एमालेका डेढ लाख कार्यकर्ता पलायन
१७ कार्तिक २०८२
•
३ मिनेट पाठ
एमालेका डेढ लाख कार्यकर्ता पलायन
नेकपा एमालेले एघारौं महाधिवेशनमा १० लाख संगठित सदस्य पुर्‍याउने संकल्प गरे पनि करिब ७० प्रतिशत लक्ष्य मात्रै हासिल गरेको छ। अहिले एमालेको संगठित सदस्य लक्ष्यभन्दा ३० प्रतिशत कम देखिएको छ। चार वर्षअघि चितवन सम्पन्न दसौं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा एमालेमा आठ लाख बढी संगठित सदस्य थिए।




चार वर्षमा एक लाख ३० हजार कार्यकर्ताले पार्टी सदस्यता नवीकरण नगरेको पाइएको छ। अहिले एमालेमा ६ लाख ६७ हजार ६ सय ३० संगठित सदस्य छन् । अहिले यही संख्यालाई आधार मानेर एघारौं महाधिवेशनका लागि प्रतिनिधिहरूको छनोट हुँदै छ। दुई वर्षअघि एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा पार्टी रहेको उल्लेख गरेका थिए। अधिकारीले पार्टी सदस्यता घटेको नभएर विगतको त्रुटि सच्याउने काम भएको भन्दै १० लाख पुर्‍याएर मात्र महाधिवेशनमा जाने बताएका थिए।

‘दसौं महाधिवेशनताकाको त्रुटिलाई सच्याउन खोजिएको छ। त्यतिबेला कायम सदस्यहरूमा एकातिर नेकपा एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् थियो भने अर्कातिर नेकपाकालमा अनुचित ढंगले दिइएका सदस्यहरूको ठुलो संख्या पनि त्यसमा पर्न गयो,’ अधिकारीले त्यतिबेला जारी गरेको विज्ञप्तिमा भनिएको थियो।

दसौं महाधिवेशनमा एमालेले पार्टी सदस्य आठ लाख पुगेको जनाएको थियो तर त्यो संख्या वास्तविक नरहेको प्रस्ट्याउँदै एमालेले आगामी महाधिवेशनमा सदस्यता बढाउने संकल्प गरेको थियो। ‘यसअघि एउटा महाधिवेशन भएपछि अर्को महाधिवेशनमा मात्रै सदस्यता नवीकरण गरिन्थ्यो। त्यसो गर्दा निष्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे,’ वक्तव्यमा भनिएको थियो, ‘नेतृत्वका आकांक्षीहरूले कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिदिने, दबाब दिएर कमिटीमा निर्णय गराउनेजस्ता अनियमित कामहरूका कारण अनुचित ढंगले पनि संख्या बढ्न पुग्यो।’

संगठन विभागबाट त्यो वक्तव्य जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि ११औं महाधिवेशनमा १० लाख सदस्य पुर्‍याउने भन्दै पटकपटक सार्वजनिक अभिव्यक्ति दिएका थिए तर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अघिल्लो पटक माओवादी केन्द्रदेखि विभिन्न समूहहरू राखिएका कारण संगठित सदस्यको संख्या आठ लाख पुगेको बताए। ‘त्यतिबेला माओवादीलगायत केही समूहबाट पनि एमालेमा आएका पनि थिए। अहिलेचाहि पुरै एमालेकै सदस्यहरू हुन्। एमालेभित्र समयोजन भएका माओवादी साथीहरू पनि हुनुहुन्छ तर माओवादीमै फर्केका साथीहरू पनि जोडिएकाले त्यो संख्या देखिएको थियो,’ प्रचार विभाग प्रमुखले भने।

उनले विगतको भन्दा अहिले सदस्य संख्या बढेको जिकिर गरे। ‘२०८१ सालमा पाँच लाख दुई हजार थियो, अहिले ६ लाख ६७ हजार पुगेको छ। यो घटेको होइन, बढेको हो,’ उनले भने, ‘लक्ष्य अहिले पनि १० लाख पुर्‍याउने नै छ। त्यसका लागि हामी लागेका छौं।’

तर यतिबेला मंसिरमा एघारौं महाधिवेशन गर्न तम्सेको एमालेमा संगठित सदस्यता लिनेको संख्या घटिसकेको छ। संगठित सदस्यताको संख्यालाई आधार मानेर प्रतिनिधि छनोट हुने गरी एमालेले क्षेत्र विभाजन गरेको छ। जसअनुसार प्रदेश कमिटीबाट ४५ जना, संघीय प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूबाट नौ सय ७० जना, विशेष जिल्लाबाट ४७ जना, दलितबाट ८१ जना, ट्रेड युनियनबाट ४९ जना, प्रवासबाट ३० जना, केन्द्रीय विभाग र कार्यालयबाट ३३ जना, जनसंगठनबाट एक सय २७ जना, कुल प्रतिनिधि संख्याको ५ प्रतिशत मनोनीत र पदेन संख्यासहित करिब २१ सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

पदेनतर्फ केन्द्रीय कमिटीबाट तीन सय ५४, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, सल्लाहकार परिषद्बाट २५ र निर्वाचन आयोगबाट २५ सहित गरेर चार सय ६४ जना हुनेछन्। एमालेले ११औं महाधिवेशन मंसिर २७ देखि २९ सम्म काठमाडौंमा आयोजना गर्ने भएको छ। त्यसका लागि देशभर एकैसाथ मंसिर १५ गते प्रतिनिधि छनोट गर्ने कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।
अर्को समाचार
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
६ मिनेट अघि
•
० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
फाइल तस्बिर
पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्।




सात वर्षदेखि निर्माणाधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उनले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन्।

पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ। पुल निर्माणको प्रगतिबारे जानकारी लिन कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिस्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए। पुल रु २२ करोड ३७ लाखको लागतमा निर्माणाधीन छ।
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
यो पनि पढौँ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस