका सन्दर्भमा अब योजनाबद्ध रुपमा छलफल सुरु गर्ने बताए । उनले भने, ‘ अब मेट्रो रेलका बारेमा अन्य नगरपालिका र सरोकारवाला निकायसँगको छलफल सुरु गरौँ। ’ काठमाडौं महानगरले पनि मेट्रो रेलका बारेमा अनौपचारिक रुपमा सोधखोज गरिरहेको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले जानकारी दिए।  उपत्यकाकालाई बस्न योग्य सहर बनाउन मेट्रो रेल अत्यावश्यक भएको प्रष्ट पार्दै यो दीर्घकालीन योजनाले उपत्यकावासीको जीवनस्तर उन्नत हुने उनको भनाई थियो। बालेन्द्रले भने, ‘ योजना बनाउँदा कम्तीमा ५० वर्षको योजना बनाउनुपर्छ, राम्रो त एक सय वर्षलाई सोचेर बनाउनु राम्रो हो, दुई चार वर्षे योजनाले दीर्घकालीन प्रभाव पार्दैन र नागरिकलाई खुसी र सुख दिन सक्दैन।’ 

उपत्यकालाई बस्न योग्य सहर बनाउन सहर बनाउन मेट्रो रेल ल्याउनै पर्ने ललितपुर महानगरका सल्लाहकार इन्जिनियर वदन न्याछ्योँले बताए। उनले भने, ‘उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न तत्काल काम सुरु नगर्ने हो भने अबको पाँच वर्षपछि ट्राफिक जामले निम्त्याउने समस्या विकराल हुन्छ, उपत्यका ‘गतिहीन’ सहरमा परिणत हुने कुरा निश्चित छ। ’ न्याछ्योँले  २० वर्षदेखि मेट्रो रेलको आवश्यकता र यसले उपत्यकावासीलाई कसरी समृद्ध बनाउँछ भन्ने सन्दर्भमा पैरवी गर्दै आएका छन्।   

एक तथ्यांक अनुसार ट्राफिक जाममा बित्ने उत्पादक समयको ह्रासले वार्षिक करिब रु। १.६२ खर्बको नोक्सान भएको अनुमान छ। यो तथ्यांक नेपालको ग्राहस्थ उत्पादनको लगभग ५.६ हुन आउँछ। उनले भने, ‘एक वर्षमा हुने नोक्सानबाट नै मेट्रो रेल बन्छ। ’ काठमाडौंं उपत्यकाको वातावरण सुधारसहित व्यवस्थित सहर निर्माणका लागि मेट्रोरेलसहितको एकीकृत यातायात व्यवस्थापनसहित मेट्रो रेल अबको आवश्यकता भएको इन्जिनियर वदनलालको भनाई थियो। 

उपत्यकाको ट्राफिक व्यवस्थापन र ट्राफिक समस्याको दीर्घकालीन समाधानका लागि नेपाली विज्ञहरुको एक अन्तर्राष्ट्रिय समूह 'वृहत् काठमाडाैँ उपत्यका मेट्रो रेल प्रबद्र्धन समूह' केही समयदेखि कार्यरत छ। उक्त समूहको संस्थापकमा डा. विनोद अमात्य (युके), ई. वदन न्याछ्योँ (नेपाल), डा. पुरु श्रेष्ठ (यूएस), डा. श्री गोविन्द 

शाह (नेपाल), ई. अनन्त वैद्य (यूएस), ई सुरेन्द्र जोशी (नेपाल) का साथै अन्य विज्ञहरु पनि हुनुहुन्छ। यो समूहले काठमाडाैँ उपत्यका क्षेत्रमा मेट्रो रेल प्रणालीको आधारमा दीर्घकालीन विकास तथा एकीकृत यातायात व्यवस्थापनको विकासको 'रणनीतिक अवधारणा पत्र' तयार गरेको छ। 

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन मेट्रो रेलको नेतृत्व गर्न काठमाडौं महानगर प्रमुखबालेन्द्रलाई आफूले लेखेको पत्र र उक्त अवधारणा पत्र सहित पुगेका थिए। मेट्रो रेल ल्याउन झण्डै बिस बर्ष लाग्ने बताइएको छ। त्यसैगरी करिब १८ खर्ब लाग्ने अनुमान गरिएको छ।
अर्को समाचार
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
१ मिनेट अघि
•
१ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै आगामी महाधिवेशनपछि नयाँ नेतृत्व आउने बताएका छन्।




आइतबार वीरेन्द्रनगरमा आयोजित देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’ देउवाले भने।

उनले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे। आधिकारिकतासम्बन्धी विवादमा न्यायालयप्रति आफ्नो पूर्ण विश्वास रहेको उनको भनाइ थियो।

‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ,’ उनले भने।

देउवाले अब आफू पार्टी सभापति र प्रधानमन्त्री दुवै पदमा नआउने स्पष्ट पार्दै राजनीतिक जीवनको आगामी चरणमा अरूलाई अवसर दिने संकेत गरे। मुलुकबाट आफूले लिनुपर्ने केही बाँकी नरहेको उल्लेख गर्दै उनले जीवन रहुन्जेल देशका लागि सकेको योगदान गर्ने बताए।

‘अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै। यो मुलुकबाट मैले लिनुपर्ने केही पनि छैन, बाँचुन्जेल सकेको दिने हो,’ देउवाले भने।
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
यो पनि पढौँ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस