नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनका मतदाता हालका १४/१५ वर्षका बालबालिकानै हुने भएकाले उनीहरूलाई समेत काँग्रेसको विचार र भिजन बुझाउनुपर्ने बताएका छन्।
नेपाली काँग्रेस सिन्धुली क्षेत्र नम्बर 'ख' को प्रदेश १ ले आयोजना गरेको सहिदको सम्मान तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले साे कुरा बताएका हुन्।
लोकतन्त्र सुशासन पारदर्शी जबाफदेहिता र उत्तरदायित्वको बारेमा त्यो बर्गल्याई बुझाउनु पर्ने भन्दै उनले बिचार बिनाको राजनीति चल्न थालेको बताए। सिद्धान्त र विचार बिना राजनीति चल्न नसक्ने उनको भनाई छ। युवा वर्गमा राजनीति प्रति वितृष्णा बढ्न थालेकाले काँग्रेसले युवाहरूलाई समेट्नुपर्ने अवस्था आएको उनले बताए।
नेपाली काँग्रेसमा विचार र सिद्धान्तलाई पन्छाएर जाने समस्या आएको भन्दै उनले नेपाली काँग्रेसमा विचार र सिद्धान्त बिस्तारै कमजोर हुँदै गएको बताए। उनले काँग्रेसले राष्ट्रपति पाउनु पर्छ भन्नेमा आफू विश्वस्त नभएको बताउँदै काँग्रेसले राष्ट्रपति लिएरै छाड्ने बताएका छन्।